Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बालुवाटार पुगेर बाबुरामले प्रचण्डलाई के भने ?

\"\"काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईबीच शनिवार विहान झण्डै एक घण्टा गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व माओवादी नेता भट्टराई शनिवार विहानै बालुवाटार पुगेका थिए । भेटका क्रममा बाबुरामले एमाले र मधेसी दलहरुलाई छुट्टाछुट्टै आश्वासन दिएर मुलुकको निकास ननिस्किने सुझाए । ‘एमालेसँग एउटा कुरा गर्ने र मधेसी मोर्चासँग अर्को कुरा गरेर समस्या समाधान कसरी हुन्छ ?’ भट्टराईले प्रश्न गरे । प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आफु प्रयासरत रहेपनि केही जटिलताका कारण अप्ठ्यारोमा परेको भट्टराईसँग स्पष्ट गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन, निर्वाचनको मिति घोषणा, स्थानीय तह पुनर्संरचनालगायत सम्पूर्ण बिषय प्याकेजमा समाधानका लागि आफूले गृहकार्य गरिरहेको भन्दै आश्वस्त पार्न खोजे । भट्टराईले अनसन बसेका आफ्ना दुई नेताको माग सम्बोधनका लागि पनि प्रचण्डसँग आग्रह गरे । बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्तिका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइन अनसन बस्दै आएका छन् । भेटमा संविधान संशोधन, स्थानीय तह, प्रदेशको पुर्नसंरचना, निर्वाचन लगायतबारे दुई नेताबीच कुराकानी भएको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै बढाउन गरेको आग्रहबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका थिए । जेठ भित्रै निर्वाचन गर्ने र त्यसको मिति यहि फागुन ८ भित्रै तय गर्ने भन्दै प्रचण्डले ओलीलाई आश्वस्त पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: