Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अब सगरमाथा हुँदै काठमाडौंसम्म रेल

काठमाडौं, चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो। नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ। तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपु ल्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो। नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ। चाइना डेलीका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर २०२० सम्म काठमाडौंमा रेल ल्याउने चीनको योजना छ। चिनियाँ विज्ञ वाङ मेङ्सुका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ् यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ मार्ग बनाउने विषय उठान भएको जनाइएको छ। नेपाल सरकारले भने नेपाल(चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने जनाएको छ। ६ वर्षपछि केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउन रेलवे विभागले तयार पारेको रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्रिय योजना आयोगले दुई साताअघि स्वीकृत गरिसकेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: