Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बालुवाटारको बैठक कक्षमै उनका सहकर्मी धर्ना बसेपछि प्रधानमन्त्रीलाई आपत

काठमाडौं, नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले न्याय गर्ने विश्वाससाथ कुनै समय आफ्नै सहकर्मी रहेका प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न २००७ सालका बृद्ध कांग्रेसी कार्यकर्ताहरु एका बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगे तर प्रधानमन्त्री रहेका कोइरालाले चिन्न अस्विकार गरेपछि उनीहरु अवाक मात्रै भएनन् धर्ना नै बस्नु पर्ने अवस्था आयो । बयोबृद्ध कांग्रेसी कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारको निलो बैठक कक्षमा इतिहासमै पहिलो पटक धर्ना दिए । २००७ सालको प्रजातान्त्रिक आन्दोलदेखि २०४६ सम्मको जनआन्दोलनका घाइते तथा द्वन्द्वपीडितहरुलाई क्षतिपूर्ति तथा व्यवस्थापनको माग गर्दै उनीहरुले निवासभित्रै धर्ना दिएका हुन् । प्रधानमन्त्री निवासभित्रको बैठककक्षमा नै गएर धर्नामा बसेको घटना इतिहासमै पहिलो पटक हो । केही समयदेखि प्रधानमन्त्री सुशील केइरालालाई भेट्न खोजिरहेका उनीहरुलाई प्रधानमन्त्री निवास प्रशासनले उनीहरुलाई भेटको अवसर दिएको थिएन । पीडितहरुको धेरै लामो पर्खाइ र आग्रहपछि बिहीबार मात्रै प्रधानमन्त्री निवास प्रशासनले शुक्रबार बिहान नौ बजे उनीहरुलाई भेट्न बोलाएको थियो । शुक्रबार बिहान ज्ञापनपत्रसहित प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न गएका पीडितहरुलाई दुर्व्यवहार भएपछि उनीहरुबीच निवासभित्रै चर्काचर्की परेको थियो । प्रधानमन्त्री कोइरालाले घाइते र पीडितहरुलाई आफैंले पैसा बुझाइसकेको भन्दै अरुलाई आफूले नचिन्ने बताएर ‘तपाईंहरु फेरि किन भेट्न आएको ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ०७, ०१७ र ०४६ सालमा कांग्रेसकै तर्फबाट आन्दोलनमा सहभागी हुँदा घाईते भएका तथा शहिद परिवारले भने आफुहरुलाई कुनै राहत उपलब्ध नगराइएकोप्रति प्रधानमन्त्री कोइरालालाई ध्यानाकर्षण गराउन चाहन्थे । प्रधानमन्त्री एक्कासी कुरै नबुझि रिसाएपछि उनीहरु झन आक्रोशित बनेका थिए । प्रधानमन्त्रीले बेवास्ता गरेपछि ज्ञापनपत्र बुझाउन गएको टोली उनको निजी बैठक कक्षमै धर्नामा बसेको वालुवाटार स्रोत बताउँछ ।  यसरी धर्ना दिने पीडितहरुको समूहमा विगतमा प्रम सुशील कोइरालासँगै आन्दोलका मोर्चाहरुमा हिँडेका एकजना सय वर्षिय वृद्ध समेत संलग्न छन् । धर्नामा बसेकाहरुलाई केही समयपछि सुरक्षाकर्मी प्रयोग गरेर निकालिएको थियो । 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies