Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उत्तर कोरियाको एक मिसाइलः जसले अमेरिका ध्वस्त पार्न सक्छ

\"\"काठमाडौं, ५ वैशाख । उत्तर कोरियाले मिसाइल परिक्षणमा छोटो समयमै धेरै फड्को मारेको छ । पछिल्लो केही दशकमा उत्तर कोरियासँग अलग अलग क्षमताको एक हजारभन्दा बढी मिसाइल रहेको अनुमान गरिन्छ । उत्तर कोरियासँग यस्तो मिसाइल छ जसले अमेरिकासम्म निशाना लगाउन सकिने दावी गरिएको छ । उसको हतियार भण्डारमा १९६०/७० को दशकमा रकेट हुन्थ्यो । १९८०/९० को दशकसम्म कोरियासँग छोटो र मध्यम दुरीको ब्यालेष्टिक मिसाइल थियो । अहिले उत्तर कोरियाले इन्टरकन्टिनेन्टल मिसाइल बनाइरहेको घोषणा गरेको छ । जस मार्फत उसले पश्चिमा देशमा निशाना लगाउन सक्छ । \"\"मिसाइलको क्षमता छोटो दूरी : १००० किमी वा सोभन्दा कम, मध्यम दूरी : एक हजार देखि तीन हजार किमी इन्टरमिडिएट रेन्ज : तीन हाजर देखि साढे पाँच हजार किमीसम्म इन्टरकन्टिनेन्टल : साढे पाँच हजारभन्दा बढी छोटो दूरीको मिसाइल उत्तर कोरियाको आधुनिक मिसाइल परियोजनाको सुरुवात स्कडको खबर अनुसार उसँग १९९६ मा मिश्रमार्फत यो मिसाइल आएको थियो । उसले १९८४ मा यसको देशी संस्करण ह्वानसाङ तयार ग¥यो । \"\"यो मिसाइलले दक्षिण कोरियालाई निशाना बनाउन सक्छ, जोसँग उत्तर कोरियाको सम्बन्ध राम्रो छैन । ह्वानसाङ –५ र ह्वानसाङ–६ लाई स्कड–बी र स्कड–सीको नामले चिनिन्छ । यसले क्रमशः तीन र पाँच सय किलोमिटर टाढासम्म आक्रमण गर्न सक्छ । यी दुई मिसाइलको परिक्षण पश्चात तयारीका साथ राखिएको छ । यी मिसाइल उत्तर कोरियाले ईरानलाई पनि बेचेको थियो । \"\"इन्टरमिडिएट मिसाइल धेरै वर्षदेखि उत्तर कोरिया मुसुडान नामक मिसाइल विकास गरिरहेको छ । उसले २०१६ मा यसको परिक्षण पनि गरेको थियो । यद्यपि यसको क्षमतामाथि विभिन्न अनुमान लगाइएको छ । इजरायलको खुफिया सुत्रकानुसार यसको रेन्ज २५००० किलोमिटर छ । त्यस्तै अमेरिकी मिसाइल डिफेन्स एजेन्सीले यसको क्षमता ३२ हजार किलोमिटर रहेको अनुमान गरेको छ । यसले पूरै दक्षिण कोरिया र जापानलाई ध्वस्त बनाउन सक्ने बताइन्छ । यसको उन्नत संस्करणले अमेरिकालाई पनि ध्वस्त बनाउन सक्ने बताइएको छ । यद्यपि यसले कति वजन लिएर जान सक्छ भन्ने जानकारी भने छैन । अनुमानका आधारमा यसले एक देखि सवा टनसम्म वजन उठाउन सक्छ । उत्तर कोरियाले अगष्ट २०१६ मा दावा गरेनुसार उसले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल परिक्षण गरेको थियो । यो जमिनबाट जमिनमा प्रहार गर्नेखालको मध्यम दूरीको ब्यालेस्टिक मिसाइल हो । २०१७ फेब्रुअरिमा यसको जमिनबाट परिक्षण गरिएको थियो । मल्टिस्टेज मिसाइल तेपोडाङ–१ लाई उत्तर कोरियामा पाकेतुसान–१ को नामबाट पनि चिनिन्छ । यो उसको पहिलो मल्टिस्टेज मिसाइल थियो । उसले यसको १९९८ मा परिक्षण शुरु गरेको थियो । थिंक ट्यांक फेडरेशन अफ अमेरिकन साइन्टिस (एफएएस)का अनुसार यसको पहिलो चरण नोडाङ मिसाइल थियो र दोस्रो चरण ह्वानसाङ–६ थियो । अनुमाननुसार यसको रेन्ज पाँचदेखि १५ हजार किमीको बिचमा थियो । \"\"ताइपेडाङ–२ यसको दोस्रो र पाकेटुसान–२ यसको तेस्रो चरणको ब्यालेस्टिक मिसाइल थियो । गएको दशकमा यसको धेरै पटक परिक्षण समेत गरिएको थियो । यदी ताइपेडाङ–२ को सफलतापूर्वक परिक्षण सम्पन्न भयो र अधिकतम उचाइमा पुग्यो भने यसको मतलव उसको निशानामा अष्ट्रेलिया वा अमेरिकाको केही भाग पर्नेछ । इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसाइल उत्तर कोरियाले अहिले आफ्नो सबैभन्दा टाढा प्रहार गर्ने मिसाइलको विकास गरिरहेको बताइन्छ । यसलाई केएन–०८ वा ह्वानसाङ–१३ को नामले चिनिन्छ । यसको पहिलो प्रमाण त्यतिबेला मिल्यो जब २०१६ मा उत्तर कोरियाले आफ्नो नयाँ रकेट इन्जिनको परिक्षण गरेको थियो । यस इन्जिनलाई इन्टरकन्टिनेन्टल मिसाइलमा लगाउन सकिने बताइन्छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियासँग कम से कम केएन–०८ मिसाइल छ, जसले अमेरिकाको अधिकांश भूभागमा ध्वस्त पार्न सक्छ । \"\"उत्तर कोरियाले केएन–१४ को नामबाट यसको एक उन्नत संस्करण तयार गरेको बताइन्छ । तर, उसले अहिलेसम्म सार्वजनिक परिक्षण गरेको छैन । यद्यपि, २०१७ जनावरीमा यसको केही संकेत मिल्यो जब उत्तर कोरियाका नेता किम जोंग उनले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल विकासको अन्तिम चरणमा रहेको बताए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies