Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

के–के हुन्छ ‘मिनि’ सिंहदरबारबाट काम ? (सूचीसहित)

\"\"काठमाडौं, २३ चैत । सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनपछि आफ्नो वडाबाट के–के काम हुन्छ होला ? अहिले सबैलाई यहि जिज्ञासा हुनसक्छ । तपाइँ अन्याैलमा पनि परेकाे हुन सक्छ । तर तपाइले अाफ्नाे गाउँबाट पाउँने सेवा सुविधाबारे बुझ्नैपर्छ । स्थानीय निकायको जनप्रतिनिधिको हैसियतले सामान्य सिफारिसका काममा सीमित हुन्थे भने अब संविधानले नै स्थानीय सरकारको परिकल्पना गर्दै त्यसैअनुसार अधिकारसम्पन्न बनाएको छ । केन्द्रको अधिकारलाई स्थानीय स्तरसम्मै पुर्‍याएको कारण पनि अब गाउँमै सिंहदरबार भनिएको हो । अझ भनौं जनताले नजिकै देख्न र भेट्न मिल्ने सरकार पाउँदैछ, गाउँमै सिंहदरवार । विगतका स्थानीय निकाय अब आफै सरकारका रूपमा परिवर्तित हुनेछन् । संविधानले दिएका अधिकारहरूसहित स्थानीय तह कार्यान्वयनमा आएपछि सिंहरदरबार र जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । अब वडाबाट हुने कामहरु
  • नाता प्रमाणीत
  • जन्ममिति प्रमाणित
  •  विवाह प्रमाणित
  • नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारीस
  • नाम, थर जन्म मिति संशोधनको सिफारिस
  •  जग्गा धनीपूर्जा हराएको सिफारिस
  • कागज र मन्जुरीनामा प्रमाणित
  • बहाल करको लेखाजोखा सिफारिस
  • मोही लगत कट्टा सिफारीस
  • घरजग्गा करको लेखाजोखा सिफारीस
  • ब्यापार व्यवसाय बन्द भएको, संचालन नभएको वा हुँदै नभएको सिफारिस
  •  मिलापत्र कागज बनाउने निवेदन दर्ता सिफारीस
  •  निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस
  • आफ्नो अधिकार क्षेत्रको विषयमा अंग्रेजी भाषामा सिफारीस, प्रमाणित
  •  घर पातल प्रमाणित
  • व्यक्तिगत विवरण प्रमाणित
  • पुर्जामा घर कायम गर्ने सिफारीस
  • फरक फरक नाम थर र जन्म मितिको सिफारीस, प्रमाणित तथा दुबै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीस
  • कित्ताकाट सिफारीस
  • संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस
  • जिवीतसंगको नाता प्रमाणित
  • हकवाला वा हकदार प्रमाणित
  •  नामसारि सिफारीस
  • जग्गाको हक सम्बन्धि सिफारीस
  • मृतकको नाता प्रमाणित, सर्जमिन र सिफारिस
  • उद्योग ठाउँसारी सिफारीस
  • जिवित रहेको सिफारीस
  • पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस
  • जग्गा मुल्यांकन सिफारीस प्रमाणित
  • विद्यालयको कक्षाबृद्धि सिफारिस
  •  पालन पोषण सिफारिस
  •  बैवाहिक अंगिकृत नागरिकता सिफारिस
  •  आर्थिक अवस्था कमजोर, विपन्नता वा सम्पन्नता सिफारिस
  • प्रचलित कानुन बमोजिम अन्य सिफारिस तथा प्रमाणित
  • धारा तथा विद्युत जडान सिफारीस
  •  विद्यालय ठाउँसारी सिफारीस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies