चैत्र २७ गते, २०७१ बिहिवार 9th April, 2015 Thu१६:०४:०० मा प्रकाशित
रोल्पा, जिल्ला अस्पताल रेउघा रोल्पामा सञ्चालित एकहप्ता लामो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइएनएफद्वारा सञ्चालित निःशुल्क शल्यक्रिया शिविरमा १ हजार १ सय ५१ जनाको स्वास्थ्य जाँच गरिएको छ भने १ सय २९ जनाको अप्रेशन गरिएको आइएनएफका कार्यक्रम संयोजक एकदेव देवकोटाले जानकारी दिए ।
डा.माउरिस कोंग लिम ली को नेतृत्वमा रहेको उक्त टोलीले साधारण स्वास्थ्य जाँचदेखि अप्रेशनसम्मको सेवा दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको व्यवस्थापनमा उक्त शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ्य शिविरमा रोल्पा लगायत दाङ, सल्यान, प्यूठान, रुकुमबाट समेत बिरामी आएको रोल्पा अस्पताल प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।
आफूहरुले सोचेभन्दा धेरै सेवाग्राही शिविरमा सहभागी भएकोमा खुशी लागेको चौधरीले बताए । अपेक्षाभन्दा धेरै राम्रो तरिकाले सेवा दिन पाएकोमा चिकित्सकहरुले समेत खुशी व्यक्त गरे ।
नेपाल तथा नेपालबाहिरबाट आएका २५ जना विशेषज्ञ डाक्टरहरुले चेकजाँच तथा शल्यक्रिया गरेका हुन् । निःशुल्क शल्यक्रिया गर्न पाउँदा सेवाग्राहीहरु निकै खुशी भएका छन् । शिविरमा अधिकांस महिलाहरुले सेवा लिएको बताइएको छ ।
त्यस्तै, आगामी बैशाख १ गतेबाट निःशुल्क कानको शल्यक्रिया एवम् उपचार हुने भएको छ । आइएनएफकै सहयोगमा शिविर हुने कार्यक्रम संयोजक देवकोटाले बताए ।
यस संस्थाले रोल्पा लगायत देशका ३६ जिल्लामा यस प्रकारका निःशुल्क स्वास्थ्य शिविर प्रदान गर्दै आएको छ । यस भन्दा ८ वर्ष पहिले रोल्पामा पाठेघर सम्बन्धीको निःशुल्क शल्यक्रिया एवम् उपचार समेत सञ्चालन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: