Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

यी हुन्, ३३ किलो सुनकाण्डका १२ अभियुक्त

\"\" काठमाडौं, २२ फागुन । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको साढे ३३ किलो सुन तस्करीमा संलग्नहरुको नाम प्रहरीले आइतबार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्न भनिएका १२ जनाको नाम सार्वजनिक गरेको हो । पक्राउ गरिएका १२ जनाविरुद्ध प्रहरीले आइतबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरुलाई संगठित अपराध नियन्त्रण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विमानस्थल कर्मचारीदेखि सुन ब्यापारीसमेत छन् । सुर्खेत खानीखोला २ घर भइ बाँके नेपालगञ्ज बस्ने ४३ वर्षीय गोपालबहादुर शाही, मोरङ पथरी ८ घर भई काठमाडौं गोठाटार बस्ने ३५ वर्षका दिलबन्धु थापा, धनुषाको जनकपुर घर भइ बाराको निचगढ बस्ने ३५ वर्षका सन्तोष काफ्ले, काभ्रे गणेशस्थनका रामहरी कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो । सिरहा सिलोर्बा पछवारी घर भइ काठमाडौं सिनामंगल बस्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तथ्यांक अधिकृत नारायण यादव, काभ्रे देउपुर २ घर भइ काठमाडौं काँडाघारी बस्ने विमानस्थल भन्सार कार्यालयका एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकाल, भक्तपुर बालकोट घर भएका भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ च्वामु र गुल्मीको तम्घास घर भइ भक्तपुर ठिमी बस्ने विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई पक्राउ गरिएको छ । यसैगरी न्यूरोडका वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालकहरु राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पाँच जनामाथि रेडकर्नर नोटिस सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । सिआइबीका डिआइजी नवराज सिलवालकाअनुसार उनीहरु दुबईमा रहेकाले इन्टरपोलमार्फत खोजी हुनेछ । रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । खड्का नै सुनको मालिक भएको प्रहरीको दाबी छ । यसरी समातिएको थियो ३३ किलो सुन गोपालबहादुर शाहीले दुबईबाट ल्याइँदै गरेको सुनसहितको लगेज लिन भनी दिलबन्धु थापा र सन्तोष काफ्ले बा ४ च ९१ १४ नम्बरको टेरियस गाडीमा आउँदै गरेका थिए । सीआईबीले उनीहरुमाथि खानतलासी गरी प्रति १० तोला सुनका विस्कुट १ सय ५२ थान, सुन जडित औंठी १९ थान, सिक्री १८ थान गरी ३३ किलो ५७७.४० ग्राम सुन बरामद गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending