Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गाउँ–गाउँबाट एमाले रित्तिदैँ, पहिलो पार्टी बन्ने ओलीको सपना कायमै

\"\" काठमाडौँ, १ फागुन । आगामी निर्वाचनमा बहुमतसहित पहिलो पार्टी बन्ने सपना देखेको नेकपा एमाले गाउँ–गाउँबाट रित्तिने क्रम जारी छ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली लगायतका शीर्ष नेता एमाले पहिलो दल बन्ने दावी गर्दै आएका छन् । तर निर्वाचन हुने पक्का भएसँगै गाउँ–गाउँबाट एमाले रित्तिने क्रमले निरन्तरता पाएको छ । राष्ट्रवादको नाराले जनताको मनोभावनामाथि खेल्न खोजेकै बेला जनस्तरका कार्यकर्ताले एमाले धमाधम छाड्न थालेपछि एमालेका शीर्ष नेताहरु त्रसित बनेका छन् । ‘मधेसबाट एमाले बिदाई’ कार्यक्रमसहित सम्मानपूर्वक एमालेलाई बिदाई गर्ने क्रम सुनसरीबाट केही साताअघि मात्रै सुरु भएको थियो । त्यसपछि फेरि अन्य पहाडका अन्य गाविसहरुबाट पनि एमालेलाई बिदाई गर्ने क्रम जारी छ । हालै मात्र काभ्रे जिल्लास्थित मिल्चे गाविसका पुरै एमालेका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता सूर्यमान दोङको उपस्थितीमा भएको उक्त कार्यक्रममा एमालेका पुरै कार्यकर्ता माओवादीमा प्रवेश गरेपछि मिल्चे गाविस एमालेमुक्त भएको छ । त्यसैगरी नेकपा एमाले परित्याग गरि सिगैं वढा कमिटि माओवादी केन्द्रमा समाहित भएको छ । भरतपुर नगरपालिकाको वडा नं. १८ मंगलपुरको एमाले वडा कमिटिका सबै पदाधिकारीले राजीनामा गरी सामूहिकरुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एक समारोहबीच स्वागत गरेका थिए । नेकपा एमालेले जनतालाई भ्रम छर्दै जनआन्दोलनका उपलब्धिहरुलाई खतरामा पार्न खोजेका भन्दै हिराबहादुर थापामगरको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नव प्रवेशी हिराबहादुर थापा मंगलपुर क्षेत्रका प्रभावशाली नेता हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: