Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तीस दलीय मोर्चामा अब जाँदैनौः अध्यक्ष महतो

काठमाडौ, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीस दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागि नहुने घोषणा गरेका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने–तीस दलीय गठबन्धनले अब काम चल्दैन । मधेसीहरुलाई यो मोर्चा चाहिदैन । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा महतोले तीस दलीय मोर्चाबाट अब मधेसीले अधिकार नपाउने ठोकुवा गर्दै अब मनोरञ्जन गर्नको लागि मात्रै मोर्चाको बैठकमा नजाने स्पष्ट पारे । उनले मोर्चाका अध्यक्ष प्रचण्डले के गर्छन आफूहरुलाई मतलब नभएको भन्दै प्रचण्डकै दोधारे चरित्रको कारण मोर्चा औचित्य हिन बनेको आरोप लगाए । महतोले मधेसीहरु आफै छुट्टै आन्दोलन गर्न सक्षम रहेकोले आन्दोलनको तयारीमा आफूहरु लागेको स्पष्ट पार्दै अब पनि मधेसीहरुले आरपारको लडाई लड्न नसके अधिकार नपाउने दावी गरे । छुट्टै मोर्चा गठन गरेर कठोर संघर्षको अन्तिम तयारी रहेको जानकारी दिदै  विना लडाई केही पनि प्राप्त नहुने निष्कर्समा आफूहरु पुगेको उनले बताए। महतोले अबको आन्दोलन उधारो सम्झौतामा नटुङगीने ठोकुवा गर्दै मधेस प्रदेशको भूमि कसैलाई पनि एक ईन्च दिन तयार नरहेको बताए। उनले भने–\'मधेस प्रदेशको एक ईन्च पनि दिदैनौ । मधेसमा बस्ने बसै मिलेर बस्छन । विभाजन हुन दिदैनौ गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ । तराईका पाँच जिल्लालाई मधेसी र पहाडीको नाममा विभाजन गर्न खोजिदैछ । त्यो मानिदैन ।\' राज्यमाथि आफूहरुलाई रत्ति पनि विश्वास नभएको भन्दै अबको आन्दोलन उधारोमा नभई सहमतिमा टुङगिने ठोकुवा समेत गरे । दुई तिहाईको दम्भले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया सुरु गरे आफूहरुको लागि संविधानसभा औचित्यहिन हुने स्पष्ट पार्दै परित्याग गरेकै दिनबाट आफूहरु संविधानसभा छाडेर निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिए । उनले भने–\'विगतका सहमति अनुसार नै संविधान बन्नु पर्छ भन्ने हाम्रो भनाई हो । बहुमतको दम्भले संविधान बनाउन सके बनाए हुन्छ । म चुनौति दिन्छौ, बनाउन सक्ने भए बनाउनुस ।\' महतोले सहमतिमा संविधान जारी गर्ने बाहेकको आफूहरुको कुनै सर्त नभएको स्पष्ट पार्दै संविधानसभाको बैठक सार्ने आफूहरुको प्रस्ताव नभएको स्पष्ट पारे । उनले भने–\'दुई तिहाईले सके सविधान बनाउनुस, किन नगरेको ? राम्रो बनाए धुपबत्ति बालौला नभए त्यही धुप बाल्ने सलाईले संविधान जलाउँछौ ।\' नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले चैत ३० गतेको संविधानसभाको बैठक पूर्व सांसद सलिम मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव परित गर्दै सहमतिको लागि फेरि चार पाँच दिनकोलागि स्थगित हुने जानकारी दिए । उनले दलहरुवीच विभिन्न तहमा भईरहेको र सहमतिको नजिक पुगिसकेको दावी गर्दै प्रश्नावली तयार भईसकेको अवस्थामा आफूहरुले सहमतिकै लागि पटक पटक संविधानसभाको बैठक स्थगित गर्दै आएको बताए । श्रेष्ठले एमाओवादीले आफूहरुसँगको छलफलमा सहमतिकै लागि आन्दोलन स्थगित गरेर आएको जानकारी दिदै आफूहरु लचिलो भएर आएकोले सत्तापक्षलाई समेत लचिलो भएर सहमतिमा पुग्न आग्रह गरेकोले अब सहमतिको बातावरण बनेको बताए । श्रेष्ठले मधेसलाई मात्र संबोधन गरेर नभई पूर्वको लिम्बुवान र अखण्ड सुदुरपश्चिमबालाहरुसँग गरेको सहमति पनि कार्यान्वयन गर्ने दायित्व सरकारको भएको भन्दै कसैले मेरो गोरुको बाह्रै टक्का गर्न नहुने सुझाव दिए । उनले दलहरुबीच अहिले ६ प्रदेशमा जाने गरी छलफल भईरहेको जानकारी दिदै काग्रेस छ प्रदेशमा जान सकारात्मक रहेको बताए । सहमति गर्ने अझै पनि धेरै ठाँउ बाँकी रहेकोले यथास्थितिमा अल्झिरहन नहुने भन्दै जनताले गाली गर्न थालिसकेकोले अब पनि संविधान नबनाए जनताले अहिलेका भन्दा ठूलो आन्दोलन गर्ने तर्फ सचेत पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies