Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमालेले मोरङ र सुनसरीमा सभा गर्दै, प्रतिवाद गर्ने मोर्चाको निर्णय

\"\"काठमाडौं, २२  फागुन । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा हुँदैछ । मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले खबरडबलीलाई जानकारी दिए । विराटचोकमा बामदेव गौतम र भीम रावलले तथा इटहरीमा माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तगर्तत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, ¥याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ । पार्टीको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको एमाले सचिव सचिव योगेश भट्टराईले बताए । कुनै दल र व्यक्तिको विरोधमा आफुहरुको अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने उनले चेतावनी समेत दिए । प्रतिवाद गर्ने मोर्चाको निर्णय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्राको प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको भन्दै मोर्चाले प्रतिवाद गर्ने बताएको हो । मधेसी मोर्चाका धनुषा संयोजक सतिशकुमार लाल दासले जारी गरेको विज्ञप्तिमा २५ गते धनुषामा आम हडताल आहृवान गरिएको उल्लेख छ । झापाबाट सुरु भएको एमालेको मेचीकाली अभियान २५ गते जनकपुर पुग्ने कार्यक्रम छ । मधेसी मोर्चाले एमालेको कार्यक्रमलाई लक्षित गरेर आन्दोलन घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: