Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रेमको आँखामा एसिड काण्ड

प्रेमको गहिराइ, उचाई अनि चौडाई कति हुन्छ होला ? के प्रेमलाई आयतनको फर्मुला भित्र “अट्याच” गर्न सकिन्छ ? किन सँसारमा सवथोक भुल्न सक्ने मान्छेले प्रेमलाई भुल्नै सक्तैन होला ? मान्छेको रगत समेत पिउने कुख्यात तानाशाहहरु प्रेममा के भएर मैन जस्तै पग्लन्छन् होला ? प्रेममा मान्छेको खुसी र पिडा नाप्ने कुनै उपकरण विज्ञानले वनाएको  छ कि छैन होला ?
प्रेममा मान्छेको खुसी र पिडा नाप्ने कुनै उपकरण विज्ञानले वनाएको  छ कि छैन होला ?
मलाई अहिले गहिरो ढँगले अनुभुत हुदै गएको छ । प्रेमको कुनै सिमाना हुदैन , भुगोल हुदैन र हुदैैन आयु पनि । मान्छे जन्मन्छ र मर्छ , तर प्रेम वाँचिरहन्छ । मलाई याद छ , मुनामदन, लैला मजनु, अनि रोमियो जुलिएट । प्रेमका किताव पल्टाएर सुत्रवद्ध रुपमा सँसारमा कसले पो प्रेम गरेको छ र ? लोकसेवाको किताव कण्ठस्थ पारेजस्तै प्रेमका फर्मुला घोकेर कसले पो प्रेमलाई जीवन दिन सकेको छ र ? मनको गहिराइवाट निस्कन्छ साँचो प्रेम अनि त्यहि गहिराईमा विलाउँछ , हातमा असिना विलाए जस्तै । वस् हामी अनुभुत मात्र गर्न सक्छौ मनको पत्रपत्रमा । हो, तिमीले मलाई हरेक साँझ गणित र विज्ञानका फर्मुला घोकाउथ्यो तर म नजानी नजानी प्रेमको फर्मुला घोक्न पुगेछ । अचानक आफ्नो भन्दा तिम्रो वढि माया लाग्न थालेपछि थाहा भयो प्रथम पुरुषको एकवचन म अचानक वहुवचन हामीमा रुपान्तरण भइसकेछ । मान्छेको जीवनमा कतिपय कुरा थाहै नपाई परिवर्तन हुदोरहेछ । वालकबाट वुढो हुदा सम्म पनि मान्छेले कहाँ आफुलाई फरक परिवर्तनको आभाष गर्छ त ? प्रेम अनौठो हुदोरहेछ , मनमा सल्वलाइरहदा आफैलाई थाहा नहुने, मन शितल पारेर वहने हावा जस्तै ।
जसले सपना देख्न सिकायो उसैका सपना म कसरी टुक्राउन सक्छु ?
प्रेमको गहिराइमा डुबेका वेला तिमीबाट अलग हुनु न त मेरो ह्रदयको आग्रह थियो नत मष्तिस्कको निर्देशन नै । तिमीलाई थाहा छ समाजमा तिम्रो र मेरो पुस्ता वदलिए पनि  हाम्रो अघिल्लो पुस्ता अझै पनि छिटो हालेर घर भित्र छिर्छ । जातिय विभेदलाई कर्मको रुपमा स्थापित गरेको छ । मलाई दुःख लाग्छ जातियताको नमिठो गन्धले समाजलाई अझै पनि  दुषित पारिरहेको छ अनि राम्रोसँग थाहा पनि छ समाजमा पुरुष र महिला वाहेक कुनै पनि जात छैन । तर, म घरमा वावुआमालाई परिवर्तन गर्न सक्दैन र सक्दैन आफु आँसुको झरिमा निथ्रुक्क रुझेर मलाई प्रेमको ओत दिने वावुआमाको सपना र चाहना त्याग्न पनि । मैले तिमी प्रति गरेको नराम्रो व्यवहार बाबा आमाको अनुहारमा खुसीको मुहार फुलाउनलाई हो  । जसले सपना देख्न सिकायो उसैका सपना म कसरी टुक्राउन सक्छु ? १० या १२ दिन पानी हालेको एउटा घरको भित्ता भत्काउन त हम्मे हम्मे पर्छ मान्छेलाई अनि म कसरी दशकौ देखि मेरा वा आमाको दिमागमा सिमेन्टेड भएको जातिय विभेदको कुविचारलाई टुक्राउन सक्छु ? समाजमा धेरै छन् म जस्ता अभागीहरु जो प्रेमको परीक्षामा सधै भरि हारिरहेका छन् । तिमीलाई अँगालु बा आमासँग हार्ने , बा आमालाई अँगालु तिमीसँग हार्ने , मान्छेको जीवनमा कुनै पल यस्ता परीक्षा आउदा रहेछन् जति मेहनत गर्दा पनि हार हुने । हो, यहि हार हुने परीक्षामा मैले तिमीसँग हार्न चाहे , तिमी आफै  भन के एउटा आदर्शवान छोरीले बा आमाका सपना माथि लात हान्न सक्छे ? पक्कै पनि सक्तैने चाहे ति सपनामा झुण्डिएर उसलाई आत्महत्या नै गर्न किन नपरोस् । समाजमा जातिय विभेदको कारण म मात्र होइन लड्न डराएर जात परिवर्तन गर्ने तिमीहरु पनि त हौ नि ?
असल छोरा हुन जति सजिलो छ त्यो भन्दा केयौ गुणा जटिल छ एउटी असल छोरी हुन  ।
अस्पतालको वेडमा छु । सोच्छु यतिवेला म मृत्युशैयामा हुनुपर्ने । कम्तिमा  यो शारिरीक र मानसिक पिडाको भरिया त वन्नुपर्ने थिएन । मेरो अनुहार विगार्ने एसिडले तिम्रा याद र प्रेमहरु दौडिरहने यो दिमाग किन जलाउन सकेन ? तिम्रै प्रेमको प्रतिक्षामा टोलाइरहने मन जलाउन सकेन ? किन आउछन् यादहरु मुटु चर्काउन ? यो सँसारमा भगवान छ भन्ने कुरा मैले त्यहि दिनवाट विश्वास गर्न छाडिदिए जुन दिन मनभरि प्रेमको गुलाव उमारेर मुखमा बा आमाका लागि तिमीलाई मरुन्जेल गालि गरेको थिए । असल छोरा हुन जति सजिलो छ त्यो भन्दा केयौ गुणा जटिल छ एउटी असल छोरी हुन  । स्कुलवाट आउने वित्तिकै तिमीलाई अँगालोमा वाँधेर दिनभरिको थकान मेट्ने मेरो आदत भइसकेको थियो । कहिलेकाही तिमी घरमा नभएको पल म तिम्रो तस्विर नियालेर खाजा खान्थे । सास भन्दा पनि वढि आवश्यक थियौ तिमी मेरो जीवनका लागि । त्यो दिन पनि तिम्रो नागरिकतामा विक देखेपछि मैले अँध्यारो अनुहार वनाएको अव हाम्रो प्रेम यहिनेर छुट्छ की भन्ने डरालाग्दो त्रासले गर्दा हो । तर मैले बा आमालाई दोषि वनाउन चाहिन आफै तिमीसँग विवाद गरे । तिमीलाई आज भन्नैपर्छ जीवनमा पहिलो पटक म त्यति धेरै रोएको थिए । आज पनि एसिडले क्षतविक्षत अनुहार हुदा समेत मैले आँसु झारेको छैन । मलाई तिमीलाई जस्तै मर्न मन थियो तर जति भनेपनि गाह्रै हुदो रहेछ मर्न । मान्छे आँसुमा डुवेर मर्न सक्छ तर आफै मृत्यु रोज्न सक्दो रहेनछ । तिम्रो वास्तविकता घरमा पनि मैले निडरतामा साथमा भने । मलाई थाहा थियो नकारिन्छ भनेर तर मलाई घरमा पिट्ने समेत काम भयो । म चुपचाप सहिरहे । प्रेमको नाममा पिटाइ खानुपनि आनन्ददायी हुदोरहेछ । मलाई पहिलो पटक जीवनमा पिटाइ खादा आनन्द आयो । तिमीबाट मनले सोचे अनुसार धेरैपटक टाढा हुन खोजे । प्रेममा जति टाढा हुन खोज्यो रवर जस्तै उति नै नजिक भइदो रहेछ । तिमी विनाका पलहरु म केयौ पटक रोए कराए , अविश्वास गरेको भगवान प्रति फेरि विश्वास जगाएर प्रार्थना गरे “भगवान मलाई पनि दलित वनाइदेउ” आफै विभाजनको रेखा कोर्ने भगवान ले मेरो पुकार कसरी सुन्थ्यो र ?
मन हँसाउने प्रेमले मेरो जिन्दगीमा कहिल्यै नमिटीने वेदनाको कालो दाग दिएर गयो ।
मन नअघाउञ्जेल तिमीलाई आँखाभित्र राखिरहन मन लाग्थ्यो । तर म वाध्य थिए । लुकिछिपी तिमीलाई हेर्नु मेरो दिनचर्या नै थियो । मेरो प्रेमको अभाव र मेरा वा आमाको तिमीप्रतिको हेय भावले तिमी हरवखत तनावमा हुन्थ्यौ । जसको मनका पिर र वहहरु दुर गराउला भन्थे त्यसैको पिडाको कारण वन्दा मलाई आफ्नै जिन्दगीप्रति दया लागेर आउथ्यो । प्रेम जतिसुकै तातो किन नहोस् गर्मिमा भएपनि न्यानो दिन्छ अनि जतिसुकै चिसो किन नहोस् जाडोमा पनि सितलता दिन्छ तर मेरो जीवनमा यहि कुरा उल्टिएर आयो । मन हँसाउने प्रेमले मेरो जिन्दगीमा कहिल्यै नमिटीने वेदनाको कालो दाग दिएर गयो । तिमीलाई सम्झिएर टोलाउनु मेरो जीवनको दिनचर्या जस्तै वनेको थियो । तिमीसँगका तस्विरहरु मात्र होइन तिम्रा उपहारहरु पनि मन जस्तै टुक्रा टुक्रा पारियो । खुकुरीले मनै रेट्दा वरु त्यति पिडा हुदैन थियो होला त्यो भन्दा पनि वढि पिडा भएको थियो त्यो क्षण मलाई । तर म मेरा बा आमालाई दोष दिन चाहन्न । अझै पनि जातिय विभेदको पर्खाल लगाउन चाहने यो समाजका सँग लड्ने ताकत मेरा वा आमासँग पनि छैन । समाज परिवर्तनका लागि आवाज चर्काउनेहरुले आफैलाई परिवर्तन नगर्दा सम्म प्रेमको वाटोमा ए्ेजेरुहरु निरन्तर पलाइरहन्छन् । तिमी लामो समय घरबाट हराउदा म करिव करिव पागल जस्तै भएकी थिए । प्रेम अभावमा झन् गहिरो ढँगले महसुस हुदोरहेछ । मलाई पनि त्यस्तै भयो ।  म यति विवश थिए न त तिम्रो ठेगाना थाहा पाउन सक्थे न त सोध्न नै । अचानक ट्युसन सेन्टरमा तिमीलाई देख्दा मन मिठोसँग रमाएको थियो तर विडम्वा तिमीले आफ्नो मुटुमा लागेको दागको वदला लिन मेरो अनुहारमा एसिड छ्याप्यो । साच्ची मेरो अनुहार त सवैले देख्छन् अनि सहानुभुति पनि दिन्छन् तर तिम्रो मनमा छ्यापिएको एसिड कसले पो देख्छ र ? कुन ठानेदारले लगेको छ र जेलको चिसो छिडिमा मनमा एसिड छ्याप्नेहरुलाई ? तिमीले मलाई दिएको पिडा मैले दिएको पिडा भन्दा लाख गुणा वढि छ । मलाई कुनै पनि दुःख छैन कम्तिमा तिमीलाई दिएको चोटको वदला जीवनभरिलाई पाए । अव ऐना हेर्दा मेरो कुरुप अनुहार देखेर म रुने छैन त्यहि कुरुप अनुहार भित्र तिम्रो सुन्दर तस्विर देखिनेछ । जहाँ म आफुलाई सँसारकै भाग्यमानि महसुस गर्नेछु । मैले तिमीलाई चिनेर पनि किन प्रहरीलाई खवर गरिन ? किन प्रहरीले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाउदाँ पनि मैले तिम्रो नाम उच्चारण गर्न सकिन के तिमी अनुमान लगाउन सक्छौ ? तिमीलाई प्रेम गर्न आउँछ त्यसकारण मलाई थाहा छ मेरो मौनताको अर्थ तिमीले सहजै वुझेका छौ र त मेरो नाममा खुसी खुसी जेल जान तिमीलाई रहर लाग्यो ।
तिमीलाई वद्नाम गरेर मलाई प्रसिद्धिको उकालो चढ्नु छैन । धेरै मान्छेले भन्छन् यो जीवनमा पाप गरे अर्को जिवनमा सजाए पाइन्छ तर मैले तिमीलाई यति धेरै पाप गरेकी भगवानले पनि सहन नसकेर मलाई यो जुनिमा नै सजाय दियो ।
भगवान कि यो समाजबाट प्रेम नामको विरुवा उखेलेर फ्याँक कित जातिय विभेदको पर्खाल भत्काएर समाजमा सवैप्रेमीहरुलाई मन खोलेर प्रेममा रमाउन दे । सँसार प्रेममा अडिएको छ भन्छन् तर त्यहि प्रेममा तगारो वनेर जीवन रित्याउनेहरु यहाँ दिनदिनै सल्वलाइरहेका छन् । मलाई थाहा छ अव मेरो जीवनको पानामा कुनै पनि रङ्ग कोरिने छैन र मलाई तिमी विना जीवनमा रङ्गिन मन पनि छैन । यो समाजले मलाई नुन जस्तै आफ्नो स्वाद अनुसार प्रयोग गरिरहेको छ । मलाई वोल्न नै दिएदैन । यी पत्रकारहरु पनि मनको भाषा भन्दा समाचारको भाषावढि गर्छन् । तिमीलाई वद्नाम गरेर मलाई प्रसिद्धिको उकालो चढ्नु छैन । धेरै मान्छेले भन्छन् यो जीवनमा पाप गरे अर्को जिवनमा सजाए पाइन्छ तर मैले तिमीलाई यति धेरै पाप गरेकी भगवानले पनि सहन नसकेर मलाई यो जुनिमा नै सजाय दियो । पहिलो पटक आफु भन्दा तिमीलाई वढि माया गर्दा म ८ कक्षामा पढ्थे । कतिधेरै सपनाहरु थिए मनको वाकसमा । कुनैदिन सँगै खोलौला भनेर ताल्चा मारेर वसेको थिए थाहै नपाई लुटिएछ । जीवनमा अव कहिल्यै उज्यालो घाम लाग्ने छैन । साच्चि कस्तो कमजोर रहेछ हाम्रो प्रेम न त तिम्रो जित भयो नत मेरो नै । जातले प्रेमलाई टुक्राएको टुलुटुलु हेरिरह्यो । यो सुन्दर जीवन फेरि पनि पाइदैन । एकपटक पाएको यो जीवनलाई तिम्रो घृणाको एसिडले कुरुप वनाए पनि तिम्रो माया पाएको दिन म सँसारको सवैभन्दा सुन्दरी महसुस गर्नेछु । दुइ दिनमा उडिजाने अनुहारको रङ्ग भन्दा सधै उस्तै रहने मनको रङ्गमा तिम्रो एसिडको वाछिटा नपेरसम्म म आफुलाई भुल्न सकुला तर तिमीलाई फ्याक्न सक्दीन । जीवनका रहरहरु कति घाउँ वनेर हराउछन् कति तृष्णा वनेर । आउँ अझै सजाए देउ मलाई तर विन्ति मेरो प्रेमलाई दोष नदेउ किनकी मेरो प्रेममा हरपल तिमी जोडिएका हुन्छौ र तिमी जोडिएको ठाउँमा तिम्रो वदनामी मलाई सह्य हुदैन ।  तिम्रो आफ्नो मान्छे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE