Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

निर्वाचनले पाल्पाका मतदातामा उत्साह

[caption id=\"attachment_99862\" align=\"alignleft\" width=\"750\"]\"\" तानसेन, पाल्पा[/caption] पाल्पा, ९ चैत । आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो । स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका मतदाताले आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् । स्थानीय बासिन्दा शिव विश्वकर्माका अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचनले आफूहरुले नेतृत्व चुन्न पाउनेभएकामा खुसी छन् । स्थानीय तहको निर्वाचनपछि वडा र गाउँपालिका तथा नगरपालिकामा जनप्रतिनिधि आउने र कर्मचारीको भरमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्नेछ । जनताका काम छिटोछरितो रुपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् । स्थानीय बासिन्दा आफूले रोजेको प्रतिनिधि चुन्न पाउने भएसँगै पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकामा उत्साह थपिएको हो । मतदाताले जनप्रतिनिधि चुन्न पाउने भएपछि निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा चहलपहल बढ्ने पनि बताएका छन् । करिब बीस वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन । योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र गाउँको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने देखिएको छ । सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि दललाई उम्मेदवारी दिने मोह बढेपनि उम्मेदवार छनौटमा समस्या हुने देखिएको हो । नेपालकै पुरानो नगरपालिकामा तानसेनमा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसले प्रतिनिधि छनौटमा ककसलाई उम्मेदवारमा उठाउँदा विजय हुन्छ भन्ने विषय नै दलमा महत्वका साथ उठेको छ । लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ । पाल्पाको पुरानो सहर तानसेनमा को को उम्मेदवार बन्ने हुन् र कसले निर्वाचनमा जित्ने हुन् भन्ने चर्चा चियापसलदेखि चोकचोकमा हुन थालेको छ । आफ्नो मान्छेभन्दा पनि राम्रो मान्छे मतदाताले रोज्ने कुरा दलले बुझेका छन् । तानसेनमा प्रभाव जमाएका प्रभावशाली नेतालाई निर्वाचनमा उठाउँदा पार्टीको अस्तित्व रहने भएकाले उम्मेदार उठाउने विषयले दलभित्र समेत चर्चा परिचर्चा हुन थालेको पाइन्छ । नेपाली काँग्रेसले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी सचिव अजयमान कर्माचार्य, पूर्वनगरसभापति चोकमान शाक्य र राजेन्द्र गोपाल सिंहको नाम यतिबेला चर्चामा छ । नेकपा (एमाले)ले तानसेन नगरपालिकाको प्रमुखका पूर्वमेयर अशोक शाही, डा पुरन बज्राचार्य र एकप्रसाद भण्डारी तथा तीर्थप्रसाद गौतमको नाम चर्चाको विषय बनेको छ । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का पूर्वनगर अध्यक्ष केशव पौडेल, गोपाल पौडेल, विन्दु रावल र नवीन थापाको नाम चर्चामा रहेको छ । दलले यी स्थापित नेतालाई निर्वाचनमा उठेको अवस्थामा निर्वाचन कडा प्रतिस्पर्धा हुने र आफ्नो पक्षमा भारी मत पर्ने दाबी छ । तानसेन नगरपालिकामा मात्र होइन, दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका, बगनाँसकाली गाउँपालिका माथागढी, तिनाउ, रिब्दीकोट, रम्भादेवी, छहरा, रैनादेवी, पूर्वखोला र निस्दी गाउँपालिकामा दलले निर्वाचनको माहोल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिँदै आएका छन् । यसले निर्वाचनको माहोल बढेको छ । तानसेन नगरपालिकामा २१ मतदान केन्द्र, रामपुर नगरपालिकामा १४, बगनाँसकाली गाउँपालिका ११, माथागढीमा १०, तिनाउमा नौ, रिब्दीकोटमा १०, रम्भादेवीमा नौ, छहरा रैनादेवीमा १४, पूर्वखोलामा १० र निस्दी गाउँपालिकामा नौ गरी जिल्लामा एकसय १७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाको प्रमुख धर्मा अर्यालले बताए । हालसम्म एकलाख ६८ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पाल्पामा एकलाख ३६ हजार मतदाता रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: