Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एमाले र मधेसी मोर्चालाई मिलाउन यस्तो छ सरकारको नयाँ रणनीति

\"\"काठमाडौं, १४ वैशाख । प्रमुख प्रतिपक्ष नेकपा एमाले र एक साताअघि एकता गरेको मधेसी दल राष्ट्रिय जनता पार्टी, नेपाललाई सहमतिमा ल्याउन सरकारले केहि समयअघि देखि निरन्तर वार्ता गरिरहेको छ । वार्ताबाट निकास निस्किने छाट नदेखिेपछि सरकारले अनेक उपाए खोजिरहेको छ । एमालेले एउटै चुनाव दुई चरणमा गरेर बविचको बजेट ल्याउन नहुने भन्दै अडान राखेपछि सरकारले अर्को विकल्प खाजेको हो । सरकारले वैशाख ३१ र जेठ ३१ गतेको दुवै चरणको स्थानीय तहको चुनाव सकेपछि मात्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने गरी दलहरुसँग सहमतिको प्रयास थालेको छ । दोस्रो चरणको निर्वाचन हुनुअघि निर्धारित जेठ १५ गते बजेट ल्याइँदा चुनाव प्रभावित हुने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले असहमति जनाएपछि बजेटको समय केही पर धकेल्ने दिशामा आफूहरु अघि बढेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताएका छन् । तर अर्थ मन्त्रालयका अधिकारीहरुले भने निर्धारित समयमै बजेट ल्याउने गरी तयारी भइरहेको बताएका छन् । वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव सकेर दोस्रो चरणको हुनुअघि नयाँ बजेट ल्याइए त्यसले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्क छ । सरकारको त्यस्तो कदम आफूलाई अस्वीकार्य हुने एमालेले बताएपछि अप्ठ्यारोमा परेको सरकारले सहमतिको प्रयास शुरु गरिएको जनाएको छ । सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने ‘हामी सबै दललाई विश्वासमा लिएर बजेट ल्याउने पक्षमा छौं, त्यसको निम्ति संविधानमा संशोधन गरेर जेठ १५ को सट्टा त्यसलाई अलि पछाडि लैजान सकिन्छ । किनभने नेकपा एमालेको सरोकार निर्वाचन भन्दा अगाडि बजेट नआओस् भन्नेछ ।’ तर जेठ १५ गते नै ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण बजेटलाई पर सार्न पनि सजिलो छैन् । प्रमुख प्रतिपक्षी एमालेसँग हुने सहमतिपछि मात्रै बजेटबारे निर्क्यौलमा पुग्न सकिने उनले मन्त्री कार्कीको भनाई छ । ‘अहिले भइरहेको संशोधन प्रस्तावमा एमाले र हाम्रोबीच के कस्तो सम्बन्ध विकास हुन्छ, त्यसले धेरै कुरा निर्धारण गर्छ’ कार्कीले भने । बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले भने जेठ १५ गतेलाई नै मध्यनजर गरी अघि बढिरहेको जनाएको छ । मन्त्रालयका सचिव शान्तराज सुवेदीले अनुसार सरकारी तवरबाट औपचारिक रुपमा बजेटको मिति सार्नेबारे हामीलाई केही जानकारी आएको छैन् । ‘जेठ १५ गते बजेट आउने व्यवस्था अनुरुप हामीले सम्पूर्ण तयारी गरिरहेका छौं’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending