Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

धेरै पसिना आएर शरीर दुर्गन्धित हुन्छ ? यस्ता छन् हटाउने घरेलु उपाय

काठमाडौं । गर्मी मौसममा के तपाईँको काखीलगायत अन्य अङ्गमा अत्याधिक पसिना आएर दुर्ग्न्धित हुन्छ ? सामान्य विधि अपनाएर पनि तपाईँले आफ्नो समस्यालाई समाधान गर्न सक्नुहुन्छ । हुन त काखीमा दुर्गन्ध आउन नदिने एउटै उपाय भनेको त्यसलाई सकेसम्म सुक्खा राख्ने नै हो । तर गर्मीको बेलामा पसिना त आइहाल्छ, पसिनासँगै ब्याक्टेरिया पनि शरीरबाट बाहिर निस्किन्छ, जसले गर्दा नै दुर्गन्ध फैलाउँदछ । नत्र वास्तवमा हाम्रो पसिनाको कुनै गन्ध हुँदैन, गन्हाउने त ब्याक्टेरिया हो । त्यसैले यस्ता खराब ब्याक्टेरियाहरूलाई आउन नदिन वा हटाउन प्राकृतिक तथा घरेलु उपायहरू अपनाउन सकिन्छ । बच्ने उपायहरू ः १. साधारण सरसफाइ– शरीरबाट पसिनासँगै खराब र दुर्गन्ध निम्त्याउने ब्याक्टेरियाहरू पनि बाहिर निस्किन्छन्, जसलाई नियमित सफा गरिराख्नुपर्दछ । त्यसैले गर्मीको बेलामा सकेसम्म दिनको २ पटक नुहाउनुपर्दछ, नसके कम्तीमा पनि शरीरको सबैभन्दा धेरै पसिना आउने अङ्गलाई सफा गर्नुपर्छ । २. लुगाको छनौट– हामीले लगाउने लुगाले पनि पसिनाको मात्रा र दुर्गन्धमा फरक पार्दछ । कालो रङ्गको सिन्थेटिक लुगाले घामको कीरणलाई परावर्तन गर्न सक्दैन र आफैले सोसेर राख्दछ । जसको कारण लुगा भित्रको शरीरको तापक्रम बढ्न थाल्दछ र पसिना आउँदछ । त्यसैले गर्मी मौसममा सेतो रङ्गको कटन तथा सिल्कको लुगा लगाउनु पर्दछ। यस्तो कपडासँग ओसिलो सोस्न सक्ने क्षमता हुन्छ र छालामा हावाको आवतजावत गराउन मद्दत गर्दछ । ३. स्वस्थ खानेबानी– हाम्रो छालामा हुने पसिनाग्रन्थीलाई क्याफीन (कफी, चकलेट) ले सक्रिय गराउँदछ । त्यसैले गर्मीको बेलामा कफी, चकलेट, पिरो खानेकुरा, रक्सी, चिल्लो, गुलीयो तथा धुम्रपानको सेवन कम गर्नाले शरीरको दुर्गन्धमा पनि कमी हुँदै जान्छ । ४. पर्फ्यूम– पसिना आएर दुर्गन्ध निस्कियो भन्दैमा नानाथरीका रोलर, बडी स्प्रेको प्रयोग गर्नु उचित हुँदैन । किनभने यसले हाम्रो छालामा हुने स–साना पसिनाका प्वालहरूमा असर गर्दछ र पसिनाको उत्पादनमा रोक ल्याउँदछ, जुन एकदमै खतरनाक कुरा हा । हो, पसिना नआएपछि दुर्गन्ध पनि आउँदैन, तर शरीरभित्र भएका सबै विकारहरूलाई बाहिर फाल्ने माध्यम पसिना पनि हो, जुन पिसाब तथा अन्य बाटो भएर जान सक्दैन । त्यसैले सकभर पर्फ्यूम नलगाउँदा नै सबैभन्दा उचित हुन्छ । घरेलु रोकथामका उपायहरू ः ५.कागती– दुर्गन्ध ल्याउने ब्याक्टेरियालाई हटाउने एउटा अचुक उपाय भनेको कागती होे । दिउँसो घाममा बाहिर निस्कने बेलामा कागती काटेर धेरै पसिना आउने ठाउँमा लगाउनुहोस् र एकछिन सुकेपछि पानीले पखाल्नुहोस् । यसो गर्दा पसिना नआउने हुँदैन, तर पसिनामा आउने ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ र दुर्गन्ध आउनबाट बचाउँदछ । ६. तुलसी र नीम– ब्याक्टेरियासँग लड्न सक्ने क्षमता तुलसी र नीमसँग पनि हुन्छ, जुन हाम्रो वरिपरी नै पाइन्छ । नुहाउनुभन्दा अगाडि तुलसी र नीमको पातलाई पिसेर पसिना आउने ठाउँमा त्यसले लेप्नुहोस् र केहि मिनेटसम्म छोड्दिनुहोस् । सुकेपछि नुहाउनुहोस् । करीब २ हप्तासम्म यसो गर्नाले नतिजा आफै देख्न सक्नुहुनेछ । एजेन्सीकाे सहयाेगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies