Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्थानीय तहको निर्वाचनपछि समस्या समाधान : मन्त्री बुढाथोकी

\"\"इलाम, १६ फागुन । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका अवसरलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनमा सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताउँदै भन्नुभयो – “संविधान कार्यान्वयन भयो भने मात्र नागरिक अधिकार सम्पन्न हुन्छन्, नत्र संविधान कागजको खोस्टो जस्तो मात्र हो ।” स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणका कामले गति लिनुका साथै नागरिकका सबै कामकाज सहज रूपमा अगाडि बढ्ने मन्त्री बुढाथोकीले बताए । देशमा गणतन्त्र आएको, नयाँ संविधान पाएको भए पनि नागरिकले नयाँ संविधानको उपलब्धि अनुभव गर्न नपाइरहेको बताउँदै मन्त्री बुढाथोकीले स्थानीय तहको निर्वाचनसँग नागरिकले लोकतन्त्र व्यावहारिक रुपमा अनुभूत गर्न पाउने बताए । तराई मधेसका नेताहरुले संविधानमाथि गरेको असन्तुष्टितर्फ सङ्केत गर्दै मन्त्री बुढाथोकीले संविधानमा सबैको चाहना–भावना समेट्न नसकिने बताए । संविधान कार्यान्वयन अहिलेको मुख्य मुद्दा भएको बताउँदै मन्त्री बुढाथोकीले भन्नुभयो–“संविधान बाइबल र कुरान जस्तो अपरिवर्तनीय होइन, यो समयअनुसार परिवर्तन गर्दै जान सकिन्छ ।” देश चुनावमा होमिएकाले यसलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन कर्मचारी वर्गले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री बुढाथोकीले अबको निर्वाचनपछि नगरपालिका र गाउँपालिकाको अध्यक्षलगायतको जिम्मेवारी र अधिकार यसको सामथ्र्यभन्दा पनि बढी हुने भएकाले स्थानीय प्रशासन चुस्त बनाउन कर्मचारीले समन्वय र सहकार्यको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: