Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाल–भारत प्रवुद्ध समूहको बैठक ‘हात्ती आयो फुस्स’

\"\" काठमाडौं, २४ चैत । नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) बैठकमा नेपाली पक्षको प्रस्तावमा अध्ययन गर्नुपर्ने भारतीय पक्षले बताएपछि वैठक ठोस उपलब्धीबिना टुंगिएको छ । | नेपाल–भारतको समस्या समाधानका लागि अध्ययन तथा सुझाव दिन भन्दै गठन भएको दुवै देशका प्रतिनिधि रहेको प्रवुद्ध समूहको काठमाडौंमा बुधबारदेखि तेस्रो बैठक काठमाडौंमा बसेको थियो । तेस्रो वैठकमा समूहका नेपाल पक्षका सदस्यले सन् १९५० को मैत्री सन्धिका केही धाराहरु खारेज गर्नुपर्ने लगायतका प्रस्ताव राखेको थियो । बुधबार नै सो प्रस्ताव राखे पनि विहीबार ठोस निश्कर्ष नै ननिकालेर बैठक सकिएको छ । नेपाल पक्षका सदस्यले १९५० को सन्धिका साथै व्यापार घाटा, सीमा समस्या र जलस्रोतबारे प्रस्तुती राखेका थिए । बैठकमा आफूहरुले सबै विषय उठाएका र त्यसबारेमा भारतीय पक्षका समूह सदस्यले सुन्ने काम भएको नेपाली पक्षका संयोजक पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले बताए । ईपीजीको अर्को बैठक आगामी मे २९, ३० र ३१ मा भारतको देहरादुनमा बस्ने भएको छ । काठमाडौंमा भएको बैठकमा सीमा समस्याबारे स्थलगत रुपमै गएर छलफल गर्नेबारे पनि कुराकानी भएको थियो । नेपालका तर्फबाट जलस्रोत सम्वन्धी सन्धिको समीक्षासहितको धारणा र व्यापार तथा पारवहन सम्झौता र व्यापार घाटाबबारे नेपालको चासो समेत प्रस्तुत गरिएको थियो । १९५० को सन्धिबारे पूर्वमन्त्री निलाम्बर आचार्य, जलस्रोतबारे सूर्यनाथ उपाध्याय र व्यापार घाटाबारे राजन भट्टराईले धारणा राखेका थिए । काठमाडौंमा भएको पहिलो वैठकमा नेपाल र भारत पक्षका समूहका सवै सदस्यबीच पत्रकार सम्मेलन गरिए पनि विहीबार सकिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने नेपाली पक्ष मात्र उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending