Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

‘मास एक्सन’ को तयारीमा विप्लव माओवादी !

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नयाँ ढंगबाट ‘जनकारबाही’ अगाडि बढाउने तयारी गरिरहेको समाचार छ । दसवर्षे जनयुद्धकालमा ‘जनमिलिसिया’, ‘जनसेना’, ‘जनअदालत’, ‘जनकारबाही’, ‘जनचिकित्सक’, ‘जनकलाकार’, ‘जनसंस्कृति’ जस्ता पदावली व्यापक प्रयोगमा आएका थिए भने अहिले विप्लव माओवादीले ‘मास एक्सन’ भन्ने पदावलीको नयाँ प्रयोग थालेको छ । दसवर्षे जनयुद्धकालको अन्तिमतिर अर्थात् ०६२ को उत्तरार्द्धमा काङ्ग्रेस–एमालेका शीर्ष नेताहरुले रोल्पा पुगेर माओवादीसँग गरेका औपचारिक–अनौपचारिक सहमति–सम्झौताहरु नै माओवादी–संसद्वादी सहकार्य एवम् शान्ति प्रक्रियाको मुख्य आधारशिला भएको दावी विप्लव माओवादीले गर्दै आएको छ । बाह्रबुँदे, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानभन्दा पनि ती सहमति–सम्झौताहरु माओवादी–संसद्वादी सहकार्य र सहअस्तित्वका निम्ति महत्वपूर्ण रहेको उक्त पार्टीको धारणा छ । कांग्रेस–एमालेले ‘एक सय असी डिग्रीको फन्को मार्दै’ ती सहमति–सम्झौताबाट पूरै पछि हट्दा समेत प्रचण्ड–बाबुराम नेतृत्वको एमाओवादीले कुनै प्रतिवाद गर्न नसकेको भन्दै विप्लवले मोहन वैद्य ‘किरण’ को नेतृत्वमा अलग माओवादी पार्टी गठनमा मुख्य भूमिका निर्वाह गरेका थिए । किरणको नेतृत्वमा नयाँ पार्टी बनेको दुई वर्ष नाघिसक्दा समेत कांग्रेस–एमाले पुराना सहमतितर्फ नफर्केको र त्यसको सशक्त प्रतिवाद गर्ने तयारीमा आफ्नो पार्टी नलागेको भन्दै विप्लवले वैद्य–बादलसँग समेत सम्बन्धविच्छेद गरी नयाँ पार्टी गठन गरे । पार्टी गठनको दुई महिनाभित्रै राष्ट्रिय सम्मेलन गरी कुनै हालतमा पनि संसदीय व्यवस्था स्वीकार्न नसक्ने घोषणा गरेको विप्लव माओवादीले त्यसयता छिटपुट रुपमा ‘जनकारबाही’ गर्दै आएको छ । सो पार्टीले अहिलेसम्म गरेका ‘कारबाही’ हरु ‘क्याडर–एक्सन’ मात्रै भएको र माओवादी आन्दोलनमा धेरै पहिलेदेखि प्रयोग हुँदै आएको यो शैली अबको सन्दर्भमा अपर्याप्त हुने उक्त पार्टीको ठहर छ । राज्यले दमनको जुन विधि र शैली अपनाउँछ, सोहीअनुरुप आवश्यक पर्ने विधि र शैली अपनाएर प्रतिवाद र प्रतिरोध गर्ने सार्वजनिक घोषणा गरेको विप्लव माओवादीले पार्टी पंक्तिभित्र ‘जनताको सशस्त्र प्रतिरोध’ लाई संघर्षको आधारभूत स्वरुपका रुपमा प्रशिक्षित गर्दै आएको बुझिन्छ । अबको तत्काल संघर्षका निम्ति विप्लव माओवादीले विगतका प्रतिरोधपूर्ण आन्दोलनलाई केही परिमार्जित गरेर ‘मास एक्सन’ (माओवादी पार्टीको नेतृत्वमा सर्वसाधारण नागरिक समेतको व्यापक संलग्नतामा सामूहिक कारबाही) गर्ने संघर्षको विधि विकसित गरिरहेको बताइन्छ । नयाँ वर्षको सुरुआतसँगै संसदवादी कांग्रेस–एमालेले एकलौटी सत्तासञ्चालनका साथसाथै आफूअनुकूलको संविधानलेखन प्रक्रिया जतिजति अघि बढाउँदै जान्छन्, विप्लव माओवादीले सोही अनुपातमा जनप्रतिरोधको मात्रा बढाउँदै लानेगरी तयारी गरिरहेको सो पार्टीको एक केन्द्रीय नेताले बताए । स्रोतले दिएको जानकारीअनुसार माओवादीले ‘‘दलाल, तस्कर, भूमाफिया र भ्रष्टाचारी’ को सूची तयार पारे उनीहरुमाथि ‘मास एक्सन’ गर्ने योजना बनाएको छ । पार्टीका मध्यब्युुरो इन्चार्ज एवम् पोलिटब्युरो सदस्य र्इश्वरीप्रसाद दाहालले लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तमाथि गरिएको ‘मास एक्सन’ सांंकेतिक मात्रै भएको बताउँदै अब ‘वास्तविक’ कार्बाही गर्ने तयारीका साथ आफ्नो पार्टी अघि बढिरहेको यसअघि नै बताइसकेका छन् । ‘राष्ट्रिय स्वाधिनताका विरोधी, जनविरोधी र जनजीविकाका सवालमा जनघात–राष्ट्रघात गर्नेहरुमाथि तथा दलाल, भ्रष्ट, तस्करविरुद्ध जनताबाट आएका उजुरीको सत्यता अनुसन्धान गरी कारबाही गरिने’ बताउँछन् विप्लव माओवादीका केन्द्रीय सदस्य माइला लामा । पूर्वाग्रहपूर्ण ढंगले पनि उजुरी आउन सक्ने कुरामाथि ध्यान पुर्‍याउँदै उजुरीको सत्यतामाथि पर्याप्त अनुसन्धान गरेर मात्रै कारबाही गरिने लामाको भनाइ छ। कोही मान्छे कुनै दलविशेषमा आबद्ध भएकै आधारमा कसैमाथि कारबाही नगरिने उल्लेख गर्दै केही अघि पोलिटब्युरो सदस्य दाहालले भनेका थिए– ‘तर दलाल, तस्कर, भूमाफिया र भ्रष्टाचारी, जनविरोधी र राष्ट्रघाती जुनसुकै पार्टीमा भए पनि  उनीहरुविरुद्व छिट्टै मास एक्सन सुरु हुन्छ ।’ पार्टीले ‘दलाल, तस्कर, भूमाफिया र भ्रष्टाचारी’ को सूची तयार पारी अनुसन्धान थालेको उल्लेख गर्दै दाहालले उनीहरुमाथि कार्बाही गर्ने योजना पार्टीले बनाइसकेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending