Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

माओवादी कमरेडहरूकाे नाममा

प्रिय कमरेडहरु अभिवादन, मैले माओवादी नाममा पत्र लेखिरहँदा थुप्रै आरोपहरु पनि लाग्न सक्छन । माक्र्सबादी शब्दकोश भित्र रहेका गालि गलौजका शब्दहरु झिकेर प्रहार पनि हुनसक्छ । र पनि यो पत्र लेख्ने कोशिस गर्दैछु । शिर्षक मात्र लेखेर केहि समय थन्क्याए । आन्दोलनको क्रममा लेखिने मेरो पत्रले तँपाईहरुले भन्ने गरेको प्रतिक्रान्तिकारीलाई मलजल गर्छ कि भन्ने ठुलो डर थियो । पत्र लेख्नुपुर्व आफैलाई धेरै पिडा भयो । हिजो माओवादी  पिडितका नाममा भत्ता पचाएर अलि क्रान्तिकारी माओबादीको कार्यकर्ता बनेर माओबादी आन्दोलनकै बिरोध गरेर जिन्दगी चलाएकाहरुको कोटिमा पुगिन्छ कि भन्ने भयले घर गरिरह्यो । नढाँटी भन्ने हो भने अहिले माओबादी आन्दोलन आजकाल क्लबमा रुपान्तरण भएको छ । एकातिर पुल अर्कोतिर झलुङ्गो हाल्ने अभ्यासमा गर्दा गर्दै माओबादीले एकदशक बितेको पत्तो पाएन । कोठे बैठकहरुमा गरिएको गलत रिर्पोटिङका कारण माओबादीका नेताहरुलाई सुन्निदा पनि मोटाएको भन्ने भ्रमले नराम्रो बिरामी बनाएको छ । प्रिय मित्रहरु मलाई माफ गर्नुहोस । अब नेपालमा माओबादीको नामबाट उत्पीडनको अन्त्य र नयाँ समाज निमाणको संम्भाबना अत्यन्त कमजोर बनेर गएको छ । तपाईहरुलाई यो कुरा सुनेर पिडा पनि हुन सक्छ तर सत्य यस्तै बन्दै गईरहेको छ । हिजो समाजमा जुनखालको बर्गबिभेद रहेको थियो । आज माओबादी पार्टीमा त्यस्को बिम्ब प्रष्ट देखिन थालेको छ । माओबादी  आन्दोलन मुल समस्या भनेको आफ्नाहरुलाई मात्र राम्रो देख्ने हो । माओबादीमा कहिल्यै पनि गलत कुराको बिरोध भएन वा गलत कुराको बिरोध गर्नेलाई गलत्याउने काम गरियो । माओबादी नेताहरु मुखियाजस्ता भएका छन् । बचेखुचेका कार्यकर्ता प्रजाझै भएका छन् । गुटगुटमा बिभाजित माओबादीहरु आफ्नाहरुलाई जोगाउनका लागि जे सुकै पनि हर्कत गर्न पनि तयार छन् । अहिले माओबादीहरुले गरेको आन्दोलनका हरेक समय म पनि सडकमानै थिए । पहिला भन्दा फरक भुमिकामा आन्दोलनमा न एकता थियो , न जोश थियो न आन्दोलनबाट कार्यकर्ताहरुमा कुनै अपेक्षा नै थियो । बिरालो बाँधेर श्राद्ध गर्ने संस्कृतीको निरन्तरताबाहेक आनदोलन अरु केहि हुन सक्दैन । पार्टी सदस्य पद जोगाईरहनका लागि केहि नेता कार्यकर्ता  सडकमा उत्रिएका थिए । उनिहरुको अनुहार उत्साहभन्दा निराशा ज्यादा थियो । हिजो आन्दोलनको मोर्चामा झण्डामा डण्डा हालेर बोक्ने ५० औँ हजार जुझारु कार्यकर्ता बिदेश पलायन भएका छन् । लडाईका अग्रीम मोर्चामा लडेका पुर्व लडाकुहरु नियमित डिप्रेसनको औषधी प्रयोगकर्ता बनेका छन् । घाईते अपाङ्गहरु माओबादीकै नेताहरुलाई धारे हात लगाउदै बसेका छन् । गाउँ पुरै खाली हुँदै गएको छ । युद्धमा लागेको हजारौ कार्यकर्ताहरु खाना र नानाको समस्यामा जिन्दगी चलाई रहेका छन् । राज्यले युद्धकालिन मुद्दाहरु ब्युताएर माओबादीका नेताकार्यकर्ताहरु धमाधम गिरफ्तार गरिरहेको छ । माओबादीका नेताहरु पद बार्गेनिङका लागि आन्दोलनको उठान गरिरहेका छन् । रिसानी भए माफ गरिबक्सियोस प्रिय नेता कमरेड बलि नपाएर रिसाएका देवताहरुजस्तै रिसको झोकमा तपाईहरु कहिले आन्दोलन घोषणा गर्नुहुन्छ त कहिले आन्दोलन फिर्ता लिनुहुन्छ । कार्यकर्ताले तँपाईहरुसँगै हो मा हो मिलाउदै सति जानुपर्छ । तपाईहरुलाई लागेको कुरा अन्तिम सत्य हुन्छ । तपाईहरु रक्सि खाएर नशामा मातेर श्रीमती कुट्ने जड्याले जस्तो योजना बनाउनु हुन्छ । जुन दिर्घकालिन हुन सक्दैन । कुरा गर्दा युवा प्रतिनिधित्व र समावेशीका गर्ने तँपाईहरु पार्टीको नेता बनिरहनका लागि जे पनि गर्न तयार हुन्छन् । तँपाईहरु श्रीमतीको फरियाबाट बाहिर निस्कीएर हेर्नुस अनि आफ्नो पुरानो धरातल सम्झनुस । यो आन्दोलन नभएको भए तँपाईहरुको हैसियत के हुन्थ्यो । तपाईहरु परिवार र नाताबाट बाहिर निस्कन सक्नु भएको छैन । तपाईहरुसँग मेरो अन्तिम जिज्ञासा छ । रिसाएका देवताहरु बलि दिएसी खुशि भएझै तँपाईहरुले पनि भन्दीनु पर्यो । तँपाईहरुको चित्त प्रशन्न गर्नका लागि अझै कार्यकर्ताहरुले कति समय भोकै भाटा बोकेर सडकमा दौडन पर्यो ? र भन्दिनु पर्यो को कस्को बलि चढाउनु पर्यो । तँपाईहरुको आन्दोलनको स्वरुपले थप कार्यकर्ताहरु मनोरोगी बनाउने बाहेक अर्को लछारपाटो लाउन सक्दैन । तँपाईहरुले गरेको आन्दोलन रचनात्मक छैन । २००७ सालको नेरोघेरोमा गरिने आन्दोलनको र आज तँपाईहरुले गर्ने भनेको आन्दोलनको बिचमा खास अन्तर छैन । ताकी हाम्रो जिवनमा  आर्थीक ,सामाजिक र राजनितिक परिवर्तन भएको छ । तँपाईहरु पुरानै मानसिकता बोकेर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुहुन्छ । अनि तँपाईहरुको आन्दोलन कसरी सफल हुन्छ ? माओबादी नेताहरुलाई अन्तिम सुझाब आन्दोलन गर्ने हो भने पहिला दैनिक हजारौँको संख्यामा बिदेशिएका युवाहरुहरु देश फर्काउनुस , उनिहरुलाई देशमा नै भबिष्य देखाउनुस ,प्रशासनिक क्षेत्रमा देखिएको अराजकताको अन्त्य गर्ने कार्यक्रम गर्नुहोस , तँपाईको टाउको फुट्न खोज्दा आफ्नो टाउको अघि सार्ने कार्यकर्ताहरुलाई उत्पादनमा लगाउनुहोस , निर्माणका काममा लगाउनुस अनि बन्छ देश अनि उठ्छ आन्दोलन । अन्त्यमा मैले दुखका साथ भन्न पर्छ माओबादीकै नामबाट नेपालको परिवर्तन असंम्भब छ । आन्दोलनलाई नयाँ ढङ्गबाट संगठित गर्नुपर्ने अहिलेको आवश्यकता हो । यहि झण्डामुनि बिकसित नेपालको सपना साकार हुनसक्दैन । यसको मतलब एमाले ,काँग्रेस सहि हो भन्ने होईन । सौगात पोखरेल पोखरा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies