Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नुवाकोटको आदर्श क्याम्पसमा पनेरु क्रन्तिकारीका तर्फबाट उम्मेदवार

[caption id=\"attachment_117006\" align=\"alignleft\" width=\"552\"] राजेन्द्र पनेरु[/caption] काठमाडौं, २९ माघ । स्ववियु निर्वाचनको व्यापक तयारीमा जुटेको माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले नुवाकोट आदर्श क्याम्पसमा राजेन्द्र पनेरुलाइ अध्यक्ष पदको अम्मेदारको लागि अघिसारेको छ । उम्मेदारको विषयमा क्रान्तिकारीले लामो छलफल र वहस गर्दै नुवाकोट आदर्श क्याम्पसमा पनेरुको उम्मेदारी हुने घोषणा गरेको हो । लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल पनेरु नुवाकोट आदर्श क्याम्पसमा सबैले रुचाइएका नेतामा गनिन्छन् । अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रबास सुवेदी भन्छन –‘ राजेन्द्र सशक्त,जुझारु र लोकप्रिय विद्यार्थी नेता भएकाले उनले त्यो क्याम्पसमा चुनाव जित्ने आधारहरु हामीले देख्यौ । उनको नेतृत्वमा क्याम्पसको उम्मेदार प्यानल बन्छ । हामी ढुक्क छौ नुवाकोट आदर्श क्याम्पसका हामी जित्छौ ।’ क्रान्तिकारीका जिल्ला सहसचिव बिनोद कोइराला भन्छन पनेरु अखिल ९क्रान्तिकारी०को जिल्ला सदस्य समेतको भुमिकामा रहेर लामो समयदेखि विद्यार्थी हक,हीत र अधिकारको पक्षमा लड्दै आएको एक जुझारु नेता भएको भन्दै उनको जीत निश्चीत रहेको खबरडबली सँग बताए । अध्यक्ष पदको उम्मेदार पनेरु को स्थायी घर बिदुर नगरपालिका(७ हो । स्ववियु अध्यक्षको उम्मेदवारमा नाम आएसँगै उनले क्याम्पसमा आफ्नो चुनावी अभियानलाई तिब्र पारेका बताएका छन । आफ्नो जितप्रति ढुक्कहुँदै पनेरुले भने–‘अरु संगठनहरुलाई उम्मेदवार खोज्नमै हैरान छ,तर हामी सवै विद्यार्थीहरु माझ पुगिसक्यौं । सबैजसो विद्यार्थीहरुले हाम्रो संगठनको उम्मेदारीको घोषणालाई सकारात्मक रुपमा लिएका छन । साथीहरुले प्रचार प्रसारको काममा पनि राम्रो साथ सहयोग गरिरहनु भएको छ । तसर्थ हाम्रो प्यानल पुरै जित्नेमा म आसावादी छु ।’ उनले विद्यार्थीलाई सर्टिफिकेटका आधारमा शैक्षिक ऋण र पार्टटाइम जब दिलाउन सरकारलाई वाध्य पार्ने मुद्दालाई चुनावमा प्रमुखताका साथ उठाउदै शैक्षिक सुधारको एजेन्डाहरुलाई अघिसारेको पनेरुले बताए । उनले संगठनले आफुलाइ उम्मेदवार वनाएकोमा आफ्नो संगठनलाई विशेष धन्यवाद दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: