Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

स्मिथले छक्का हानेपछि ७ विकेटले हार्यो मुम्बई

\"\"काठमाडौं, २५ चैत । स्टिभन स्मिथको कप्तानी इनिङका कारण राइजिङ पूणे सुपरजायन्ट्सले आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी रहँदा पूणेले पुरा गर्यो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले किरोन पोलार्डको चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै पूर्णलाई जित दिलाए । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पदस्थापन गरेर यसपालि स्मिथलाई कप्तानी दिइएको थियो। उनले ५४ बलमा ३ छक्का र ७ चौकाको सहयोगले अविजित ८४ रन बनाए । उनले अजिङ्क रहाणेसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी पनि गरेका थिए । रहाणेले ६० रन बनाए । पूर्व कप्तान धोनी १२ बलमा १२ रन बनाएर अविजित रहे । यसअघि हार्दिक पाण्ड्याले अशोक डिन्डाको अन्तिम ओभरमा ४ छक्का र १ चौका प्रहार गरेपछि मुम्बई इन्डियन्सले पहिलो इनिङमा ९ विकेट गुमाउदै १ सय ८४ रन बनाएको थियो । पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले सुरुवात राम्रो गर्न सकेन् तर अन्तिम ४ ओभरमा २ विकेट मात्र गुमाउदै ५७ रन जोडेपछि ठूलो योगफलतर्फ अग्रसर भएको थियो । पाण्ड्याले अन्तिम ओभरमा मात्र टिमका लागि ३० रन जोड्ेका थिए । इमरान ताहिरको कसिलो बलिङमा सुरुमा मुम्बई अफ्ठेरोमा परेको थियो । मुम्बईका कप्तान रोहित शर्माले खासै प्रभावशाली ब्याटिङ गर्न सकेनन्। उनी ३ रन बनाउदै ताहिरको बलमा बोल्ड भए । पहिलो ओपनिङ गर्ने रोहित आज पहिलो विकेटको पतन पछि क्रिजमा प्रवेश गरेका थिए । ताहिरले ३ विकेट लिए । पाण्ड्याले १५ बलमा ४ छक्का र १ चौकाको सहयोगले अविजित ३५ रन बनाए। मुम्बईले पूणेको इनिङमा कप्तान स्मिथ र धोनी दुवैको क्याच छोडेको थियो । खेलको म्यान अफ दि म्याच स्मिथ घोषित भए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending