Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

राप्रपासँग मिलौं मिलौं जस्तो लाग्छः प्रचण्ड

\"\" काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा भनेपछि आफूलाई नजिक नजिक जस्तो लाग्ने बताएका छन् । रोल्पाको लिवाङ, नवलपरासीको प्रगतिनगरमा भएका दुई वटा कार्यक्रम सकेर शुक्रबार नै काठमाडौं फर्किएका प्रचण्डले राप्रपाको महाधिवेशनमा बोल्दै उनले राप्रपासँग मिलौंमिलौं जस्तो लाग्ने बताए । उनले आफू कम्युनिष्ट, विद्रोही क्रान्तिकारी र युद्धको नेतृत्व गरेको कमाण्डर भए पनि राप्रपा नजिक जस्तो लाग्ने स्पष्ट गरे । ‘म कम्युनिष्ट, विद्रोही क्रान्तिकारी, युद्धको नेतृत्व गरेको कमाण्डर तर किन किन रापपा भनेपछि नजिक नजिक जस्तो लाग्छ, मिलौं मिलौं जस्तो लाग्छ’, प्रधानमन्त्री प्रचण्डले भने, \'त्यसैले टाढा नजानु होला ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राप्रपाका नेताहरु परिपक्क हुन् भन्ने पुष्टी भएको भन्दै राप्रपा नेताहरुको प्रशंसा गरे । जनताको प्रतिनिधिबाट संविधानसभाले संविधान बनाउने ००७सालदेखिको चाहना रहेको उल्लेख गर्दै प्रचण्डले धेरै उतारचढावकाबीच संविधानसभाबाट संविधान घोषणा गर्ने ठाउँ सम्म आइपुगेको बताए । उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा राप्रपाबाट अवरोध हुन्छ कि भन्ने अनुमान समेत फेल खाएको स्मरण गरे । राप्रपा नेताहरुले परिपक्वता देखाएर विमतिकाबीच पनि संविधान जारी गर्न सघाएको प्रचण्डले उल्लेख गरे । संविधान कार्यान्वयनका शिलशिलामा अब आउने दिन पनि सहज नभएको भन्दै प्रचण्डले संविधान कार्यान्वयनमा पनि सघाउन राप्रपालाई आग्रह गरे । ‘मेरो पार्टीसँग विचार मिल्दैन तर तितामिता अनुभव अंगालेका तपाई राप्रपाका नेता कार्यकर्ताले दुर्घटनामा जान दिनु हुँदैन भन्ने विश्वास ब्यक्त गर्न चाहन्छु ।’ – प्रचण्डले भने । प्रचण्डले संविधान संशोधनका विषयमा राप्रपा अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा लगायतसँग पटक पटक छलफल गरेको स्मरण गराउँदै संविधान संशोधनमा सघाउन आग्रह गरे । मधेस, पहाड, हिमाल कसैलाई पनि निषेध गर्नु राष्ट्रवाद हुन नसक्ने भन्दै प्रचण्डले राष्ट्रवादी पार्टीको पहिचान बनाउने हो भने हिमाल पहाड तराईलाई विभेदमा नराख्न अपिल गरे । मधेस, पहाड, हिमाल सबैलाई समेट्नु मात्रै साँचो राष्ट्रवाद हुने उनको भनाइ थियो । सरकारले संविधान संशोधन र निर्वाचन प्रक्रिया संँगसँगै अघि बढाउने पनि प्रधानमन्त्री प्रचण्डले बताए । निर्वाचनले मात्रै लोकतन्त्रको जीवन र गति दिने उनले उल्लेख गरे । निर्वाचन अपरिहार्य र संविधान कार्यान्वनयका लागि निर्विकल्प रहेको पनि प्रचण्डले स्पष्ट गरे । छिट्टै नै निर्वाचनको तिथिमिति घोषणा गरिने उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: