Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

मोर्चा नेता फकाउँदै देउवा, दुई तिहाइको आश्वासन

\"\"काठमाडौं, ३० फागुन । सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको भोलिपल्टै सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– स्थानीय तहको चुनाव घोषणाप्रति असन्तुष्टि जनाइरहेको मोर्चाको घटक तमलोपा अध्यक्ष ठाकुरसँग देउवाले संविधान संशोधनका लागि पहल गर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको अडानबाट पछाडि फर्किन आग्रह गरेका हुन् । साथै, संशोधनका लागि आफूहरू लागेको जानकारी गराउँदै निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए । के भने देउवाले ? देउवाले देशलाई राजनीतिक निकास दिनकै लागि कांग्रेस, माओवादी, मोर्चा र राप्रपासहितको सरकार बनेको भन्दै संविधान संशोधनका पक्षमा कांग्रेस दृढ भएर उभिने आश्वासन ठाकुरलाई दिएका थिए । ‘असन्तुष्ट पक्षलाई पनि मूलधारमा ल्याउन यो सरकार बनेको हो । त्यसैले संविधान संशोधन पारित गरेर राजनीतिक निकासको बाटोमा कांग्रेस दृढतापूर्वक लागिरहेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी कांग्रेस नेता फर्मुल्लाह मन्सुरले नयाँ पत्रिकासँग भने, ‘त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ताको अडान फिर्ता लिनुस् र सहमतिको वातावरण बनाएर संशोधन पारित गर्ने र चुनावमा जाने बाटोमा लागौँ ।’ महन्थले भने– राजनीतिक वातावरण भएन तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन भए पनि मुख्य दलहरू जिम्मेवार नभएको बताएका थिए । ‘तपाईंहरू संविधान संशोधन गर्नुपर्छ भन्नुहुन्छ, तर वातावरण बनाउनुहुन्न । हाम्रो बटमलाइन नै संविधान संशोधन हो,’ ठाकुरले भने, ‘संविधान संशोधन गरेपछि राजनीतिक वातावरण बन्छ । संविधान संशोधन नभईकन अब हामी सरकारलाई समर्थन गर्न सक्दैनौँ ।’ उनले समर्थन फिर्ताको अल्टिमेटम नै सरकारलाई दिएको समर्थन फिर्ता भएको दाबी गरे । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौँ । पहिले पनि सरकारमा थिएनौँ, विपक्षमा थियौँ । अहिले पनि हामी विपक्षमै छौँ,’ ठाकुरले भने । यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै उनले निर्वाचन स्थगितको मागसमेत गरे । सप्तरीमा राज्यले अत्याचार गरेको, हिंंसाबाट दबाउन खोजिएको भन्दै यस्तै भए तराईमा गम्भीर अवस्था आउने चेतावनी उनले देउवालाई दिए । ठाकुरले राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेअनुसारको स्थानीय तहको संख्याले जनसंख्याका आधारमा तराईको प्रतिनिधित्व नभएको असन्तुष्टि व्यक्त गरेका थिए । उनको भनाइपछि देउवाले राजनीतिक सहमति जुटाएर जाँदा फेरि पनि स्थानीय तहको संख्या बढाउन सकिने भन्दै ठाकुरलाई आश्वस्त पार्न खोजेका थिए । राजनीतिक वातावरण बनाएर आफू यसका लागि पहल गर्न तयार भन्दै देउवाले ठाकुरलाई मनाउन खोजेका थिए । तर, ठाकुरले ‘अहिलेसम्म भन्नुभयो, तर केही गर्नुभएको छैन । गरेर देखाउनुस् । अनि पत्याउँला’ भनेका थिए । आफूहरू अहिले पनि आन्दोलनमा रहेको भन्दै उनले संविधान संशोधन गर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनेजस्ता बोलेको कुरालाई पूरा गरेपछि मात्र वातावरण सहज बन्ने बताएका थिए । सप्तरी घटनापछि मोर्चाले संविधान संशोधनसहितका विषयमा आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएको थियो । दुईतिहाइका लागि पहल गर्ने देउवाको आश्वासन देउवाले पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा पनि सरकारमा सहभागी भएको भन्दै फोरम लोकतान्त्रिकसहितका साना दललाई सरकारमा सहभागी गराएर संविधान संशोधनमा दुईतिहाइ पुर्या‍उने पक्षमा आफू लागेको बताएका थिए । ‘हिजो कमल थापाकै धरमर थियो, अहिले आएका छन् । विजयकुमार गच्छदारलाई सरकारमा ल्याउँदा आश्चर्य हुँदैन,’ मन्सुरले भने, ‘राजनीतिक दलको सहमतिको सरकार बनोस् भन्नेमा कांग्रेस लागेको छ । संसद्मा दुईतिहाइ संख्या पुर्या‍एर संविधान संशोधन गर्न कांग्रेस लाग्छ ।’ मोर्चाका अन्य घटकका नेता काठमाडौं फर्किएपछि देउवाले पुनः छलफल गर्ने तयारी गरेका छन् । भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy