Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

स्ववियु चुनाव विथोल्न विप्लव निकट विद्यार्थी संगठनको यस्तो हर्कत

काठमाडौँ, ४ फागुन । विप्लव नेतृत्व माओवादीको विद्यार्थी संगठनले फागुन १४ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव विथोल्न कतै क्यम्पस प्रमुखलाई अपहरण गरेको छ भने कतै क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् । धनगढीको लम्कि बहुमुखी क्याम्पसका प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई अपहरण गरेका छन् । त्यस्तै आजै उक्त विद्यार्थी संगठनले दमकको दमक बहुमुखी क्याम्पस प्रमुख उक्तम भट्टराईको कुर्सी जलाएका छन् । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका विद्यार्थीले स्ववियु चुनाव नगराउन धम्कि दिइरहेको बेला दमक बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पस प्रमुख उत्तम भट्टराईको कार्यकक्षको लगाएको ताला फुटाएको भन्दै कुर्सी जलाएका हुन् । स्ववियु चुनाव पूर्ण समानुपातिक प्रणालीमा गर्न माग राख्दै विप्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायत विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । सोहि ताला खोल्न भट्टराईले नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थी युनियनलाई सघाएको आरोप लगाएका छन् । उनीहरुको प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । र, यो पनि स्ववियु चुनाव नजिकिदैं गर्दा क्याम्पस प्रमुख अपहरण त्यस्तै स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव नजिकिदै गर्दा धनगढीका एक क्याम्पस प्रमुख अपहरणमा परेका छन् । बुधबार लम्की बहुमुखी क्याम्पस कैलालीका क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका हुन् । नेत्रबिक्रम चन्द विप्लव माओवादी निकट विद्यार्थी संगठनले स्ववियु चुनाव विथोल्न खोजिरहेको बेला थापा र विष्टलाई पनि उनीहरुले नै अपहरण गरेको हुनसक्ने स्रोतले जानकारी दिएको छ । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले सोधपुछ मात्र गरेको अपहरण नगरेको बताएको छ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहलार्इ यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । यो बिषयमा कैलाली प्रहरी भने बेखबर छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: