Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पत्रकार महासंघलाई चुनाव लाग्यो, पश्चिमाञ्चलका जिल्लाहरुमा अधिवेशन शुरु

\"\" काठमाडौं, ३ फागुन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई चुनाव लागेको छ । महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला शाखाहरु, प्रतिष्ठान, र एशोसियनको निर्वाचन शुरु भएको छ । पहिलो चरणमा मंगलबार पश्चिमाञ्चलका जिल्लाहरुमा अधिवेशन भएको छ । पत्रकार महासंघ सदस्य विवादका कारण पत्रकार महासंघ केन्द्रीय कार्यालयमा नै तालाबन्दी भइरहँदा जिल्ला शाखाहरुमा अधिवेशन शुरु भएको छ । मंगलबार पश्चिमाञ्चलका नवलपरासी जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन जारी रहेको पत्रकार महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए । जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट अधिवेशन आठ चरणमा सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिए पनि केही जिल्लाहरुमा भने सदस्यता विवादले गर्दा तोकिएको मितिमा अधिवेशन नहुने भएको छ । केन्द्रले पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा आजका लागि अधिवेशनको तालिका सार्वजनिक गरेको थियो । मनाङ र मुस्ताङमा मौसम अनुकुलताका आधारमा निर्वाचन गर्न सकिने जनाइएको छ । यस्तै, पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिरहा र सप्तरीमा फागुन ७ गते अधिवेशन हुने भएका छन् । यस्तै, सार्वजनिक गरेको तालिकाअनुसार मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत र दैलेखमा फागुन १२ गते अधिवेशन हुनेछ । मध्य क्षेत्रका रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवामा फागुन १७ गते तथा सुदुरपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङमा फागुन २२ गतेका लागि अधिवेशन तय गरिएको छ । यस्तै, काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरु फागुन २४ गते र एसोसिएट तर्फका सबै संस्थाहरु फागुन २५ गते अधिवेशन तय गरिएको छ । फागुन २६ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पाको अधिवेशन हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: