Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

प्रचण्ड पनि वाग्मती सरसफाई अभियानमा सहभागी हुने

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पचण्डले बाग्मती सफाइ महाअभियानको नेतृत्व गर्ने भएका छन् । साथै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ । एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका नेता तथा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन दिइसकेका छन् भने अभियान अन्तर्गत तिनकुनेको भिएस निकेतन अगाढीबाट अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई महासचिव कृष्णबहादुर महरा लगायतको सहभागीता रहने प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले बताएका छन् । एमाओवादीले शनिबार बाग्मती सफाइ महाअभियान सञ्चालन भएको सयौँ हप्ता पुगेको अवसरमा बाग्मती नदीको दुवै किनार गरी १६ किलोमिटरको दूरीमा मानव साङ्लो बनाई अभियानप्रति ऐक्यबद्धता जनाउन समेत आग्रह गरेको छ । यसैगरी, नेकपा–माओवादीले भोलि हुने विशेष अभियानमा सहभागी हुन सम्पूर्ण पार्टी, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र आम जनतालाई अपिल गरेको छ । पार्टी प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारी गर्दै स्वच्छ र सफा बाग्मतीका लागि सभ्य नागरिकको भूमिका पूरा गर्न भोलि आ–आफ्नो अनुकूल स्थानमा उपस्थित भई महाअभियानमा सहभागी हुन आग्रह गरेकी छन् । यसैबीच, एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि बाग्मती सफाइ महाअभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । नेता डा भट्टराईले आफ्नो नेतृत्वको सरकारले सुरु गरेको स्वयम्सेवा अभियान सफलताको दिशामा अगाडि बढेको पनि उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies