Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

के देशको मुख्य समस्या 'प्रचण्ड' नै हुन ? 

अन्तर्राष्ट्रिय मानवाधिकार संस्था, युएन, छिमेकी मुलुकहरु, युरोपियन युनियन, अमेरिका लगायत विश्वका सबै प्रमुख देशहरु र संस्थाहरु नेपालको शान्तीप्रक्रियाको सफलताको जिम्मेवार मानिन्छन् । राष्ट्रिय स्तरमा चलेको सशस्त्र युद्ध भएपनी यसले अन्तर्राष्ट्रिय सुरक्षा चासो र चिन्तनलाई बढाएको थियो । युद्ध गर्नुपर्ने कारणहरु र आधारहरु, युद्धमा भएको मानविय र भौतिक क्षती, युद्धले निम्त्याएको ब्यबस्था परिवर्तन, शान्ति प्रक्रिया र त्यसको ब्यबस्थापन लगायत सबै कार्यमा राष्ट्रिय शक्तिहरु (दलहरु, नेपालका लगभग सबै सरकारी गैरसरकारी संघसंस्थाहरु, राजसंस्था र मुख्य रुपमा जनताहरु ) पनि दिलोज्यान दिएर लागिरहेको यथार्थ हो ।
यहाँ जनताहरु पनि भनिएको छ किनभने, माओबादीलाई शान्तीप्रक्रियामा ल्याउने भुमिका खेलेको दाबी गर्ने तत्कालिन सात राजनीतिक दलहरु र स्वयं माओबादी समर्थकहरु सबैको प्रतिनिधित्व जनताले चुनेकै नेताहरुले गरिरहेका छन् । पहिलो संबिधानसभाको चुनावमा माओबादीले प्रत्यक्षतर्फ लगभग बहुमत ल्याएको स्थिती नै बहुमत जनताले माओबादी र सात राजनीतिक दलहरुबिचमा भएका सम्झौताहरु स्विकारेको अर्थ लाग्छ । बाँकी कुरा तपसिलमै राख्ने हो भने पनि, अधिकांश जनताले युद्धको अन्त्य चाहेको कारणले शान्तिसम्झौताको परिस्थिती निम्तिएको थियो ।
प्रचण्ड नभएको भए, यो देशको समस्या छु मन्तर हुने थियो । प्रचण्ड नभएको भए देशका सबै मान्छेहरु अजर र अमर हुने थिए । प्रचण्ड नभएको भए तिसौंलाख जनता बिदेशबाट फर्केर देशमै रोजगारी गरिरहेका हुन्थे । यि अचम्मका दलीलहरुले जनता भ्रममा पार्न सजिलो हुन्छ, तर समस्याहरुको समाधान गर्न गाह्रो हुन्छ ।
[caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] राजनीतिक संकृणता बोकेका र देश शान्तीपूर्ण रुपमा चलिरहँदा आफ्नो स्वार्थको ठामोठेगान नहुने केहि स्वघोषित बुद्धिजीवीहरुले बाह्रबुँदे सम्झौता बेठीक थियो भनेर जति कुर्लेपनी इतिहासले नेपाललाई बिरासतमा दिएको उपलब्धी त्यही थियो र छ पनि । बिकल्प सहितको बिरोध र बिकल्प रहितको बिरोध गर्ने दुईथरी मान्छेहरु हुन्छन् । सत्रहजार मानिसको ज्यान गएकोमा डाँको छोड्नेहरु सम्झौताले युद्धसमाप्तिको स्थिती सृजना गर्दा पनि किन डाँको नै छाड्छन भन्ने कुरा या त उनिहरुको मानसिक स्वास्थ्य चेक गरेपछि थाहा होला नत्र यसलाई भगवानकै शरणमा छाडौं । रह्यो कुरा उत्तर द्वन्द्व ब्यबस्थापनको । लडेर अनुहारमा घाउ लागेको मान्छेलाई डाक्टरले जति उपचार गरेपनी घाउ भन्दा अनुहारमा लागेको दाग मेटाउन बढी मेहेनेत र समय लाग्छ । द्वन्द्वले त्यस्ता धेरै घाउहरु छोडेको छ । तिनिहरुलाई मेटाउने नाममा झन गिजोल्ने गरियो भने, ति दागहरु मृत्युपर्यन्त रहन्छन् । हामी तिनै दागहरु मेटाउने चरणमा छौं र साथसाथै ब्यबस्था परिवर्तन पछाडिको वातावरणमा अभ्यस्त हुन सिकिरहेका छौं । तर्कशास्त्रले भन्छ, सहि नियतको लागी गलत तर्क र गलत नियतको लागी सहि तर्क तेर्स्याउने दुइवटा मानिसहरु मध्ये दोश्रो बढी स्वार्थी र खतरनाक हुन्छ । यहाँनेर प्रश्न आउँछ, के हामी अझै पनि शान्तिपूर्ण तरिकाले मिलेर बस्न चाहन्नौं ? विश्वभुमन्डलीकरणको यो युगमा हामी संसारको गतिलाई छोडेर आफ्नो दुर्गतीमा फँस्न चाहन्छौं ? यदि चाहन्नौं भने पंक्तिकारसंग केहि बिकल्पहरु छन् । पहिलो बिकल्प भनेको राजनीतिक अर्थब्यबस्थालाई अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा ढाल्नु हो । दोश्रो बिकल्प भनेको आन्तरिक एकतालाई सुदृढ गरेर बाह्य हस्तक्षेपलाई रोक्नु हो । तेस्रो बिकल्प मौजुदा शासनप्रणालीको सदुपयोग गर्दै समयक्रम अनुसार सुधार्दै लैजाने हो र चौथो बिकल्प भनेको मानवाधिकार, न्याय, समानता, समावेशिता र बराबर सहभागितालाई सुनिश्चित गर्दै अघि बढ्ने हो । यिसंगै धेरै अरु बिकल्पहरुको बारेमा छलफल गर्न सकिएला तर यिनिहरुलाई बाईपास गर्न सकिँदैन । अब कुरा गरौं राजनीतिक नेतृत्वको बारेमा । धेरै मानिसहरुलाई प्रचण्ड फोबिया छ । उनी नेपालका प्रधानमन्त्री हुन । उनलाई नरुचाइनुको कारण एउटै हो, सत्रहजारको ज्यान जाने गरेर गरिएको सशस्त्र युद्धको नेतृत्व गर्नु र यो कारण बाहिरबाट हेर्दा सामान्य र मुनासिब देखिएपनी भित्री रुपमा हेर्दा उत्तिकै बाहियात छ । जनतालाई युद्धको बारेमा गलत तरिकाले ब्रीफिङ गरेर भ्रमित पार्न खोजिएको छ । नेपाली समाजमा देखिएका असमानताहरु, अन्याय र बिभेदहरु, राज्यका श्रोतहरु दोहन गर्ने प्रणालीहरु, निरंकुश राज्य ब्यबस्था र अधिकारको अनुचित बाँडफाँडको बिरुद्धमा भावी सन्ततीहरुलाई सहज हुने शर्तमा गरिएको जनताको स्वतस्फूर्त बलिदानीलाई हत्या भनेर कायरहरुले मात्र परिभाषित गर्न सक्छन् । यद्यपि त्यो पुरानो पाटो हो । हुन त, जनताहरु अहिले पनि अधिकारसम्पन्न छैनन् । जनजीविका सहज बनेको छैन । बिकासनिर्माणका कामहरु सहज संचालन भएका छैनन् । अधिकांश जनताले चाहेको आफ्नो कार्यकारी नेता आफैं चुन्न पाउने ब्यबस्था प्राप्त भएको छैन । तर तोक आदेशको भरमा मात्र बजेट बिनियोजन हुने ठाउँमा आजकल नीति र प्रक्रियाको शुरुवात भएको छ । बिकास निर्माणका योजनाहरु बनेका छन्, उर्जाको समस्या समाधान गर्ने प्रक्रियाको शुरुवात भएको छ । अनुहारमा परेको घाउको दाग पुरिन समय लागे झैं, बिकासका पूर्वाधारहरुको निर्माण र सन्चालनमा पनि समय लाग्छ, यो स्वयंसिद्ध तथ्य हो । प्रचण्डले जनयुद्धको नेतृत्व नगरिदिएको भए, प्रचण्डलाई गाली गर्ने वैयक्तिक स्वतन्त्रता पनि कसैसंग हुनेथिएन । यो हावादारी कुरा होइन, यसको प्रमाण पनि छ । ५४/५५ सालतिर गगन थापाले गणतन्त्रको कुरा बहसमा ल्याउँदा कैयौं पटक जेल परेका छन् । जहाँ बैचारिक आस्थाको आधारमा बिभेद गरिन्छ, त्यहाँका गगनचुम्बी महलहरुको हैसियत झाँजले बारेको घरको जस्तो पनि हुँदैन । त्यही स्वतन्त्रताको लागी संसारमा लाखौं मान्छेहरुले आफ्नो जिवनको आहुती दिएका छन्, नेपाल अपवाद होइन । प्रचण्डपथ कति सफल कति असफल भन्ने कुरा बहसको बिषय होला । जनयुद्धमा हिंसाको प्रयोगको स्तर कति थियो र कति हुनुपर्थ्यो, यसलाई पनि बहसकै बिषय मानौं । ध्वंश र निर्माणको सम्बन्ध समानुपातिक हुने की ब्युतक्रमानुपातिक हुने, यो पनि एकप्रकारको बहसकै बिषय हो । यस्ता बिषयहरुको छिनोफानो निरन्तर बहस गरेर हुन सक्छ । तर अहिलेको तत्कालिन आवश्यकता के हो ? एउटा वर्ग छ, उसले देशमा एउटै समस्या औंल्याउँछ त्यो हो प्रचण्ड । त्यो वर्गका कतिपय तर्कहरु जायज होलान तर ति तर्कहरु गलत नियतका साथ प्रयोग हुन्छन । प्रचण्ड नभएको भए, यो देशको समस्या छु मन्तर हुने थियो । प्रचण्ड नभएको भए देशका सबै मान्छेहरु अजर र अमर हुने थिए । प्रचण्ड नभएको भए तिसौंलाख जनता बिदेशबाट फर्केर देशमै रोजगारी गरिरहेका हुन्थे । यि अचम्मका दलीलहरुले जनता भ्रममा पार्न सजिलो हुन्छ, तर समस्याहरुको समाधान गर्न गाह्रो हुन्छ । यद्यपि प्रचण्ड भएर पनि ति समस्याहरु समाधान भएका छैनन् । यसको अर्थ समस्या समाधान गर्ने खुबी प्रचण्ड एक्लैमा छैन किनभने समस्याको श्रोत उनी एक्लै होइनन । सबै कुराको समाधान राष्ट्रिय एकताले मात्र गर्न सक्छ । दोष आरोप प्रत्यारोपले देशको गतिशक्ती त ह्रास हुन्छ नै स्थितीशक्ती पनि क्षीण हुँदै जान्छ । अहिलेको राजनीतिक ब्यबस्था अन्तर्गत रहेर कुनै पनि ब्याक्ती कार्यकारी पदमा पुगे पनि गर्ने यहि नै हो र यत्ती नै हो । आन्तरिक समृद्धि र बाह्य कुटनीति दुबैको उचित तालमेल मिलेको छैन । दलिय स्वार्थको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धहरु बिग्रँदै गईरहेका छन । नेपालको अन्तर्राष्ट्रिय ब्यापार-बजार हिस्सा दिनानुदिन गुमिरहेको छ । सुधार र परिवर्तन गर्नुपर्ने क्षेत्रहरुलाई थाती राखेर प्रचण्ड र उनको सैद्धान्तिक धरातललाई नष्ट गर्नेतर्फ लाग्दा राजनीतिमा उनी बिस्थापित भएर अर्को कोहि स्थापित त होला, तर समस्याको समाधान चाहिँ हुँदैन । सक्छौं भने राजनीतिक ब्यबस्थाको आमूल कायापलट गर्ने खाका कोरौं । हैन भने मौजुदा ब्यबस्थाभित्रको एउटा पात्रलाई दोष दिएर अरुलाई चोखो नदेखाउँ । भ्रमलाई साहित्यको जलप लगाएर केहि समय जनतालाई भावुक बनाउन सकिएला तर आवश्यकता छ, यथार्थलाई जनतासामु पुर्याउने हस्तीहरुको । माने पनि नमाने पनि प्रचण्ड एउटा बिद्रोहको नेतृत्वकर्ता हुँदै राजनीतिको मुलधारमा आएका नेता हुन् । बितेको एक दशक राजनीतिको टाउकोमा उनी नै घुमिरहेका छन् । जति उनीमाथी रीस, द्वेष, आक्रोश, आलोचना, आरोप थोपरिँदै जान्छ, उनको जिम्मेवारी पनि बढ्दै गईरहेको हुन्छ र त्यो जिम्मेवारीले उनलाई अझ अघि बढ्ने प्रेरणा दिइरहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy