Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाग्लुङको उप निर्वाचनमा मतदान सुरु

बागलुङ, बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उप निर्वाचनका लागि अहिले मतदान शुरु भएको छ । उप निर्वाचनमा जिल्लामा पहिलो पटक विद्यूतिय मतदान मेसिनको प्रयोग गरिएको छ । सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले मतदानका लागि असक्त, वृद्ध, गर्भवती महिला लगायत मतदाताका लागि छुट्टै व्यवस्था भएको जानकारी दिँदै विद्युतीय उपकरणबाट हुने मतदान गोपनीय हुने र कुन दल वा स्वतन्त्र उम्मेदवारलाई मत दियो भन्ने कुरा गोप्य रहने बताए । निर्वाचनमा ७० मतदान केन्द्रको व्यवस्था गरिएको छ । जसको लागि निजामति कर्मचारी ३ सय ५० र स्वयमसेवक ४ सय २० गरी कुल ७ सय ७० जना जनशक्ति परिचालन भएका छन । सुरक्षाको व्यवस्था अवश्यकता अनुसार निर्वाचन सुरक्षा समितिले बन्दोबस्त गरेको छ । उपनिर्वाचनमा मतदाता परिचय पत्र नभइकनै पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरेको छ । परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाण–पत्र वा जग्गाधनी प्रमाण–पत्र वा सवारी चालक अनुमति–पत्र वा नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विर सहितको अन्य कागजातको आधारमा पनि उपनिर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाएको उपाध्यायले बताए । २०७० सालको निर्वाचनवाट बिजयी सभासद हरिवहादुर खड्काको सडक दुर्घटना परि मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । बागलुङ क्षेत्र नम्वर १ मा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन् । उपनिर्वाचनमा नेपालि कांग्रेसका चम्पा खड्का, नेकपा एमालेका मनकुमारी केसी, एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । यस्तै, राप्रपा नेपाल र राप्रपाका नविनचन्द्र शरबुजा, संघियसमाजवादीका रेशम थापामगर, नेकपा मालेका कुलबहादुर किसान, परिवार दलका बाबुराम शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन, राष्ट्रबादी एकता पार्टीका क्षेत्रप्रताप थापा र स्वतन्त्रका लागि सरस्वती पन्त, नयनकुमारी केसी र तुलसी थापा पनि उम्मेदवारी दर्ता गराई चनावी मैदानमा उत्रिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies