Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

‘बन्द तुहाउन’ यस्तो पो रहेछ गृहको तयारी !

काठमाडौं, ३० दलीय गठबन्धन मोर्चाले आह्वान गरेको तीनदिने आमहड्तालमा सरकारले ‘उच्च सुरक्षा चुनौती’ ठानिरहेका संविधानसभा बाहिरका माओवादीहरु समेतले नैतिक समर्थन गरेपछि गृह मन्त्रालय सहित सुरक्षा अधिकारीहरु ‘बन्द तुहाउने रणनीति बनाउन’ भ्याईनभ्याईमा छन् । सुरक्षा निकायका उच्च अधिकारीहरुले सोमबार साँझ मात्रै गृहमा बैठक बसी ‘आन्दोलन तुहाउन’ विभिन्न रणनीति बनाएका थिए । बैठकमा बन्दले लिन सक्ने रुप र त्यसलाई बिफल तुल्याउने विधिको सुरक्षा अधिकारीहरुले समीक्षा गरेका थिए । आन्दोलनकारीका अगाडि सरकार झुक्नु नहुने भन्दै बैठकले आन्दोलन हिंसात्मक हुने देखिए बल प्रयोग गर्ने रणनीति तय गरेको छ । ‘राज्यले आफ्नो भूमिका अफेन्सिभ बनाउने कुरामा सबैको एकमत देखियो’– बैठकपछि एक उच्च सुरक्षा अधिकारीले खबरडबलीलाई बताए । सोही स्रोतले खबरडबलीलाई दिएको जानकारीअनुसार बन्द हिंसात्मक हुन सक्ने अनुमान गर्दै बन्द बिफल तुल्याउन व्यापक सुरक्षाकर्मी परिचालनका साथसाथै पर्याप्त मात्रामा सादा पोसाकका सुरक्षाकर्मी समेत परिचालन गर्ने नीति गृहले लिएको छ । गृहमन्त्री वामदेव गौतमले बन्दकर्ताहरुलाई पक्रन तथा उनीहरुले पुर्‍याउन सक्ने क्षतिलाई रोक्न सुरक्षा निकायलाई चौबीसै घन्टा ‘अलर्ट’ रहन निर्देशन दिएका थिए । सुरक्षा अधिकारीहरुले चाहिँ गृहमन्त्री समक्ष सुरक्षा अवस्था तथा रणनीतिबारे ‘ब्रिफिङ’ गरेका थिए । गृहको सो बैठकले मंगलबार बिहान पनि निरन्तरता पायो । दुवै बैठकहरुमा गृहमन्त्री वामदेव गौतम, गृहसचिव सूर्यप्रसाद सिलवाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागका प्रमुखहरुसहित उच्च अधिकारीहरुको सहभागिता थियो । गृहप्रवक्ता लक्ष्मी ढकालले खबरडबलीसँग संक्षिप्त कुराकानी गर्दै ‘आन्दोलनकारी र बन्दकर्ताहरुका अगाडि राज्य कमजोर भएर प्रस्तुत नहुने’ बताए । उनले भने– ‘राज्य कमजोर भएर पछाडि हट्दैन, बन्द गराउँदै हिँड्नेहरुलाई प्रहरीले बल प्रयोग गर्छ ।’ गृहमा बसेको सुरक्षा अधिकारीहरुको बैठकमा के निर्णय भयो त भनेर सोधिएको प्रश्नमा प्रवक्ता ढकालले भने– ‘बन्दको विषयमा गृह मन्त्रालयबाट तयार गरिने कार्ययोजना तथा पूर्वतयारीहरु सकिएको छ । बैठक बस्नेभन्दा पनि ‘एक्सन’ महत्वपूर्ण कुरा हो, हामीले त्यो सकेका छौं ।’ केन्द्रमा गृह मन्त्रालयमा र क्षेत्रीय तथा जिल्ला सुरक्षा समितिहरुमा समेत रणनीति तय गरेर अगाडि बढ्ने योजना तय गरेर अगाडि बढ्ने नीति लिइएको उनले बताए । हरेक ‘कमान्ड पोस्ट’ हरुमा रणनीति बनाउने र फेरिने कुरा सामान्य भएको समेत उनले बताए । ‘गृह मन्त्रालय अन्तर्गतको सुरक्षा रणनीति भन्ने कुरा उताबाट कस्ता गतिविधि हुन्छन् र उनीहरुको के–कस्तो तयारी छ भन्ने सूचनाका आधारमा तय गरिने कुरा हो । यो घटनाक्रमको विकाससँगै फेरिने पनि हुन सक्छ, त्यसैले सामान्य कुरा मात्रै हो’– प्रवक्ता ढकालले खबरडबलीसँग भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending