Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

जहाँ परिवार नियोजन गर्ने चलन छैन्

\"\"सुडान, २२ फागुन -गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ ।

बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ । इस्टर्न गेट राजधानी जुबा नजिकको गाउँ हो । गाउँमा पिउने पानीको समस्या छ । नजिकै स्वास्थ चौकी र विद्यालय पनि छैनन् । खेतीपाती गर्न बीउ छैन । खेती गरिहाल्यो भने पनि अरूले लुटिदिन्छन् । जोन बिदालको विवाह सन् २००५ मा भएको थियो । विवाह हँुदा उनको उमेर २० र उनकी जहान सुजना बिदाल १५ वर्षीया थिए । सुजनाले आफू १६ वर्ष हुँदै मनोबल बिदाललाई जन्माइन् । उनको छोरा मनोबल अहिले कुपोषण पीडित छ भने काखमा अर्का नौ महिनाको युसिक बिदाल पनि छ ।
इस्टर्न गेटमा मात्र होइन दक्षिण सुडानमा बालविवाह गर्नेलाई कुनै कानुन लाग्दैन । जस्ले केटी पक्षलाई वा केटीका परिवारलाई धेरै गाई दिन्छन् उसैसँग उस्को विवाह गरिदिने चलन छ ।
जुबा सुडानको एक प्रान्त पनि हो । त्यसो त लेक्स प्रान्तमा पर्ने रुम्बेकका स्थानीय पिटर याक विलले पनि विवाह गर्न खोजेका छन् । उनलाई केटी पक्षका मानिसले न्यूनतम एक सय गाईको माग गरेका छन् । झन्डै एक सय गाईको नेपाली मूल्य रु १० लाख पर्छ । गाई दिन नसक्नेले लगभग गाईको सङ्ख्याका आधारमा केटी पक्षलाई सुडनिज पाउन्ड उपलब्ध गराउनुपर्छ । यद्यपि केटी भगाएर लगेमा केटाको ज्यान लिनेसम्मको कार्य गरिन्छ । संसारका धेरै कालो छाला भएका मानिस बसोबास गर्ने देश साउथ सुडान हो । यहाँ सबैभन्दा धेरै कालो मानिसलाई सुन्दर भनिन्छ । साउथ सुडानमा धेरै महिलासँग विवाह गर्ने मानिसलाई समाजको प्रतिष्ठित व्यक्ति मानिन्छ । यहाँ परिवार नियोजन गर्ने चलन छैन । धेरै सन्तान जन्माउने र जन्मिएका सन्तानलाई बदला लिन सिकाउने चलन छ । राजधानी नजिक गाउँका सडक कच्ची छन् । जुबा आसपासका गाउँसम्म आवतजावत गर्ने सार्वजनिक यातायात छैन । पिउने पानीको विकराल समस्या छ । इस्टर्न गाउँका जनतालाई भने युएन मिसनमा खटिएका नेपाली सेनाले पानी उपलब्ध गराउने गर्छ । इस्टर्न नजिकका अन्य ग्रामीण जनता भने नाइल नदीको पानी पिउँछन् । नजिकका नकिटु तथा अन्य गाउँका मानिस नाइल नदीसम्म पानी लिन जान्छन् । गाउँबाट पानी ल्याउन करिब दुई घन्टा लाग्छ । बाबुआमाले छोराछोरीलाई पढ्न पठाउनुको सट्टा खोलामा पानी लिन पठाउने यहाँको चलन हो । यहाँका केटा केटी मागेर खाने गर्छन् । उनीहरुलाई बाबुआमा खोई भनी सोध्यो भने युद्धमा मरे भन्ने जवाफ पाइन्छ । ‘मुख्यगरी इस्टर्न गाउँ डिन्का र निउर बीचको जातीय व्दन्दको सिकारबाट अछुतो रहन सकेन । यहाँको गरिबी, अशिक्षा र भोकमरी कहालिलाग्दो छ । इस्टर्न गाउँमा जनप्रतिनिधमूलक कुनै निकाय र प्रहरी पोष्ट छैन’ स्थानीयवासी ग्रावोल लादोले बताए । साउथ सुडानमा रहेका झन्डै ६० जातजातिबीच जातीय व्दन्द छ । मुख्यगरी वर्तमान राष्ट्रपति सालबाके र अपदस्त उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष जातीय युद्धका कारण आजको इस्टर्न गेटको यो अवस्था सिर्जना भएको हो ।
\"\"

कष्टकर जीवनयापन गरिरहेका दक्षिण सुडानका बासिन्दा ।

राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् । जुलाई–८, २०११ मा संयुक्त राष्ट्रसङ्घले गणतान्त्रिक दक्षिण सुडान (आरएसएस)लाई एक छुट्टै राष्ट्रको मान्यता दिएको थियो । राष्ट्रसङ्घले जुबा, इस्टर्न इक्वेटोरिया, ओयस्टर्न इक्वेटोरिया, लेक्स, जोङ्ल्याइ, उवा, आवेल, ¥याप, युनिटी र मालाकाल १० प्रदेशलाई मान्यता दिएको भए पनि हालका राष्ट्रपति सालबाकेको सरकारले थप २२ प्रदेश गरी कुल ३२ प्रदेशमा मुलुक विभाजन गरिसकेका छन् । यद्यपि राष्ट्रसङ्घले भने त्यसलाई मान्यता प्रदान गरेको छैन । दक्षिण सुडान अथाह प्राकृतिक स्रोतसाधनले धनी भए पनि इस्टर्न गाउँको अवस्था दयनीय छ । समग्र सुडानको आर्थिक वृद्धिदर १ दशमलब शून्य ९ प्रतिशत र साक्षरता दर २० प्रतिशत एवम् ८० प्रतिशत गरिबी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies