Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाइँदै

\"\"बनेपा, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ । सात गाउँपालिका र आठ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन कार्यालयमा निर्वाचन सामग्री पठाइएको तथा केही गाउँपालिका र नगरपालिकामा आज पठाउन लागिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा आज निर्वाचन सामग्री पठाउन लागिएको जिल्ला निर्वाचन अधिकारी, मधुकरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार निर्वाचनको मनोनयनका लागि आवश्यक पर्ने मनोनयनपत्र, मतदाता नामावली, अनुसूची फारामलगायतका निर्वाचन सामग्री कोसीपारिको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिका, महाभारत शृङ्खला डाँडापारिको महाभारत गाउँपालिकमा समेत पुगिसकेको छ । त्यस्तै मतदाता शिक्षाका लागि पनि आवश्यक पर्ने विभिन्न सामग्री पनि गाउँगाउँ पुगेका छन् । जिल्लामा ३३० निर्वाचन शिक्षकमार्फत पाँच किसिमका विभिन्न पर्चा, नमुना मतपत्र, हाते पुस्तिका, प्रश्नोत्तर भएको पुस्तिकासमेत विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेको निर्वाचन अधिकारी पोखरेलले बताए । उनले तामाङ र नेवार समुदायलाई लक्षित गरेर नेवारी र तामाङ भाषाका पम्प्लेटसमेत काभ्रेपलाञ्चोकमा वितरण हुने जानकारी दिए । जिल्लाको बेथानचोक र तेमाल गाउँपालिकामा नेवारी र तामाङ भाषाका पम्प्लेट वितरण हुने छन । ती पम्प्लेट करिब १५० प्रति भएको बताइएको छ । निर्वाचन अधिकारी पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीय तह निर्वाचनका लागि कर्मचारीको नियुक्ति पनि बुधबारबाट मात्रै सुरु भएको बताए । निर्वाचन आयोगले स्थानीय तहका लागि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गर्दै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending