Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सप्तरीमा मारिएका पाँच जनाको शवयात्रा निकालियो

राजबिराज, २८ फागुन । प्रहरीको गोली लागेर मारिएका मधेसी मोर्चाको कार्यकर्ताको शनिवार शवयात्रा निकालिएको छ । एमालेको मेची महाकाली अभियानको विरोध गर्ने क्रममा प्रहरीले गोली चलाउँदा मोर्चाका पाँच् कार्यकर्तामा मारिएका थिए । प्रहरीले चलाएको गोली लागेर मलेठका ३ जना, ट्याङ्लेका १ र मध्यपुराका १ गरी ५ जनाको मृत्यु भएको थियो । घटनामा अन्य ६ जना गम्भिर घाइते भएका छन् । सो घटनामा सप्तरीको मलेठ २ निवासी २२ वर्षिय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मलेठ २ का ४५ वर्षिय बिरेन्द्र मेहता, मलेठ ४ का ६० वर्षिय पिताम्बर लाल मण्डल र सप्तरीको प्रसबनी गाविस ४ निवासी ३५ वर्षिय स्वास्थ्यकर्मी आनन्द साहको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । नेकपा एमालेको मेचिमहाकाली अभियानका क्रममा फागुन २३ गते सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सभा भइरहेको समयमा मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीले मलेठ गाविसमा गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । सो गोली प्रहारबाट गम्भिर घाइते भएका चार जनाको धरानमै उपचार भइरहेको छ । मृतक परिवारलाई सरकारले १० लाख राहत तथा घाइतेको सम्पूर्ण उपचार सरकारले गर्ने निर्णय गरेको थियो । मोर्चाको प्रतिनित्विसहित पीडित परिवार र स्थानीय प्रशासनबीच दुई दिनअघि शव बुझ्ने परिवारले सहमति गरेका थिए । \"\" शुक्रवार मध्यराती मृतकहरुको शव जिल्लाको सदरमुकाम राजविराज ल्याइएको थियो । शवलाई रातभरी गजेन्द्र चोकमा राखिएको थियो । शवयात्रा पश्चात शनिबार नै अन्तिम संस्कारकालागि पाँचै जनाको परिवारजनलाई जिम्मा लगाइने सप्तरी मोर्चाले जनाएको छ । शवयात्रामा संघीय गठबन्धन एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेताहरुको उपस्थिति रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: