Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्ड–देउवाबीचको सहमतिपछि सपनामै थन्कियो सरकार ढाल्ने ओलीको योजना

\"\" काठमाडौँ, २७ माघ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने अभियानमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना बिफल भएको छ । निर्वाचनको मिति घोषणा गर्न सरकार आलटाल गरेको भन्दै निर्वाचनमार्फत संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हालै भएको भेटमा ओलीले देउवालाई आग्रह गरेका थिए । त्यससँगै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतीय राजदूतसँग विराटनगरस्थित एक होटलमा भेट गरी भारतको साथ समेत खोजेको खुलेको थियो । जेठमा चुनाव हुने सम्भावन घट्दै गएपछि प्रधानमन्त्री बन्ने हतारोमा रहेका देउवालाई ओलीले प्रधानमन्त्रीको अफर गरेका थिए । यद्यपी देउवाले तत्काल सरकार परिवर्तन हुन नसक्ने जवाफ दिएका थिए । नेपाल प्रहरीको महानिरीक्ष कसलाई बनाउने भन्ने विषयमा प्रचण्ड र देउवाबीच मतान्तर हुँदा सत्ता समीकरणमा समस्या आएको थियो । सत्तारुढ दलभित्र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा मतान्तर रहेकै बेला त्यसको फाइदा उठाउँदै सरकारले निर्वाचनको मिति घोषणा नगरेको बहानाको आधारमा ओलीले सरकार ढाल्ने प्रयास गरेका थिए । १२ वर्षपछि प्रमुख प्रतिपक्षीको भूमिकामा बस्न बाध्य एमालेले कांग्रेस र माओवादीबीचको गठबन्धन भत्काउन निरन्तर प्रयास गरिरहेका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच प्रहरी महानिरीक्षक कांग्रेस र सशस्त्र प्रहरी माओवादीको भागमा राख्ने सहमति भएको छ । सो सहमतिसँगै सरकारले आइतबार बस्ने मन्त्रिपरिषद बैठकमा दुवै पदका लागि आइजीपी सिफारिस गर्ने जनाएको छ । त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र देउवाबीच जेठमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने सहमति समेत बनेको छ । त्यसका लागि फागुन १० देखि १५ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ । जेठमा निर्वाचन हुने नसकेको खण्डमा पूर्वसहमति अनुसार राजीनामा दिने उनीहरुबीच सहमति भएको देउवानिकट स्रोतले जनायो । पूर्वसहमति अनुरुप एमालेलाई केही वर्ष सत्ता बाहिरै राखेर अघि बढ्ने रणनीतिलाई निरन्तरता दिने समझदारी समेत बनेको स्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: