Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आज विश्व रेडियो दिवस, प्रधानमन्त्रीले सम्वोधन गर्दै

\"\"काठमाडौं, २ फागुन । आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष छठौ विश्व रेडियो दिवसको नारा ‘तपाई नै रेडियो’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० को आयोजनामा काठमाडौंमा नेपालका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सुरु भएको छ। बानेश्वरको अल्फाबिटामा जारी कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सामुदायिक रेडियो प्रशारक संघ ९अकोराब० नेपालको अगुवाई मा नपालका रेडियोहरुले आज विश्व रेडियो दिवस मनाइरहेका छन् । अकोराबले मनाइरहेको विशेष कार्यक्रममा प्रधानन्त्री प्रचण्डले सम्वोधन गर्दैछन् । भरखरै कार्यक्रम उद्घाटन गरेका प्रधानमन्त्रीले केहीबेरमा सम्बोधन गर्दैछन । विश्वमा व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९८ वर्ष पुगे पनि नेपालमा भने ६६ वर्ष भएको छ। बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रूपमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा नेपालमा पहिलो रेडियो सञ्चालन सुरु भएको थियो। २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको हो। अहिले झण्डै ६ सय वटा रेडियो एफएमले अनुमति लिएका र ५ सय वटा प्रसारणमा रहेका नेपाल प्रेस काउन्सिलले जनाएको छ। व्यवसायिक रेडियोको संस्था ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल ९बान०ले चितवनमा विशेष कार्यक्रम गर्दैछ। अहिले देशका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालको सन्दर्भमा सरकारी रेडियो, सामुदायिक रेडियो र निजी क्षेत्रका रेडियोहरूले रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हकको प्रवाहका लागि सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको । सूचनामा नागरिकको पहुँच बढाउनाको अलावा लोकतन्त्र, मानवअधिकार, विधिको शासन र शान्तिपूर्ण सामाजिक रूपान्तरणका लागि अहम भूमिका खेलेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: