Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

गाउँ गाउँमा जाग्यो वाईसीयल

\"\" सिन्धुपाल्चोक, १९ चैत । देशमा स्थानीय चुनाव नजिकीदै गर्दा नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीयल नेपाल सिन्धुपाल्चोकले आफ्नो एकताको चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम चौतारामा जिल्लाभरका हजारौं कार्यकर्ताको ¥यालीसहित शनिवार भएको वाईसीयलको जिल्ला सम्मेलनमा कांग्रेस, एमाले राप्रपााबाट सयौं कार्यकर्ता वाईसीयलमा प्रवेश गरेका छन् । चौताराको शहीद स्मृति भवनको सभाहलमा भएको वाईसीयलको उद्घाटनको सन्दर्भमा वाईसीयलप्रति युवाहरुका उत्सह जागेको हो । वाईसीयलमा एमाले, कांग्रेस र राप्रपाका क्षेत्रीय तहका कार्यकर्ता सहित १ सय भन्दा बढी कार्यकर्ताहरु प्रवेश गरेका छन् । \"\"‘आसन्न स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउने हाम्रो अभियान, युवा स्वरोजगार र समृद्व सिन्धुपाल्चोक निर्माणका लागी एकताको चौथो जिल्ला सम्मेलन‘ भन्ने मुल नाराका साथ सुरु भएको एकताको चौथो जिल्ला सम्मेलनले माओवादी केन्द्रलाई जिताउने उद्घोषका साथ वाईसीयलको आफ्नो सम्मेलन गरेको छ । स्थानीय तहको चुनाव आउन मात्र एक महिना बाँकी रहँदा सिन्धुपाल्चोकमा माओवादी केन्द्रले कार्यक्रमलाई तिव्रता दिएको छ वाईसीयलको आज भएको चौथो जिल्ला सम्मेलनमा कार्यक्रम वाईसीयल नेपालका केन्द्रका फ्याक्सन सहईन्चार्ज आरसी शर्मा विज्ञानको प्रमुख आतिथ्यमा भएको हो । \"\"सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्मवोधन गर्दे प्रमुख अतिथि शर्माले एमालेको नक्कली राष्ट्रवादको भ्रमलाई चिर्न वाईसीयलको सम्मेलन महत्वपूर्ण हुने बताए । एमाले जनतालाई केही समय भ्रम छर्न देखिएपनि धेरै समय नटिक्ने बताए । जिल्लाभरबाट हलमा उपस्थित सयौं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता शर्माले माओवादी आन्दोलन र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई जोगानको लागी वाईसीयलको सबभन्दा महत्वपूर्ण भूमिका रहने बताए । \"\"त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका पार्टी ईन्चार्ज कृष्ण प्रसाद सापकोटा देश बन्धुले सिंहदरवारमा भएको अधिकारलाई माओवादी केन्द्रले स्थानीय चुनाव मार्फ जनताको बीचमा ल्याउन सफल भएको वताए । उनले बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता लगाएत एजेण्डाहरु स्थानीय चुनाबमा माओवादी केन्द्रको सुनिश्चत रहेको बताए । त्यस्तै जिल्ला सह–इन्चार्च केशव नेपालले कार्यक्रममा उपस्थित हजारैं युवाहरुको अबको जागरणले माओवादी केन्द्रले आफ्नो शक्ति मजवुत सहयोगी भूमिका रहने बताए । त्यसैगरी कार्यक्रमका अर्का विशेष अतिथि माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक दावा तामाङले अबको चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन कसैले नरोक्ने ठोकुवा गरे । संयोजक तामाङले वाईसीयल सिन्धुपाल्चोकमा देखिएको उत्साहाले विरोधीहरुमा भूंईचालो आएको बताए । \"\"कार्यक्रममा जिल्ला पार्टी नेताहरु झम्क पराजुली, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, युवराज दुलाल, माधव सापकोटा, प्रेम सापकोटा, अमानसिं तामाङ, नेत्रप्रसाद दंगाल, भोला सापकोटा, अमृता नेपाल र सरलसहयात्री पौड्याल लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम वाईसीयल जिल्ला संयोजक ललित श्रेष्ठको सभापतित्व तथा प्रलाद चौलागाईले कार्यक्रमको सञ्चालन गरेका थिए । सम्मेलनले पदाधिकारीको टुङ्गो आइतबारसम्म टुङ्निे आयोजक समितिका संयोजक ललित श्रेष्ठले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending