Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा आजदेखि सुरु

भक्तपुर,   नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा शुक्रबारदेखि सुरु भएको छ ।

भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा आज बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै यस वर्षको जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए ।

नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याई फर्काउने प्रचलन छ ।

रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ ।

भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ । सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिनी म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको संस्कृतिकर्मी बताउँछन् ।

मुख्यगरी चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यस दिन जात्रा हेरेमा शत्रुनाश हुने जनविश्वास रहेकाले यो जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बिःसित (नाग मर्यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाका बताउँछन् । बिस्केट जात्राको किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै स्थापना गरेका थिए । अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने । यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै वि को अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतीक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउँछन् । बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने बताउँदै बिस्केट जात्रा मसान जात्राको रुपमा मृत आत्माको मुक्तिका लागि पनि मनाउने उनको भनाइ छ । जात्रा वैशाख ५ गतेसम्म मनाइन्छ । जात्राको अन्तिम दिन तौमढीबाट भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ । नेपाल सम्वत् २६८ अर्थात् लिच्छवीकालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेषरूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ । शान्तिपूर्ण रुपमा जात्रा मनाउने सन्देश दिन आज बिहान भक्तपुरमा बृहत् सद्भाव ¥याली प्रदर्शन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy