Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

डिप बोरिङ खन्दा निस्किएको आगो चार घन्टापछि नियन्त्रणमा

\"\"भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ । आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान १०ः१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको ३५ लाख रुपैयाँको लागतमा सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताए । थापाले भने, “सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा ढुङ्गा भेटियो, त्यसको एक क्षणपछि अचानक आगोको मुस्लो नै निस्कियो ।” आगो निस्किएपछि स्थानीय बासिन्दाको पहलमा आगो नियन्त्रणमा नआएपछि भक्तपुरको जुद्ध बारुणयन्त्रको दुई, काठमाडौं महानगरपालिकाको एक, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एकवटा दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो । दमकलले पानी र आगो नियन्त्रणमा लिने रसायनको प्रयोगसँगै ग्यास निस्किएको पाइपमा माटो र बोरालगायत सामग्री हालेर बन्द गराएपछि दिउँसो २ बजे आगो नियन्त्रणमा आएको थियो । आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो । आगो निस्किएर पिला गाउँ तनावमय भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर, नेपाल आयल निगम, विपद् उद्धार व्यवस्थापन, भूगर्भ विभागका टोलीले अनुगमन गरेका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिभेष झाले आयोजनामा पानीको ग्यास निस्किएकाले यसको खानी तथा भूगर्भ विभागले अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending