Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

आम हडतालमा बागलुङ खुलै

बागलुङ, एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले गरेको आम हडतालको प्रभाव बागलुङमा परेको छैन । आम हडतालले देशभरको जनजीवन प्रभावित भइरहेका बेला बागलुङ जिल्ला भने सामान्य अवस्थामै छ । आउँदो चैत २८ गते बागलुङ क्षेत्र नं १ मा संविधानसभा सदस्य उपनिर्वाचन हुन लागेकाले मोर्चाले कुनै आन्दोलनका कार्यक्रम गरेको छैन । औपचारिक रुपमा आम हडताल नगर्ने निर्णय नभए पनि कुनै अवरोध नगरी बन्द खुकुलो पारिएको एमाओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । बन्दका कारण जिल्लाबाट राजधानीलगायत देशका विभिन्न भागमा छुट्ने लामो दूरीका सवारी साधन भने चल्न सकेका छैनन् । सदरमुकाम र ग्रामीण क्षेत्रका सडकमा सवारी निर्वाध रुपमा चलिरहेका छन् । शैक्षिक संस्था, कार्यालय, पसल र व्यवसाय पनि खुलेका छन् । जिल्लामा बसेको सर्वपक्षीय बैठकले पनि निर्वाचनको अवधिमा कुनै बन्द हडतालका कार्यक्रम नगर्न मोर्चालाई लिखित अनुरोध गरेको थियो । उपनिर्वाचनमा भाग लिने दल अन्तिम प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन अभियान र घरदैलोलाई सदरमुकाम केन्द्रित गरिएको छ । बिहीबारदेखि शून्य समय सुरु हुने भएपछि प्रचारप्रसारलाई दलहरुले तीव्र पारेका छन् । बागलुङ जिल्लामा आम हडतालको कुनै प्रभाव नपरे पनि छिमेकी जिल्ला पर्वत र म्याग्दीमा भने बन्दको प्रभाव परेको जनाइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending