Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

सिरियाको अदालतमा हात्मघाती हमला, २५ को मृत्यु

\"\"दमासकस, २ चैत । सिरियाको केन्द्रमा रहेको अदालत भवनमा बुधबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् । सरकारी समाचार संस्था सानाले देशको निकै पुरानो अदालत भवनमा आतङ्ककारीहरुले आत्मघाती हमला गरेको र २५ जनाको हत्या गरेको जनाएको छ । दामसकस प्रहरीलाई उदृत गर्दै प्रेषीत समाचारका अनुसार हमलाकारीहरुले एम्बुसको समेत प्रयोग गरेका थिए । आक्रमणका बेला अदालत भवनमै रहनु भएका एक जना वकिलले एएफपीसँग भने “भयानक आवाजका साथ भएको विस्फोटले हामीलाई नराम्रोसँग तर्सायो ।” त्रसित अवस्थामा रहनु भएका ती वकिलले थपे, “विस्फोटनको बेलामा हामी माथील्लो तलामा रहेको पुस्तकालयमा हामी एउटा फाईल हेर्दै थियौं ।” “रक्तपातपूर्ण घटना भएको छ” उनले भने । कार्यालय समयमा धमाधम सेवाग्राहीको काम भईरहेका बेला आक्रमण भएकाले आक्रमणकारीहरुले आम नागरिकलाई लक्षित गरेर विस्फोट गराएको एक स्थानीयले सरकारी टेलिभिजनमा भनेका छन् । सिरियामा यस्तो आत्मघाती आक्रमण सहितको द्धन्द्ध हुन थालेको ६ बर्ष भयो । सन् २०११ देखि सिरियामा सरकार विरोधी हिंसात्मक गतिविधिहरु भईरहेका छन् । गत शनिबार राजधानीमा भएका दुई ओटा बम हमलामा परी ७४ जना आम नागरिकको मृत्यु भएको थियो भने त्यसको जिम्मेबारी फतेह अल शाम फ्रन्टले लिएको थियो । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE