Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

जहाँ परिवार नियोजन गर्ने चलन छैन्

\"\"सुडान, २२ फागुन -गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ ।

बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ । इस्टर्न गेट राजधानी जुबा नजिकको गाउँ हो । गाउँमा पिउने पानीको समस्या छ । नजिकै स्वास्थ चौकी र विद्यालय पनि छैनन् । खेतीपाती गर्न बीउ छैन । खेती गरिहाल्यो भने पनि अरूले लुटिदिन्छन् । जोन बिदालको विवाह सन् २००५ मा भएको थियो । विवाह हँुदा उनको उमेर २० र उनकी जहान सुजना बिदाल १५ वर्षीया थिए । सुजनाले आफू १६ वर्ष हुँदै मनोबल बिदाललाई जन्माइन् । उनको छोरा मनोबल अहिले कुपोषण पीडित छ भने काखमा अर्का नौ महिनाको युसिक बिदाल पनि छ ।
इस्टर्न गेटमा मात्र होइन दक्षिण सुडानमा बालविवाह गर्नेलाई कुनै कानुन लाग्दैन । जस्ले केटी पक्षलाई वा केटीका परिवारलाई धेरै गाई दिन्छन् उसैसँग उस्को विवाह गरिदिने चलन छ ।
जुबा सुडानको एक प्रान्त पनि हो । त्यसो त लेक्स प्रान्तमा पर्ने रुम्बेकका स्थानीय पिटर याक विलले पनि विवाह गर्न खोजेका छन् । उनलाई केटी पक्षका मानिसले न्यूनतम एक सय गाईको माग गरेका छन् । झन्डै एक सय गाईको नेपाली मूल्य रु १० लाख पर्छ । गाई दिन नसक्नेले लगभग गाईको सङ्ख्याका आधारमा केटी पक्षलाई सुडनिज पाउन्ड उपलब्ध गराउनुपर्छ । यद्यपि केटी भगाएर लगेमा केटाको ज्यान लिनेसम्मको कार्य गरिन्छ । संसारका धेरै कालो छाला भएका मानिस बसोबास गर्ने देश साउथ सुडान हो । यहाँ सबैभन्दा धेरै कालो मानिसलाई सुन्दर भनिन्छ । साउथ सुडानमा धेरै महिलासँग विवाह गर्ने मानिसलाई समाजको प्रतिष्ठित व्यक्ति मानिन्छ । यहाँ परिवार नियोजन गर्ने चलन छैन । धेरै सन्तान जन्माउने र जन्मिएका सन्तानलाई बदला लिन सिकाउने चलन छ । राजधानी नजिक गाउँका सडक कच्ची छन् । जुबा आसपासका गाउँसम्म आवतजावत गर्ने सार्वजनिक यातायात छैन । पिउने पानीको विकराल समस्या छ । इस्टर्न गाउँका जनतालाई भने युएन मिसनमा खटिएका नेपाली सेनाले पानी उपलब्ध गराउने गर्छ । इस्टर्न नजिकका अन्य ग्रामीण जनता भने नाइल नदीको पानी पिउँछन् । नजिकका नकिटु तथा अन्य गाउँका मानिस नाइल नदीसम्म पानी लिन जान्छन् । गाउँबाट पानी ल्याउन करिब दुई घन्टा लाग्छ । बाबुआमाले छोराछोरीलाई पढ्न पठाउनुको सट्टा खोलामा पानी लिन पठाउने यहाँको चलन हो । यहाँका केटा केटी मागेर खाने गर्छन् । उनीहरुलाई बाबुआमा खोई भनी सोध्यो भने युद्धमा मरे भन्ने जवाफ पाइन्छ । ‘मुख्यगरी इस्टर्न गाउँ डिन्का र निउर बीचको जातीय व्दन्दको सिकारबाट अछुतो रहन सकेन । यहाँको गरिबी, अशिक्षा र भोकमरी कहालिलाग्दो छ । इस्टर्न गाउँमा जनप्रतिनिधमूलक कुनै निकाय र प्रहरी पोष्ट छैन’ स्थानीयवासी ग्रावोल लादोले बताए । साउथ सुडानमा रहेका झन्डै ६० जातजातिबीच जातीय व्दन्द छ । मुख्यगरी वर्तमान राष्ट्रपति सालबाके र अपदस्त उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष जातीय युद्धका कारण आजको इस्टर्न गेटको यो अवस्था सिर्जना भएको हो ।
\"\"

कष्टकर जीवनयापन गरिरहेका दक्षिण सुडानका बासिन्दा ।

राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् । जुलाई–८, २०११ मा संयुक्त राष्ट्रसङ्घले गणतान्त्रिक दक्षिण सुडान (आरएसएस)लाई एक छुट्टै राष्ट्रको मान्यता दिएको थियो । राष्ट्रसङ्घले जुबा, इस्टर्न इक्वेटोरिया, ओयस्टर्न इक्वेटोरिया, लेक्स, जोङ्ल्याइ, उवा, आवेल, ¥याप, युनिटी र मालाकाल १० प्रदेशलाई मान्यता दिएको भए पनि हालका राष्ट्रपति सालबाकेको सरकारले थप २२ प्रदेश गरी कुल ३२ प्रदेशमा मुलुक विभाजन गरिसकेका छन् । यद्यपि राष्ट्रसङ्घले भने त्यसलाई मान्यता प्रदान गरेको छैन । दक्षिण सुडान अथाह प्राकृतिक स्रोतसाधनले धनी भए पनि इस्टर्न गाउँको अवस्था दयनीय छ । समग्र सुडानको आर्थिक वृद्धिदर १ दशमलब शून्य ९ प्रतिशत र साक्षरता दर २० प्रतिशत एवम् ८० प्रतिशत गरिबी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending