Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण

\"\"काठमाडौं, १५ चैत । एसियाली विकास बैंक (एडीबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि (आधार मूल्यमा) त्यति हुने अनुमान गरेको हो । मुद्रास्फीति सरकारी लक्ष्यभन्दा कम ६.० प्रतिशतदेखि ६.५ प्रतिशतको बिचमा रहने अनुमान पनि बैंकले गरेको छ । विप्रेषण आम्दानीमा कमीआएका कारण सेवा क्षेत्र खुम्चिएको भए पनि कृषि उत्पादनमा भएको अधिक वृद्धि, आव २०७३/७४ का पछिल्ला दुई त्रैमासमा भूकम्पपछिको पुनःनिर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आँकलन गरिएभन्दा आशालाग्दो आर्थिक परिदृश्य सुनिश्चित भएको बैंकले जनाएको छ । औसतभन्दा बढी भएको मनसुनी वर्षा र कृषि सामग्री, खासगरी रासायनिक मलको सहज उपलब्धताले कृषि उत्पादन उल्लेख्य रुपमा बढाउने सम्भावना रहेको तथा विद्युत् आपूर्तिमा आएको उल्लेख्य सुधार, भूकम्प र सिमा क्षेत्रमा आपूर्ति व्यवस्थामा आएको अवरोधका कारण मन्द रहेको उत्पादनका गतिविधिले पुनः गति लिएको र भूकम्पपछिको पुनःनिर्माणका कामले पनि गति लिएकाले औद्योगिक उत्पादन बढ्ने अपेक्षा गरिएको बैंकका देशीय निर्देशक केनिची योकोयामाले बताए । विप्रेषण आप्रवाहमा कमी र भारतमा ठूला मूल्यका नोटलाई गरिएको अमौद्रिकीकरणको सीमान्त असरले सेवा क्षेत्रका गतिविधिलाई सम्भाव्य स्तरभन्दा खुम्च्याउन सक्ने, सेवा क्षेत्रको प्रतिफल विगत दुई वर्षकोभन्दा उच्च हुने अपेक्षा गरिएको उनले बताए । समग्रमा विप्रेषण आप्रवाहमा आएको कमी, भारतमा भएको आमौद्रिकीकरणको आघात, तराई क्षेत्रको राजनीतिक अस्थिरताको केहीमात्राका कारण सिर्जित मागमा आएको कमीको प्रतिकूल असरलाई भूकम्पपछिको पुनःनिर्माणले लिएको अपेक्षित गति, घर निर्माणका लागि दिइएको अनुदान वितरणका कारण मागमा आएको थोरै वृद्धि र निर्वाचनसँग सम्बन्धित खर्चको अनुकूल अवस्थाले कम गर्नेसक्ने योकोयामाले विश्लेषण सुनाए । बैंकका प्रमुख आर्थिक विश्लेषक शरद भण्डारीले चालु आ.व.को प्रथम ६ महिनासम्म पनि खर्चको कार्य सम्पादन उत्साहजनक नभएको, मासिक खर्चको प्रवृत्ति अघिल्ला वर्षको जस्तो देखिएको, वास्तविक खर्च योजना गरिएकोभन्दा कम भएको वास्तविकता औँल्याउँदै बजेट कार्यान्वयनमा सरकार कमजोर रहेको बताए । “अर्ध वार्षिक राजस्व परिचालन २७७.६ अर्ब रुपियाँ रहेको छ, जुन आव २०७३/७४ को कुल राजस्व (कर र गैरकर)को ४९ प्रतिशत हो । यो आव २०७२÷७३ (सन् २०१६) को पहिलो छ महिनाको राजस्व परिचालनभन्दा करिब ६९ प्रतिशतले बढी हो । कुल लक्ष्यको हिस्साका रुपमा आर्थिक वर्षको मध्यसम्ममा भन्सार, मूल्यअभिवृद्धि कर (मूअक), अन्तःशुल्क तथा आयकर परिचालन क्रमशः ६०.४ प्रतिशत, ४५.४ प्रतिशत, ५४.२ प्रतिशत र ५०.१ प्रतिशत रह्यो । समीक्षाअवधिमा आयातमा आधारित राजस्व कुल लक्षित राजस्वको करिब ६२ प्रतिशत रहेको छ,” उनले भने । निर्यातलाई आयात वृद्धिले उछिनेको र विप्रेषण आप्रवाहमा कमी आएका कारण नेपालको बाह्य क्षेत्रको अवस्था कमजोर भएको चालु आवकोे पहिलो छ महिनामा भुक्तानी सन्तुलन बचत नाटकीय रुपमा घटेको र चालु खाता बचत ऋणात्मक रहेको वास्तविकता चित्रण गर्दै उनले वस्तु व्यापार घाटा अघिल्लो वर्षको तुलनामा रु ३.९ अर्ब डलरले बढेको बताए । विद्यमान अवस्थामा परिवर्तन ल्याउन नेपालले खासगरी वैदेशिक लगानी सञ्चालन गर्ने वास्तविक अभ्यास र कार्य प्रक्रियामा थप सुधार थाल्नुपर्ने, त्यस्तो सुधार स्वीकृति दिने, भिसा र आम्दानी फिर्ता लैजाने प्रक्रियामा हुनुपर्ने, स्वीकृति प्रक्रियामा अझ राम्रो संयोजन सुनिश्चित गर्न संस्थागत कार्यादेशमा रहेका दोहोरोपन हटाउनुपर्ने, वैदेशिक लगानीका लागि स्वचालित पद्धतिको अवलम्बन गर्नुपर्ने सुझाव बैंकले दिएको छ । त्यसैगरी बैंकले प्रत्यक्ष वैदेशिक लगानीलाई सानो आकारमा सीमित पार्ने पद्धतिका विरुद्ध अरु बढी व्यावहारिक पद्धति लागु गर्नुपर्ने, बौद्धिक सम्पत्ति अधिकार रक्षामा बढी पहल गर्नुपर्ने तथा स्वस्थ औद्योगिक सम्बन्धको वातावरण निर्माण गर्न कानुनी उपायलगायत गम्भीर प्रयत्न गर्न सरकारलाई सुझाएको छ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy