Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

ट्वीटर र फेसबुकमा पढ्न पाइने ‘गणेश’ हरुको स्तुती गान

पंक्तिकार साहित्यकार होइन । पत्रकार पनि होइन । राजनीतिज्ञ त झनै हुँदै होइन । हो त केवल एक सजीव, जो सँग चेतना छ । संसारलाई देख्ने दुई चर्म चक्षुहरु छन् र छ शरीरको २ प्रतिशत तौल बराबरको आम मानिसहरुमा जस्तो हुने एउटा मस्तिष्क । साह्रै धेरै भएमा आम मानिसको चेत छ । वस् यही हो । हरेक व्यक्तिको स्वभाव फरक–फरक हुनु स्वभाविक हो । प्रत्येक व्यक्तिहरु फरक–फरक स्वभावको हुनु प्राकृतिक नियम नै हो । योबाट पंक्तिकार पनि अपवाद छैन । भ्रमण ज्ञानको स्रोत हो । दृश्यावलोकनसहित प्राप्त ज्ञान सुनेको ज्ञानभन्दा बढी चिरस्थायी हुन्छ भन्ने मान्यता यो कलम दौडाउने प्राणीमा छ । आजसम्मको भोगाइमा यो सत्य नै अनुभूत भएको छ । देशमा मेची–महाकाली अभियान चलिरहेको थियो । विभिन्न स्थानमा झडपहरुका खवरहरु आइरहेका थिए । सप्तरीमा त ४ जनाको जीवनलिला नै समाप्त भइसकेको थियो । त्यति हुँदा हुँदै पनि एकअर्काप्रतिको दोषारोपण कायमै थियो । राज्य १० लाख रुपैयाँ मृतकसमक्ष पु¥याउने ‘शहीद घोषणा’को ढोका खोज्दै थियो । आन्दोलनरत दलहरु सरकार र अभियन्ताहरुमाथि कारक रहेको आरोप लगाउँदै थिए, मानौँ उनीहरुको आन्दोलन थप प्रभावकारी हुँदैछ । तर छनक त्यस्तो थिएन । [caption id=\"attachment_126015\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] यसै र यस्तै पृष्ठभूमिमा पंक्तिकार आफन्त, इष्टमित्र भेटघाट गर्ने वाहानामा सुदूरपश्चिम निस्कियो, स्थानीयहरु ‘सुन्दरपश्चिम’ भन्न रुचाउँछन्, पोखराबाट धनगढीको रात्रीबसमा । भोलिपल्ट भालेको डाँकसँगै पुगियो साविक मसुरिया गाविस, हालको गौरीगंगा नगरपालिका—कैलाली अत्तरिया (सुदुरपश्चिमको नारायणघाट) बाट ३४ किमि पूर्व । इष्टमित्र र आफन्तहरुसँगको भेटघाटखपछि रातको यात्राको थकान दुर गर्न केही समय आरामको खोजी गरिरहेको ज्यानलाई आराम दिने काम भयो । भोलिपल्ट, नेपाली समय र संस्कार अनुसारको खाना पश्चात् यात्रा तय भयो । उद्देश्य भ्रमणको नै भएकोले सोही अनुसार हुनु स्वभाविक नै भयो । गन्तव्यहरुको प्राथमिकीकरणमा नम्बर १ मा प¥यो, नेपालको राजनीतिक जीवनसँग दैनिकजसो जोडिने स्थान टनकपुर, त्यसैतर्फ लागियो । गड्डाचौकीबाट केही पक्की र केही कच्ची बाटो हुँदै टनकपुर बाँध पुगियो । संयोग, गोविन्द गौतमको भारतीय एसएसबीको गोलीेबाट निधनपछि नेपाल भारत सीमामा आवतजावत बन्द भएको र त्यही दिन आवतजावत खुल्ला गरिएको रहेछ । त्यो पनि सांस्कृतिक कारणले । कारण के रहेछ भने, सीमा सुरक्षा बलका जवान, जो ड्युटीमा थिए, को भनाईमा भारतमा पूर्णगिरी मन्दिर र नेपालमा सिद्धबाबा । पूर्णगिरीको मन्दिर दर्शन पश्चात् सिद्धबाबाको दर्शन अनिवार्य रहेछ । त्यसैकारण भारतीय स्थानीयहरुको आग्रहमा भारतीय पक्षले सीमा वारपार आवतजावत खुला गरेको रहेछ । मलाई छोइहाल्यो । दुई देशबीचको खुला सीमामा आवतजावत कहिले दिने कहिले नदिने सम्पूर्ण निर्णय एक पक्षको तजबिजमा हुने । अर्को पक्षको भूमिका शून्य प्रायः रहने । कस्तो बिडम्बना ! त्यहीँनेर मेरो सगरमाथा जस्तो शीर झुकेर केचना कलन पुग्यो । मेरो राष्ट्रवादको पानीजहाज टनकपुरको बाँधमा डुब्यो र नहरबाट भारत पलायन हुन पुग्यो । एउटा विद्रोहको भाव मनमनै जाग्यो र पानीको फोका झैँ त्यहीँ बिलायो । त्यहाँ मेरो राष्ट्र भूगोलमा थियो । नीतिमा, सहअस्तित्वमा पाइएन, देखिएन । सीमा सुरक्षा बलको नियमानुसार भारत प्रवेश गर्ने सवारी साधन दर्ता गराएर जानुपर्ने भएकोले सोही अनुरुप काम गरियो । बाँध फर्किदा हेर्ने गरी सोझै भारतीय बजार टनकपुर गइयो । पारी जाँदा छुट्टै अनुभूति, छुट्टै संसार । सडकबत्ति, पीच सडक, व्यवस्थित बजार (कम्तीमा पक्की सडक, वारीको जस्तो कच्ची, कहीँकतै नियन्त्रण नगरिएका खोलैखोला, उजाड बगर थिएनन्) । त्यति मात्रै नभएर बजार मूल्य पनि सस्तो । जाँदा कुनै अवरोध भएन । सोचेँ यस्तो पो सिमाना । फर्कँदा सिठी बज्यो । भारतीय प्रहरीको । सवारी रोकेँ । ‘कहाँ जाना हे ?’ मैले भनेँ ‘नेपाल’ । ‘यहाँ से थोडी मिलेगा, जहाँ से आये, वहीँ से जाओ । कहाँ से आये ?’ ‘मै टनकपुर से आयेथे’‘ तो वहीँ से जाओ कहाँ जाना हे ? ’‘वनवासा जाना हे’ । यहाँ से नही मिलेगा, मैने बोला ना जहाँ से आये वहीँ से जाओ ।’ मलाई अलि रिस उठिसकेको थियो । तर सम्हालिँदै भनेँ ‘अभि यहीँ से आधा घण्टे पहेले एसएसवीके पास दर्ता करके गये थे ।’ ‘तो चलो’ । उसको अनुहारमा एसएसबी कोडर थियोे । वारी तरेपछि सवारी पार्किङ गरेर बाँध हिँडेरै हेर्ने उत्कण्ठा जाग्यो । बाँध हेरेँ । फेरि मेरो शीर निचो भयो । मेरो राष्ट्रवाद टनकपुरको बाँध जस्तै भरियो, बेलुनमा हावा भरिएजसरी भरियो तर फुट्यो र भारतीय नहरबाट फेरि त्यतै गयो । सुनेथेँ नदी साझा पानी आधा । तर होइन रहेछ । न नदी साझा न पानी आधा–आधा । वास्तवमा टनकपुरमा गएर हेर्दा नेपाल नै छैन । नेपालतर्फ पानी ल्याउने नहर खन्ने ठाउँमा नहरको नामोनिसान छैन । बरु भारतीय एसएसबीको व्यारेक छ । फाट्टफुट्ट नेपाली पसल । यहाँनेर प्रश्न के हो भने नेपाली शासकहरुले सन्धि–सम्झौता गर्दा कुन अवस्थामा गर्छन् होला ? कति तयारीका साथ गर्छन् होला ? पानी आधा–आधा गर्न नसक्ने भएपछि सन्धि के–का लागि ? सम्झौता के–का लागि ? आफ्नो तर्फको जमिन सिंचित गर्न नहर नबनाउने भएपछि एकपक्षीय रुपमा किन दिइयो नहर बनाउन भारतलाई ? पानी आधा–आधा त उही सन्धिमा मात्रै– ‘पण्डितले किताबका माछा खान हुन्न’ भनेझैँ । अनि राष्ट्रवादको खोल ओढेर जनतासमक्ष प्रस्तुत हुँदा कसरी राजनैतिक दललाई विश्वास गर्न सकिन्छ ? राष्ट्रवाद पनि कागजमा र भाषणमा मात्रै देखाएर हुन्छ ? यो त सामान्य एउटा उदाहरण मात्र भयो । ७४ स्थानमा सीमा मिचिएको छ । सयौँ जंगे पिलरहरु हराएका÷चोरिएका÷सारिएका छन् । तर राष्ट्रियताका ठेकेदार हौँ भन्नेहरु आफ्ना अभिव्यक्तिमा एक शब्द उच्चारण गर्दैनन्, चुँसम्म गर्दैनन् । कथनी र करणीमा यहाँभन्दा फरक के खोज्नुपर्छ ? लज्जाको उदाहरण यो भन्दा अर्को कुनउपयुक्त हुन सक्ला ? रोचक संयोग के हो भने केही दिन पहिले एकजना पूर्व मन्त्री स–पत्नी त्यही स्थानमा गएको आफ्नो तस्विर फेसबुकमा सार्वजनिक गरिएको थियो । कुरा टनकपुरमा मात्रै सीमित रहेन । कौतुहलता जाग्यो । वनबासास्थित शारदा व्यारेज पनि जाने हुट्हुटी जाग्यो र त्यतै लागियो । त्यहाँ पुग्दा मेरो राष्ट्रियताको ‘बनियन’ र ‘अण्डरवयर’ पनि उत्रियो । राष्ट्रियतालाई र स्वभिमानलाई कपडा मान्ने हो भने म नाङ्गै छु । हरनाम चरनाम नाङ्गै । टनकपुर र वनवासाको दुरी जम्मा १०.४ किमि रहेछ । यति छोटो दुरीमा एउटै त्यो पनि साझा नदीमा दुईवटा बाँध । अझै सबै पानी भारतीय पक्षको नियन्त्रणमा । यस्तो असमान सन्धि गर्नेहरुलाई हामी नेपालीले कर तिरेर पालेका रहेछौँ । धिक्कार लाग्यो । अझै अनौठो त के भने महाकाली पारीका साविक चाँदनी, दोधारा गाविसहरु हालको चाँदनी दोधारा नगरपालिका जाँदा पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने । त्यो भूगोललाई जोड्ने एउटा पक्की पुल समेत छैन नेपालको तर्फबाट । त्यस भूगोलले यी राष्ट्रवादीहरुलाई कति गिज्याउँदो हो । एक्लै फिस्स हाँसे । त्यतिमात्रै ? नेपाल भूमिको बाटोमै भारतीयहरुले खाडल पारी भारतीय एसएसबीको सुरक्षा चौकी हुँदै जान बाध्य पारिएको रहेछ । त्यहाँ फेरि देखियो राष्ट्रियताले सोमालियाको कुपोषण व्यहोरिरहेको अवस्था । तव, कसरी तङ्ग्रिन्छ राष्ट्र ? फर्किएँ । बुटवल बास । भोलिपल्ट फेरि बोर्डर नै घुम्ने अवलोकन गर्ने इच्छा जाग्यो । लागियो, सुनौली र नौतनावा (भारतीय बजार) । हुन त यो बोर्डरको पूर्वाधारमा वारि पनि केही राम्रै थियो । निर्माणधिनलाई पनि राम्रै मान्न प¥यो । तर यहाँको फरक परिदृश्य के भने बजारको मूल्य र द्विदेशीय व्यापार । नेपाल र भारतको मूल्यमा तुलनै हुन्न । पारी कति हो कति सस्तो बजार । एक घर वारी र एक घर पारीको बजार भाउको कति ठूलो फरक । यो वारीको नेपालीले देखेको छ । थोरै भएपनि चोरबाटो (सकेदेखि) बाट भएपनि उपभोग गरेको छ । अनि त्यो भू–भागमा बस्ने नेपालीले त्यो सुविधा नेपालसँग माग्छ कि माग्दैन ? आशा राख्नु गलत हुन्छ ?तर ती विकास माग्नेलाई, थोरै बढि अधिकार माग्नेलाई कुन्नि के–के आरोप लगाइन्छ अनि आफ्नो सीमारक्षकलाई जर्वजस्ती कमजोर हुन बाध्य पारिन्छ । अर्को मननयोग्य कुरा के भने नेपालबाट जाने मालवाहक सवारी (नेपाली र भारतीय नम्बर प्लेटका) खाली जान्छन् उताबाट आउने सामान लोड भएर आउँछन् । यो लाइन २ देखि ३ कि.मि. लामो देख्न सकिन्छ । खै हाम्रो निर्यात प्रवद्र्धन । यस्तो व्यापारिक सम्बन्ध भएपछि देश स्वाभिमान कहिलेसम्म टिक्छ ? अझै त्यसमाथि नेपाली उद्योगहरु धमाधम बन्द गराइएका छन् । तीनै शासकहरु हुन्, जो महाकालीको सन्धि गर्ने र यी उद्योगहरु धरासायी बनाउने । अनि तिनै हुन्, अहिले (चुनावको संघारमा) राष्ट्रिय स्वाभिमानको राग अलाप्दै घण्टौं भाषण फलाक्ने । म मेरा आँखालाई विश्वास गरौँ कि तिनीहरुको गगनभेदी राष्ट्रियताको नारालाई ? तराइमा बस्ने नेपालीले पारी (भारतमा) देखेको सुविधा नेपालमा पनि भइदिए भन्ने पनि ठान्दा होलान् । बारम्बार समाचारमा आउने भारतीय सुरक्षाकर्मीको आतङ्क पनि भोगेकै होलान् तर पनि हाम्रो राज्य, सरकार, नीति निर्माता चुपचाप बस्दैछन् । तर सडकमा जहाँ कुनै परिणाम आउँदैन, उधुम मच्चाइरहेका छन् । अझ बढी नै झोँक चल्यो भने संविधानमा नसमेटेको “१८ वर्ष पुगेकालाई सैन्य तालिमको व्यवस्था” लाई सडकमा माग्छन् । अनि गुथिन्छ राष्ट्रवादको पगरी । तराइको एउटा विद्यालयमा देखेको परीक्षाले मेरो मथिङ्गल हुँडेलेको छ । त्यो आधारभूत विद्यालय पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्ड पूरा गरी अवस्थित छ । विद्यार्थीहरुको अन्तिम परीक्षा चलिराखेको छ । विचरा ती कलिला कर्णधारहरु तराइको चैतमासका टन्टलापुरे घाममा बाहिर चौरमा बसेर १९९० सालको एसएलसी परीक्षाको तरिकाले परीक्षा दिइरहेका देखिन्छन् । बिचरा ती बालबालिकाको भविष्य कस्तो बन्ने होला । वर्षभरीको शैक्षिक उपलब्धि मापन परीक्षामा सम्मिलित परीक्षार्थीको सिकाइ कलमले धेरै वाके होला कि घामले धेरै चुसे होला ! तर हाम्रा आदर्श मानिएका व्यक्तिहरु शिक्षाको गुणस्तरमा प्रश्न उठाउन लाज मान्दैनन् । अहँ पटक्कै । बरु उल्टै अरुलाई दोष थोपर्दछन् । जसरी सुनौलीमा उत्पादन आयात मात्रै भयो, त्यसको ठीक उल्टो कमजोर शैक्षिक व्यवस्थापनले अदक्ष र अर्धदक्ष जनशक्ति विदेश निर्यात गरिरहेको छ । तर हामी विप्रेषणमा गर्व गरिरहेका छौं । फेरि एकपटक मेरो राष्ट्रवादको टायरको हावा खुस्कियो । विदेशिएका ती नागरिकहरुलाई रोजगारीको व्यवस्था गर्नेतर्फ भन्दा तिनीहरुलाई संगठित गर्ने नाममा तिनीहरुले नै काम गर्ने देश घुम्ने र तिनै श्रमिकको ज्यालालाई लेभी वा यस्तै अन्य वहानामा पोको पारी आफ्नो पार्टी चलाउने योजना बुन्न तल्लिन छन् हाम्रा ‘राष्ट्रनिर्माता’हरु । अझै उनीहरुकै ज्यालाबाट संकलित रकमबाट विजनेस क्लासको वोइङ चढ्नु पर्दछ । लाज मान्नुपर्ने अलिकति । तर अहँ । बरु उल्टै उनीहरुकै शीर उँचो भएको, हँसिलो अनुहार, तालु टल्कने तस्विरहरु देख्न पाइन्छ ट्वीटर फेसबुकमा र पढ्न पाइन्छ तिनका ‘गणेश’ हरुको स्तुती गान । राष्ट्रवाद र राष्ट्रियता शब्दमा, भाषणका रुपमा चुनावको संघारमा होइन, मनमा, व्यवहारमा, आफ्नो राष्ट्रिय ‘पोलिसी’ मा देखिनु पर्ने विषय हो । तर एउटा चुनाव जित्ने औजारको रुपमा प्रयोग गर्नु दुःखद हो । यो प्रवृत्तिले हजारौं टनकपुर, सुस्ता, कालापानी निर्माण गर्ने दिशातर्फ उन्मुख हुनेछ । चेतना भया !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy