काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
काठमाडौँमा रहँदा अस्वस्थ रहेकाले भारतको मेदान्त अस्पतालमा थप उपचारका लागि लगिएका थिए ।
त्यहाँका चिकित्सकको गहन परीक्षणपछिको रायसल्लाहअनुसार शुक्रबार चिकित्सक डा नरेश त्रेहान, डा आरआर कास्लिवान र डा आदर्श चौधरीसहितको टोलीबाट उनको पेटको शल्यक्रिया शुक्रकार हुने थापाका स्वकीय सचिव अरुण शर्माले जानकारी दिएका छन्।
थापाकाे शल्यक्रिया हुने भयपछि उनका छाेरा वाणिज्य तथा अापुर्ति मन्त्री सुनिलकुमार थापा बिहिबार भारत जाने भएका छन् ।
प्रतिकृया लेख्नुहोस्: