बाबुरामले दुई–चारजना आसेपासे लिएर पार्टी घोषणा गरे । हामीजस्ता लाखौँ यूवा उनको भजन–मण्डलीमा सहभागी हुन सकेनौँ । त्यसबेला, सङ्गठनको आधार सम्बन्ध, सोंच र संकल्पकाबारे केही सुझाव दिएको थिएँ ।ठूल्ठुला सफलता हासिल गर्न साना–साना कुराहरुको ख्याल गर्नु आवश्यक हुन्छ भनेझै थुप्रै कुराहरुमा सजग रहदै वस्तुतःब्यवहारिक र वैज्ञानिक विधिको अवलम्बन गर्नैपर्ने हुन्छ । साथसाथै यसको तीव्ररुपमा विकास गर्दै हरतरहले चुस्तदुरुस्त, पारदर्शी र सुरक्षित राख्दै सदुपयोगी ढङ्गले विधिवत प्रयोग गर्दै निरन्तर अगाडी लगेर पुस्तान्तरण गर्नु महान उपलब्धि हुनजान्छ । यो एतिहासिक असाधारण कार्यभारको जिम्मेवारी कर्तव्य र समयबोध भएका सबै यूवापुस्ता र सम्पूर्ण देसप्रेमी जनतालाई सुम्पने नवयुगले फरमान जारी गरिसकेको छ । सम्बन्ध र साङ्गठनिक संरचना यसको सम्बन्ध पुरानै श्यामश्वेत सादा पुरातन, प्रतिगामी सोच राख्ने युवासङ्ग हुँदैन । देशभक्तिको फोस्रो मन्त्र जप्ने, अरुलाई सत्तो–सरापेर आफू चोखिदै सिन्को नभाँची महानतम अनुभूति गर्ने, आफ्नो आकार–प्रकार र वास्तविकतालाई बिर्सेझै गरेर अन्धराष्ट्रवादी बन्ने, भ्रम छर्ने र प्रत्याक्ष–अप्रत्याक्ष स्थिर, प्रतिगमनलाई सघाउने, कुरा गर्नुपर्दा दश हात अघिसर्ने र काम गर्नुपर्दा दसहात पछिपर्ने वा काममा हाजिर नै नहुनेहरु साझा पार्टीको हिमायती हुनै सक्दैनन् । यस्तासङ्ग साझा पार्टीको सम्बन्ध रहनै सक्दैन । सत्यको आधारमा तथ्य खोज्दै, तथ्यको आधारमा आफ्नो वास्तविक धरातलको पहिचान गरेर प्राप्त साधन–स्रोतको अधिकतम प्रयोग गर्दै आन्तरिक निरभरता, सम्पन्नता, पूर्णलोकतान्त्रिक मूल्य–मान्यताको अङ्गीकार गर्दै समानुपातिक, समावेशीता, सुशासन र मैत्रीपूर्ण अन्तरदेशीय, अन्तराष्ट्रिय सुमधुर कुटनितिक सम्बन्ध कायम गर्दै सगरमाथाको चमत्कारको रुपमा तीव्ररुपमा देश–विकास र समृद्धि प्राप्त गरेर सूखी–सम्पन्न नेपाल निर्माण गर्ने अठोटकासाथ आफ्नो रुची–दक्षता र पायकपर्ने कार्यक्षेत्रमा तुरुन्त प्रभावकारी ढङ्गले कर्ममा निरन्तर खटिने अग्रगामी, सचेत देशप्रेमी, विवेकी, परिश्रमी , सुशील–शालीन यूवापुस्ता यस पार्टीमा स्वतः समावेश हुन सक्नेछन । सबैले आफ्नो पार्टीको अनुभूति गर्नेछन । यसको साङ्गठनिक ढाँचा पुराना परम्परागत तरिकाको जातीय–क्षत्रीय, जनवर्गीय भातृसङ्घ–संस्थाको रुपमा रहने छैनन । त्यसरी रह्योभने नयाँ बन्न सक्दैन । र, साझा पार्टी हुनबाट वञ्चित हुनेछ । पुरानै संरचनामा नयाँ नाममात्रै रहन जान्छ । सचेत यूवापुस्तालाई यो थाहा छ कि, जनवर्गीय, भातृ संघ–संस्थाले अधिकारको कुरा गर्छ । अधिकार प्राप्तिको लागी लड्छ । नारा–जुलुस, धर्ना–घेराउ, आन्दोलन–आमहडताल गर्छ । तर, यसले यो कुराको विस्थापन गर्दै अधिकारप्राप्तिको नयाँसुत्र प्रयोग गरेर विचारमा मत भिन्नता र काम–कारवाहीमा सम्पूर्ण देशभक्त नेपालीको एकरुपता कायम गर्दै राष्ट्रिय स्वधीनता र समृद्धिको मार्ग हरतरहले प्रशस्त खुला गर्नु पर्दछ । त्यसो हुन सकेमात्र यसको सार्थकता रहन्छ । त्यो गर्न सक्ने यो पार्टी प्रवल सामथ्र्य राख्दछ । नयाँबन्ने सङ्गठनमा विभिन्न जेल–नेल, आन्दोलन, युद्ध–सङ्घर्षको अनुभव र भोगाई–खटाईको मापदण्डभन्दा पनि कार्यक्षेत्रको दक्षता–विज्ञता र श्रमजीवी मजदूरको सन्तुलित सङ्गठन अपरिहार्य छ । त्यसमा पूर्णराजनैतिक पृष्ठभूमिको हदैसम्म दस प्रतिशतको स्थान छुटाउदा पनि पुरानै विकृति–विसङगतिको निकै दुर्गन्ध फैलिने छ । तर, त्यसले भरपुर सुब्यावस्थित राजनैतिक संस्कारको विकासलाई निरन्तरता दिनु पहिलो महत्वपूर्ण जिम्मेवारी बोध गर्नुपर्ने हुन्छ । ठोसरुपमा साङ्ठनिक तहगत नियन्त्रणका साथ मजदूर र हरेकक्षेत्रको दक्ष प्राविधिकहरुको मोर्चा निर्माण र त्यसको प्रतिनिधित्व मुलपार्टी कमिटीमा सम्मानजनक समावेश गरिनुपर्दछ । त्यसरी समावेश गर्दा जातीय–क्षेत्रीय र लैङ्गिक सन्तुलन सकेसम्म पहिलो प्राथमिकतामा राखिनुपर्दछ । सङ्गठनमा किरात, तमुवान, ताम्सालिङ, मगरात, खसान–जडान, लिम्बुवानजस्ता मोर्चा अब होइन, प्रवासलाई मूख्य प्राथमिकतामा राख्दै डक्टर, इन्जिनियर, आइटी–टेक्नोलोजी, वाणिज्य–वित्त, उद्योग–व्यापार, वजार–वस्तु आयत–निर्यात, शैक्षिक, सामाजिकलगायत श्रमजीवी–श्रमिक इत्यादिको क्षेत्रगत मोर्चा तयार गरी तुरुन्त कार्ययोजना बनाएर अघिबढ्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । जसले मात्रै पूँजीवादी समाजवाद उन्मूख आर्थिक विकासको क्रान्तिलाई सम्बोधन गर्दै अघिबढ्न दिशानिर्देश गर्न सक्छ । त्यसो हुननसके लक्ष्यप्राप्ति संभव छैन । नत्र, समाजवादी विकास, विचार र लक्ष्य बोकेका दुई–तीन दर्जन नेपालका विकासे दलहरु उहिल्यै समृद्धिउन्मूख हुन्थे । सफलता प्राप्त गर्थे । जनताले यो दुर्गति भोग्नु पर्ने थिएन । अहिले यो पार्टीको आवश्यकता पनि पर्ने थिएन । त्यसकारण, वैज्ञानिक विधि कसरी प्रयोग गरेर अघि बढ्न सकिन्छ ? यस बिषयमा सजगता अपनाउनु नै वुद्धिमताभित्र पर्दछ । सोच र वैज्ञानिक दर्शन गौतमबुद्ध, जिसस, सुन्जु, कन्फ्युसियस, गान्धी, ओशो, वेद–वेदान्त, गीता,रामायण–महाभारत, फ्रेङ्कलिन, रुसो, जब्स, लाओत्से, नित्से, डार्विन,ब्रेल, न्युटन, हकिन्स, रोवर्ट–ओवन, फायरवाख, हेगल,माक्र्स, एङ्गेल्स, स्टार्लिन, लेनिन, माओत्सेतुङ, थेङ्साओपिङ, डेरिडा–फुको इत्यदिहरुले पूर्वीय–पाश्चात्य, अध्यात्म–भौतिक, वृहद–आंशिक दृष्टिकोण–विचार, सिद्धान्त कुनै पुरातन, कुनै आधुनिक कुनै अत्याधुनिक कुनै उत्तरआधुनिक एवं कुनै अनुशासन–शीलसङ्ग, कुनै अर्थ ब्यावस्था र सामाजिकशास्त्र, मानवशास्त्र–मुक्ति र न्याय–स्वतन्त्रतासङ्ग सम्बन्धित तथा वरिपरी रहेर ठोस वा अमुर्तरुपमा ज्ञान–विज्ञान र विकृति–विलासका रुपमा दुनियाामा कैयौँ विकास भएगरेका भएपनि ती तत्कालीन आवश्यकता माग पूर्ति र दीर्घकालीन सैद्धान्तिक–वैचारिक असर लक्ष्यप्राप्तिकै लागी हुन् । तसर्थ, यि–यस्ता चीजको विकास–प्रतिपादन हुनेक्रम जारी रहनेछ । सुचना–प्रविधिको कारण भईरहेको पाइन्छ । हामीले कामलाई थाँती राखेर यस्ताचीजमा बलजफ्ती बहस, व्यख्य–विश्लेषण गरेर निश्कर्षविहीन अनिर्णित भएर बस्नु हुदैन । कुन सिद्धान्त, वाद मूख्या र ठूलो कुरा होइन ! मूख्य कुरा त सच्चा देशभक्तवाद हो । देश–विकास गर्ने क्रममा जुन सिद्धान्त विचारको आवश्यकता महशुस हुन्छ, त्यो स्वतः ब्यावहारमा आवश्यकताको आधारमा नेपाली जनताले कार्यअभियानमा प्रयोग गर्दै लानेछन । यसबारे अहिले नै यो वा त्यो नाममा उल्झन खडा गर्नु वैज्ञानिक हुदैन । यस्ताचीजमा फस्नु कुनै दृष्टिकोणबाट ठीक हुदैन । दृढसङ्कल्प र समृद्धिको नमुना नेपालीमात्रै नभएर दुनियामा दुई खुट्टाले उभिने हरेक मानिस निकै अचम्मका हुन्छौँ । समुद्र वा नदी–खोलामा डुबेपछि पानीलाई दोष दिन्छौँ । आँगन होस वा ढिस्को–छाङ्गाबाट लडेपछि ढुङ्गालाई दोष दिन्छौँ र आफ्नो थैली बलियो कस्दैनौँ । समान हराएपछि अरुलाई दोष दिछौँ । अनि, जीवनमा असफलता भएर केही गर्न सक्दैनौँ भने भाग्यलाई दोष दिन्छौँ । त्यसअनुरुप नेपाल अविकास, अस्थिरता र द्धन्दतिर धकेलिदै गएकोबेला नेतालाई मात्रै दोष दिन्छौँ । नागरिकको भूमिका बिर्सिन्छौँ । स्वयं आफ्नो भूमिका बिर्सिन्छौँ । आफ्नो दोष देख्दैनौँ । आफ्नो भूमिका केहीपनि देख्दैनौँ । अझ आजभोलीको विकसित संस्कार त जत्तिसक्दो एकले अर्कोपक्षलाई जान–अन्जान गाली–गलौज र आरोप थोप¥यो, त्यो सबैभन्दा चोखो, असल र महान कोही छैन भन्ने हिसाबले अन्धोसमर्थन गर्न पुग्छौँ । नगरी नहुने कसैले गर्नै नसक्ने कार्य भनेको निर्लज्ज भएर गाली गर्नुृ थियो, आरोप लगाउनु थियो–त्यो पुरा ग¥यौ भनेर खूब वधाईसमेत दिन पुग्छौँ । अब, यस्तो असभ्य आडम्बर र पाखण्ड विचार–संस्कार निरुत्साहित गर्दै विधि र सभ्यताको जग बसाल्नै पर्दछ । तसर्थ, अब नागरिक स्वयंले सक्षमता प्रस्तुत गर्दै समृद्धितिर लम्कने दृढ सङ्कल्प गर्नु पर्ने बेला हुर्कदै आएर पनि घर्कदै गएको छ । त्यसको लागी सबैको अस्तित्व र सामथ्र्य, विशिष्टता, विशेषता र भूमिका हदैसम्म स्वीकार्नु पर्दछ । नेपाल सिर्फ नेपालभित्र र छिमेकीसङ्गमात्रै होइन, विश्वको प्रत्येक सेकेन्ड–सेकेन्डसङ्ग जानकार रहदै चल्नसक्ने, हातेमालो गर्नसक्ने हुनैपर्दछ । अन्यथा भावी सन्ततिले झन डरलाग्दो विकराल परिस्थिति भोग्नुपर्ने छ । आर्थिक विकास र समृद्धिको नारामात्रै लगाउने अनि ठोसरुपमा सिन्कोपनि नभाँच्ने हो भने डोको र झोलाभरी पैसा लगेर पसलबाट एउटा रोटी–विस्कुट किनेर श्वास धान्ने दिन आउदैन भन्न सकिदैन । त्यस्तो परिस्थिति सङ्गठित भएर रोक्नु पर्दछ । अन्त्यमा, मूलुकले पूँजीवादी समाजवाद उन्मूख समाजको मार्ग तय गरेर धेरैखाले मानवताविरोधी सामाजिक र भौगोलिक रेखाहरु टुक्रिएर सुविधासम्पन्न स्वतन्त्रताको स्वर्ग यही माटोमा पाएर भावी– भविष्यका सन्ततिहरु गर्व र श्रद्धाकासाथ वीर–पूखाहर्रुप्रति नतमस्तक हुनेछन । ती पूर्खाहरु हामी पनि हौँ वा हुनसक्छौँ । त्यही सम्पन्नताको जगमा उभिएर साहसकासाथ विश्वलाई हत्केलामा राखेर अर्को संसार हाम्रै सन्ततिले निर्माण गर्न सक्नेछन । त्यतिखेर, अहिलेको सेना–सुरक्षा र हतियार, सिमाना र पृथ्वीका रेखाहरु निकम्मा हुन सक्छन अथवा प्रभावकारी नहुन सक्छन । उन्मुक्त स्वर्गीय संसार ! जसको निर्माणको लागी साझा पार्टीको आधार सम्बन्ध, सोच र अन्तरहृदयबाट दृढसङ्कल्प सानो होस तर, सत्य होस ! थोरै होस तर, पारदर्शी होस ! ढिलो होस तर, वैज्ञानिक र प्रभावकारी होस ! सफलतामात्रै यसको अपेक्षा होइन, अधिकतम असल होस । त्यसपछि, स्वतः सफलता प्राप्त हुनेकुरामा दुईमत हुने छैन । प्रत्येक प्रश्नको उचित जवाफ समयले दिदै जानेछ । साझा पार्टी नामजस्तै सबैको साझा र प्रिय हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: