चिनियाँ चिन्तक चेन याओ क्वाङले एसिया र अफ्रिकामा याङ्की साम्राज्यवादी साँस्कृतिक अतिक्रमण नामको लेखमा भन्नुभएको छ “ अमेरिकी मिसनरीहरुले राष्ट्रिय स्वधीनता आन्दोलन र सामाजिक प्रगतिप्रति सहानुभूति राखेको जस्तो गर्छन, जसबाट उनीहरु जनआन्दोलनहरुमा घुस्न सकून र आम जनतालाई क्रान्तिको बाटोबाट र अमेरिकी साम्राज्यवादको विरोधको बाटोबाट सुधारको बाटोतिर लैजान सफल होउन् ।....उनीहरु चर्चहरुलाई आदिवासीहरुको संस्थाको चरित्र दिएर धार्मिक र राष्ट्रिय स्वरुपमा प्रस्तुत गर्छन् । भित्री रुपमा अमेरिकी मिसिनरीले काम गरे पनि बाहिर उभ्याउने पात्रचाहिँ अर्कै हुन्छ ।बिश्वमा अहिले सरदर ७१ वटा क्रिश्चियन, ५४ वटा इस्लाम, ९ वटा बुद्धिष्ट, १ वटा बुद्धिष्ट देश रहेको तथ्यांक छ । सामन्तवादी व्यवस्थालाई ठूलो रक्तपातपूर्ण क्रान्तिबाट जितेर आएको पुँजीवाद बास्तवमा बिज्ञानमा आधारित औद्योगिक क्रान्ति थियो । तर क्रान्ति सम्पन्न भएपछि धर्मलाई जोगाईराख्दा पुँजिपति बर्गका निम्ति राम्रो अवस्था देखिने भएको र धर्म र भाग्यवादकै आधारमा उच्च बर्गले राईँदाईँ गरिरहन पाउँने भएकोले गर्दा पुँजीवादी क्रान्तिपछिको राज्यसत्तामा पनि धर्म र यससँग आधारित भाग्यवादलाई जोगाईरहने प्रयत्न भयो । इस्लाम धर्म भएका देशहरुको साँस्कृतिक अवस्था सामन्तवादीढंगको छ । अरब देशहरु खनिज तेल बेचेर धनी भएका छन् तर त्यो धनमा केही मुठ्ठीभर शासकहरुको अधिपत्य छ । त्यहि अधिपत्य जोगाउँने नियतले त्यहाँ बिकासलाई धार्मिक जड्ताभन्दा पर जान दिएको देखिन्न । क्रिश्चियन धर्म हावि भएका देशहरुमा पुँजीवादी क्रान्ति भएर पनि राज्यलाई कुनै न कुनै रुपले क्रिश्चियन अधिपत्यमा राखिएको छ । पुँजीवादी क्रान्तिले अन्धविश्वास, अबैज्ञानिक र धार्मिक भाग्यवादलाई समाप्त गरेको हुनुपर्ने हो तथापी यसो भएन किनकी यसो नगर्दा नै पुँजीवादबाट समाजवाद तर्फको संक्रमण रोक्न सकिन्छ भन्ने निष्कर्ष थियो त्यो । [caption id=\"attachment_126719\" align=\"alignleft\" width=\"241\"] लेखक[/caption] यसरी भर्भराउँदो पुँजीवादी क्रान्तिलाई नियतबस सामन्ती साँस्कृतिक चेतनासँग समन्वय गराएर शासन सत्ताका प्रमुखहरुलाई बाइबलमाथि हात राखेर कसम खाने अन्धविश्वासमा जकड्याइयो । बेलायती पुँजीवादी क्रान्ति पोपको क्याथोलिक क्रिश्चियनवादमा झुण्डिन पुग्यो भने पोपको विलासिता विरुद्ध बिद्रोह उराल्ने मार्टिन लुथर जस्ता बिद्रोहीहरुका कारण स्थािपत भएको प्रोटेस्टेण्ट क्रिश्चियनवाद पनि अन्ततः राज्यलाई वाइवलको दबदबामा राखेर लैजाने सोँच मै पुग्यो । ईसाईकरण गर्ने संस्थागत प्रयास बडो खतरनाक छ । नेपाल जस्तो गरीब, र पिछडिएको देशमा यसले सहजै चलखेल गर्न पाउँछ । ईसाईकरण गर्ने योजना केवल धार्मिक चेतना परिवर्तन गर्नसँग मात्र सम्बन्धित छैन । यसभित्र मिहिनरुपमा साम्राज्यवादले मानिसको मस्तिष्क किनेर आफूले आफैं बिरुद्ध गतिविधी गर्ने मानसिकता तयार गर्दछ । साँस्कृतिक साम्राज्यवाद पुँजीवादले बजार बिस्तारका क्रममा आफ्नो उपनिवेश तयार गर्दै साम्राज्यवादमा फड्को हान्ने गर्छ । साना, गरीब, पिछडिएका देशहरुमा साम्राज्यवादीहरु जोडतोडका साथ बजारबिस्तारमा लाग्छन ।यसरी बजार बिस्तार गर्ने क्रममा पहिले पहिले साम्राज्यवादीहरुले साना र कमजोर देशहरुलाई युद्धबाट जितेर आफ्नो अधिनमा पार्थे । बेलायती साम्राज्यवादले इष्ट इण्डिया कम्पनी मार्फत सूर्य नअस्ताउँने साम्राज्य खडा गर्दै भारतसम्म आएको इतिहास छ । पहिले व्यापारको सिलसिलामा कमजोर देशमा छिर्ने र त्यहाँ ब्यापारिक प्रभुत्व कायम गरेर कब्जामा लिने र ब्यापारिक प्रभुत्व कायम गर्न नसके युद्ध गरेर जित्ने र उपनिवेश बनाउँने साम्राज्यवादको पुरानो बिशेषता हो । साम्राज्यवादी देशहरुको यस्तो साम्राज्यविस्तारको क्रममा कमजोर देशहरुलाई उपनिवेश बनाउँने होडबाजी चल्न थाल्यो जसले उनीहरुबीच आफैंमा अन्तर्बिरोध पैदा ग¥यो र प्रथम बिश्वयुद्ध हुन पुग्यो । प्रथम बिश्व बिश्वयुद्ध पछिसमाजवादी क्रान्ति लहर बिश्वभर चल्न थाल्यो तरदोस्रो बिश्वयुद्धमा समाजवादी देशहरु पनि हिटलरी साम्राज्यवादका विरुद्ध हार्दै गएका अर्का साम्राज्यवादीहरुसँग मिलेर लड्नुपर्ने अवस्था आयो । बिश्वयुद्ध पछि साम्राज्यवादलाई धक्का लाग्न थाल्यो र समाजवादको झिल्को जताततै उठ्न थाल्यो । त्यसपछि साम्राज्यवादीहरुले प्रत्यक्ष हस्तक्षेपबाट हैन सूचना, प्रविधि मार्फत सँस्कृतिमाथि हमला गरेर जाने रणनीति बनाएको स्पष्ट देखिन्छ । हाल आएर नेपाल जस्ता गरीब तर राजनैतिक महत्वका देशहरु भित्र पसेर त्यहाँको रैथाने धर्मका विकल्पमा क्रिश्चियन धर्मलाई स्थापित गर्न मिसनका रुपमा अस्पताल र शैक्षिक सँस्थामा पस्ने र रैथाने धर्मलाई तहसनहस गरेर क्रिश्चियनवाद लागु गर्ने भयंकर ठूलो योजना अगाडि सारेका छन् साम्राज्यवादीहरुले । चिनियाँ चिन्तक चेन याओ क्वाङले एसिया र अफ्रिकामा याङ्की साम्राज्यवादी साँस्कृतिक अतिक्रमण नामको लेखमा भन्नुभएको छ “ अमेरिकी मिसनरीहरुले राष्ट्रिय स्वधीनता आन्दोलन र सामाजिक प्रगतिप्रति सहानुभूति राखेको जस्तो गर्छन, जसबाट उनीहरु जनआन्दोलनहरुमा घुस्न सकून र आम जनतालाई क्रान्तिको बाटोबाट र अमेरिकी साम्राज्यवादको विरोधको बाटोबाट सुधारको बाटोतिर लैजान सफल होउन् ।....उनीहरु चर्चहरुलाई आदिवासीहरुको संस्थाको चरित्र दिएर धार्मिक र राष्ट्रिय स्वरुपमा प्रस्तुत गर्छन् । भित्री रुपमा अमेरिकी मिसिनरीले काम गरे पनि बाहिर उभ्याउने पात्रचाहिँ अर्कै हुन्छ ।”( विकल्प, असोज २०७२) अहिले प्रचार युद्धले बिश्वभर कोकाकोला सँस्कृतिको बिकास गराएको छ । चिसो भनेकै कोकाकोला भन्ने नाराभित्र समृद्धहरुको रोजाई कोकाकोला भनेर मानिसको मनभित्र घुसाइएको छ । यसरी प्रचार गर्नुको उदेश्य भनेको गरीबले आफूसँग भएको थोरै अन्न बेचेर भएपनि कोकाकोला पिएर समृद्धता देखाओस् भन्ने नै हो । अर्थात मानिसको साँस्कृतिक रहनसहन, उठबस सबैतिर कोकाकोला छाओस् भन्ने हो । बिज्ञापन, बजार, प्रचारयुद्धले मात्र मानिसको समग्र मगज खरिद गर्न सकिन्न । त्यसैले प्रचार र बिज्ञापनसँगै साँस्कृतिक अतिक्रमणमा जानु साम्राज्यवादको नियत बन्न पुग्छ । यसका लागि रैथाने धर्म र सँस्कृतिमाथि नजानिँदो गरी हस्तक्षेप गर्नसाम्राज्यवादले बाह्य हस्तक्षेप शुरु गर्ने गर्छ । सजिलोसँग छिर्न सक्ने ठाउँमा क्रिश्चियनवाद मार्फत साम्राज्यवादले जरा फैलाउँन खोज्छ भने इस्लाम देशहरु जस्तो कट्टर ठाउँमा उसले अफगानिस्तान, इराकमा झैं क्रुर युद्ध थोपरेर आफ्नो कठ्पुतली सरकार बनाएर बजार,तेल,खनिजमाथि कब्जा जमाउन कोशिस गर्छ । कसरी हुने गर्छ ईशाईकरण ? हाम्रो जस्तो देशमा इस्लाम र बौद्ध धर्मले हिन्दू धर्ममाथि त्यति हस्तक्षेप गरेका देखिन्न तर ईसाई (क्रिश्चियन) धर्म भने बडो मिहिन प्रकारले आक्रमक भएर आएको छ । बिदेशको लगानीमा अस्पताल, स्कूल खोलेर समाजसेवा गरेजस्तो गर्दै दुर्गम क्षेत्रमा छिर्ने, अस्पतालका बिरामीहरु र बिद्यालयका छात्रछात्राहरुमा ईसा मसिह (जिसस क्राइष्ट) का चमत्कारहरु ब्याख्या गराउँने र साना पुस्तिकाहरु निशुल्क बाँडेर उनीहरुको मनोबिज्ञान खिँच्ने । बिरामीहरुको रोग निदानमा र बिद्यार्थीहरुको अध्ययन क्षमतामा जिसस क्राइष्टको आशिर्वाद छ भन्ने मनोबिज्ञान छर्ने । क्रिश्चियनहरु यसरी मनोबैज्ञानिकरुपले गरीब, उत्पिडित जनताको बीचमा पुगेका छन् । यो अभियान नेपालमा मात्र हैन अरु गरीब र अविकशित देशहरुमा पनि उत्तिकै प्रभावकारीरुपमा हुने गरेको छ । त्यस्तै कोट पाइण्ट, टाई लगाएर सामान्यभन्दा समृद्ध बनेर गाउँ पस्ने । उत्पिडित समूदायकाबीचमा गई उनीहरुको मन जित्ने । हिन्दू धर्मले गरेको छुवाछुतको बिकल्पमा समानता ल्याउँने ढंगको व्यवहार गर्ने अनि बिस्तारै साह्रै मैत्रीपूर्ण व्यवहारबाट मन जित्ने र क्रमशः येशुको प्रचार गर्दै क्रिश्चियन बनाउँने । केहि पढेलेखेकाहरुका बीचमा वातावरण प्रदुषणले बिश्व भयावह बनेको ठूला तर्कहरु दिने । वातावरण प्रदुषण कसरी घट्ला भनेर साना पुस्तिकाहरु मार्फत बिस्तारै बिस्तारै त्यो समूदायमा छिर्ने , त्यसपछि विभिन्न एनजिओ, आइएनजिओमा उनीहरुलाई आबद्ध गर्ने र आर्थिक भरथेगमा जोडेर क्रमशः क्रिश्चियन धर्म र सँस्कृतिमा नजानिँदो गरी संलग्न गराउँदै उनीहरुको मगजमा साँस्कृतिक हस्तक्षेप गर्ने । त्यस्तै आदिवासी, जनजातिहरुका बीचमा पुग्ने । उनीहरुलाई विभिन्न इथनिक संस्थाहरुका निम्ति भन्दै डोनेशन उपलब्ध गराउँने कार्य गर्ने र त्यस मार्फत मनोबिज्ञान खरिद गर्दै आफ्ना योजनाहरु लागु गराउँने । यस्ता प्रकारले नेपालमा जातीय, लैङ्गिक, भाषिक विभेदका विरुद्ध हुने संघर्षमा साम्राज्यवाद मिहिन ढंगले प्रवेश हुन खोजिरहेको छ । हिन्दू एकाधिकारवादका विरुद्ध केन्द्रिकृत जनजाति, दलित, महिलाहरुको संघर्षमा नजानिँदो किसिमले क्रिश्चियनवाद घुसाउन प्रयत्नशील छ साम्राज्यवाद । ईसाई(क्रिश्चियन) धर्मका धार्मिक पद ग्रहण गरेका अधिकाँश नेपाली मानिसहरुलाई आफू विशुद्ध धार्मिक काममा छु जस्तो लाग्छ तर उनीहरु आफैंलाई यो कसबाट किन परिचालित भईरहेको छ भन्ने ज्ञान हुदैन । किनकि ती धार्मिक पद ग्रहण गरेका नेपालीहरुलाई साम्राज्यवादीहरुले न त प्रत्यक्ष निर्देशन दिन्छन् न त उनीहरुलाई यो योजनाको कुनै जानकारी नै हुन्छ । दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाले कतै भन्नु भएको छ “उनीहरु हाम्रो देशमा बाइबल बोकेर साह्रै भद्र भएर आए । हामी सबै प्रभावित भयौं । तर जब होस आयो तब उनीहरुले हामीबाट हाम्रो भूमी खोसिसकेका थिए ।” ईसाईकरणले खेलेको साँस्कृतिक साम्राज्यवादको सटीक उदाहरण हो नेल्सन मण्डेलाको यो भनाई । हिन्दुवाद भर्सेज क्रिश्चियनवाद हिन्दु धर्म माथि क्रिश्चियनहरुले हमला गरे भनेर अहिले धेरै चर्चा हुने गरेको छ । यो चर्चा एकातिर साँच्चै नै साँस्कृतिक अतिक्रमणप्रति सचेत भएर गरिएको छ भने अर्कोतिर क्रिश्चियनवाद फैलँदैछ भनेर देशमा धर्म निरपेक्षता समाप्त गर्दै राजतन्त्र फर्काउनका लागि योजनाबद्ध प्रचार गरिएको छ । ईश्वर मानिसको कल्पना हो र सबै धर्म त्यहि कल्पनालाई टेकेर तयार पारिएको मान्यता हो । हिन्दू धर्म तुलनात्मक रुपमा निक्कै उदार देखिन्छ । यस धर्मभित्र बहुदेवीदेवता तथा अन्य धार्मिक हाँगाहरु प्रशस्त छन् । अन्य धर्मको चलखेलप्रति यो धर्मले ज्यानलिने किसिमको गतिविधी गरेको देखिँदैन । यस अर्थमा हिन्दु धर्मभित्र छिरेर साँस्कृतिक अतिक्रमण गर्न सजिलो पनि छ । अझ हिन्दु धर्मले पैदा गरेका जातीय छुवाछुतका कारण बिरक्तिएका दलितहरु क्रिश्चियन धर्ममा आकर्षित हुने गरेका छन् । गरीबीले पिल्सिएका जनताहरुबीच शिक्षा,स्वास्थ्य लगायतका मिसन संचालन गरेर उनीहरुलाई आकर्षित गर्न सहज छ । ब्रिटिस आर्मीमा गएकाहरुमा क्रिश्चियन सँस्कारले राम्रै प्रभाव जमाएकै हुन्छ । यसरी नेपाल जस्तो देशमा क्रिश्चियन धर्ममा जनतालाई परिवर्तन गर्न सहज भएको छ । सरकार धर्म परिवर्तनको योजनाप्रति उदाशिन छ । बेलायत, जापान, अमेरिका लगायतका देशहरुबाट नेपालमा भिसा लिएर आएकाहरु घरघर पुगेर क्रिश्चियन धर्ममा मानिसहरुलाई आबद्ध गराउन हिंडेका छन् । उनीहरु बर्षौंबर्ष यतै बसेका छन् । राज्यले उनीहरुलाई न नियन्त्रण गरेको छ न उनीहरुको भिसा लम्ब्याउनका लागि कुनै कारण खोजी गरेको छ । यसो भन्दैमा फेरि एकल हिन्दू राज्य हुँदा मात्र क्रिश्चियन धर्म बिस्तारका नाममा हुने साँस्कृतिक साम्राज्यवादको अन्त्य हुन्छ भन्ने कुरा गलत हौवा मात्र हो । हिन्दुहरुले बिष्णुका अवतार बताएका पूर्व राजपरिवारकै संलग्नतामा हिन्दु देवताका मूर्तिहरु चोरी हुने गरेको ईतिहास हामीसंग छ । हिन्दु धर्म आफैं पनि भारतीय विस्तारवादको साँस्कृतिक हतियार बनेको यथार्थता स्पष्ट नै छ । पशुपतिनाथमा मूलभट्ट भारतीय नागरिक राख्ने परम्परालाई तोडेर नेपाली मूलभट्ट राख्न खोज्दा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको पहिलो सरकारका विरुद्ध ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कडा प्रतिरोधले पुनः भारतीय मूलभट्ट आएको घटना साँस्कृतिक साम्राज्यवादकै एउटा नमूना थियो । राम,कृष्ण लगायतकाधरैजसोहिन्दु अवतारहरुको जन्मभूमी हालको भारत नै भएका कारण मनोबैज्ञानिकरुपले भारतलाई साँस्कृतिक अतिक्रमण गर्न सजिलो पनि छ । हिन्दु धर्मका प्रख्यात सन्त,साधुहरु प्रायः भारतीयहरु नै छन् र उनीहरु नेपाललाई हिन्दु राज्य बनाईराख्दा फाइदा हुने सोचाईमै देखिन्छन् । पूजा गर्ने धुपबातिदेखि लिएर भजन किर्तनका सिडि भिडियोसम्मको ब्यापार हिन्दु धर्मको संस्थागत रक्षा गर्दा भारतीय विस्तारवादले सजिलोसंग गर्न पाउँछ । कबिरपन्थी सन्त रामपालको अपराधिक क्रियाकलापको पक्षमा नेपालबाट भक्तहरु लड्न भारत पुगेका छन् । पतन्जली योगका नाममा स्वामी रामदेवले खाद्यान्नदेखि लिपस्टीकसम्मको नेपाली बजार कब्जा गरेका छन्र नेपाली स्वभिमानी उद्योगकर्मीहरुलाई पलायन गराएका छन् । के यो हिन्दू धर्मको नाममा भएको साँस्कृतिक साम्राज्यवाद हैन ? यति हुँदाहुँदै पनि क्रिश्चियनवाद भारतका लागि पनि र नेपालका लागि पनि खतरा छ । बिश्व महाशक्तिमा उदाउँदै गरेको तर साम्राज्यवादको रुप धारण नगरेको चीनलाई चारैतिरबाट घेर्नका लागि पनि नेपाली भूमीमा क्रिश्चियनवाद हावी गराउँनु साम्राज्यवादीहरुको अनिवार्य कर्म बनेको छ । तसर्थ क्रिश्चियन धर्म जनताको स्वविवेकले गर्छन भने जनतालाई धर्म मान्न पाउँने स्वतन्त्रता दिनुपर्छ तर विदेशी डलर,मानवसाधनको प्रयोगबाट बालक,महिला,दलित,उत्पिडितका घरघरमा पुगेर बाइबलसँगै प्रलोभन बाँडेर गरिने क्रिश्चियनवादको डटेर सामना गर्नुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: