Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रचण्डको बोल्ड डिसिजनपछि मुलुक नयाँ चरणमा

काठमाडौं । स्थानीय तह निर्वाचन मनोनयनको अघिल्लो दिनसम्म पनि चुनाव हुँदैन भन्दै प्रचार गराउनेहरु अहिले आएर सितांग भएका छन् । उनीहरुले निर्वाचनलाई एउटा मजाकको रुपमा मात्रै लिएका थिए । कुनै पनि स्थान, कुनै क्षेत्रमा कुनै पनि प्रकारको अवरोध बिना मनोनयन पत्र दर्ता भएको छ । निर्वाचनका लागि जनता तयार थिए । निर्वाचनका लागि सरकार तयार थियो । निर्वाचन आयोग तयार थियो । सरकारले सबै प्रकारको सेवा र पहल गरेका थियो । किनकी विगत २० वर्षदेखि नेपाली जनतालाई कर्मचारीको नाममा दिइएको ज्यादतीबाट मुक्ति दिलाउने एकमात्र अचूक अस्त्र भनेकै निर्वाचन थियो । मानिसहरुले प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पत्याएका थिएनन् तर जस्तोसुकै परिस्थितीमा पनि गोल गर्न जान्ने प्रचण्डको क्षमता छ । प्रचण्डको सोही क्षमताका कारण स्थानीय तहको निर्वाचन सुनिश्चित भएको छ । \"\"राजनीतिक विश्लेषकहरुकाअनुसार प्रचण्डले निर्वाचनप्रति जुन प्रकारको दृढता प्रदर्शन गरे, त्यसैले नै निर्वाचन आधा भन्दा बढी सफल भएको छ । निर्वाचनमा पक्कै पनि जित हार हुन्छ । माओवादी केन्द्रको एजेण्डाले जितेको छ, माओवादी केन्द्र विजयी भएको छ। प्रचण्ड विजयी भएका छन् । सरकारले जुन प्रकारको दृढता प्रदर्शन गर्नुपर्ने थियो त्यो गरेको छ । संसदबाट आवश्यक कानुनहरु निर्माण गर्ने समयदेखि निर्वाचन परिचालनसम्म आइपुग्दा कुनै पनि प्रकारको कसर बाँकी राखिएको छैन । एमालेको दशौ प्रकारको अवरोधलाई प्रचण्डले छलेका छन् । खड्ग ओलीको घुर्की र बालहठलाई प्रचण्डले लत्याइदिएका छन् । आन्दोलनको धम्की दिएको मधेस केन्द्रित दलका नेतालाई समेत वार्ता सम्वाद, फेरि पनि वार्ता र सम्वाद गरेर निर्वाचनमा ल्याउन सफल भएका छन् । संघीय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी समेत दर्ता गराएको छ । अर्को मधेस केन्द्रित दल राष्ट्रिय जनता दल नेपालले पनि निर्वाचनमा भाग लिने जनाएको छ । यसले पनि सरकारको अर्जुनदृष्टिमा मुलुकलाई निकास दिने र संविधान कार्यान्वयन गराउने नै महत्वपूर्ण एजेण्डा हो भन्ने स्थापित गरिदिएको छ । नेपाली जनताको साथ सरकार माथि छ । सरकारको काम कारवाहीका जनताले विश्वास गरेका छन् । जनता निर्वाचनका लागि लालायित छन् भन्ने पनि प्रष्ट भएको छ । जनतालाई आफ्नो प्रतिनिधि आफै छान्ने महत्वपूर्ण अवसर प्रचण्ड सरकारले निर्माण गरिदिएको छ । संविधान संशोधन हुनै नदिने खड्ग ओली प्रवृत्ति पराजित भएको छ । बालहठ र दोग्ला चरित्र पनि क्रमशः पराजित भएको छ । एमालेको निर्वाचनको लागि कुनै एजेण्डा छैन, कुनै कार्यक्रम छैन । केवल पैसा र एनजजिओको भरमा निर्वाचन जित्ने अभिलाषामा एमाले छ । तर सधै मुलुकलाई अप्ठ्यारोमा पार्ने, सरकारले राम्रो काम गर्दा गर्दै पनि केवल विरोधका लागि विरोध गर्ने, कालो वर्णका सबै नागरिकलाई भारतीय देख्ने, सम्म क्षेत्रमा बस्ने जति सबैलाई भारतीय भनिदिने एमाले र खड्ग ओलीहरुको चरित्र पराजित भइसकेको छ । प्रचण्डको बोल्ड निर्णयका सामु खड्ग ओलीहरु केवल फिका फिका सावित भएका छन् । राजनीतिक विश्लेषकहरुकाअनुसार जुन प्रकारको बोल्ड निर्णय प्रचण्डले समयक्रममा गर्न सक्छन् र नेपाली जनतालाई माओवादीको एजेण्डामा हिडाउन सक्छन् । विरोधीहरु पनि समय क्रममा विरोध गरेपनि अन्ततः लतारिएर निर्वाचनमा आउँछन् र प्रचण्डको निर्णयमा समर्थन गर्छन भन्ने इतिहासले सावित गरेको छ । स्थानीय तहको निर्वाचनमा माओवादीले जितोस वा हारोस दोस्रो विषय भएको छ । किनकी एजेण्डा माओवादीको छ, कार्यक्रम माओवादीको छ । गाँउ गाँउमा सिंहदरबार माओवादीका कारण पुग्ने भएको छ । जनताको घरदैलोमा अधिकार पुग्ने भएको छ । माओवादीले जनतालाई प्रष्ट रुपमा भनेको छ । गफ गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ । हो स्थानीय तहको निर्वाचन गफ गर्नेलाई सुन्ने र काम गर्नेलाई चुन्ने महत्वपूर्ण अवसर हो । निर्वाचन हुनै सक्दैन, एकै चरणमा गर्नुपर्छ, मुलुकमा रगतको खोलो बग्छ, प्रचण्डले भिडन्त चाहेका छन् भन्दै नानाभाती गाली गर्नेहरु पनि मनोनयन पछि साम्य भएका छन् । उनीहरु प्रचण्डको दृढता र आत्मविश्वासका सामु पराजित भएका छन् । राजनीतिक विश्लेषकहरु भन्छन् प्रचण्ड मेसी शैलीमा गोल निकाल्न सक्छन्, उनको राजनीतिक विशेषता नै यही हो । हो अनेकौ आशंका, अनेकौ तर्ककाबीचबाट प्रचण्डले स्थानीय तहको निर्वाचन रुपी गोल गरेका छन् । २० वर्षपछि स्थानीय तहको निर्वाचन गराउन सफल भएका छन् । नेपालको राजनीतिमा विगत १३ वर्षदेखि प्रचण्डको वरिपरी नै घुमीरहेको छ । मान्छेहरु पत्याउन वा नपत्याउन, मानुन वा नमानुन वा प्रचण्डलाई गाली मात्रै गरुन । तर अप्ठ्यारो बेलामा उनै प्रचण्ड चाहिन्छ । संविधान बनाउन प्रचण्ड, अधिकार दिन प्रचण्ड, क्रान्ति गर्न प्रचण्ड, राष्ट्रियता जोगाउन पनि प्रचण्ड । सबैलाई प्रचण्ड नै चाहिएको छ । किनकी उनी अप्ठयारोको बीचबाट पनि जोगाएर मुलुकलाई अगाडि बढाउन चाहन्छन् । उनी मुलुकलाई सहज रुपमा अगाडि बढाउन चाहन्छन् । उनको दृढताका सामु खड्ग ओलीहरु केवल निराश मात्रै हुन्छन् । उनीहरु सबै नेतृत्व प्रचण्डले गरेको भन्दै रिसले काप्छन् र बाँदर रिसाएरपछि खाँबो कोर्तछ भने जस्तै खाँबो कोर्तन थाल्छन् । राजनीतिक रुपमा प्रचण्ड सफल भएका छन् । संविधान मान्दैनौ भन्दै आन्दोलनमा गएका मधेशवादी दल समेत निर्वाचनका लागि तयार भएका छन् । उनीहरु संविधान मान्ने अवस्थामा आइपुगेका छन् । खड्ग ओलीहरुले कुनै पनि राजनीतिक स्पेस नदिदा समेत प्रचण्डले उनीहरुलाई राजनीतिक रुपमा सम्झाइ बुझाइ गरेर ल्याएका छन् ।राष्ट्रिय आवश्यकता र जनताको चाहना के हो त्यसको मर्मबोध गराएका छन् । संविधान कार्यान्वयन हुँदैन कि भन्ने आशंका हटाइदिएका छन्। मुलुकलाई एउटा राजनीतिक मार्गमा लैजाने पहल गरेका छन् । प्रचण्ड इीतहासले जन्माएको नाम हो, मुलुकको आवश्यकताले खडा गरेको पात्र हो भन्ने स्थापित गराइदिएको छ । आर्थिक समृद्धिका लागि माओवादी चाहिन्छ, प्रचण्ड नै चाहिन्छ भन्ने पनि नेपाली जनताका सामु स्थापित भएको छ । खड्ग ओलीहरु जोक र चट्किला मात्रै सुनाएर बस्दा २५ वर्षपछि मुलुकको आथिृक वृद्धिदर सात प्रतिशत भन्दा माथि पुगेको छ । मुलुकको आर्थिक क्षेत्र क्रमशः कायापलट हुने दिशामा अगाडि बढेको छ । उद्योगधन्दा मौलाएका छन् । रोजगारीको अवसर बढेको छ । मुलुक लोडसेडिङबाट मुक्ति पाएको छ । काम नगर्ने केवल सार्वजनिक खपतका लागि जोक र चुटकिला सुनाउने खड्ग ओलीहरु केवल सपनाको मात्र व्यापार गर्छन, उनीहरु यर्थाथमा कुनै पनि काम गदैनन् भन्ने प्रष्ट भएको छ । किनकी विदेशी दातृ निकायले भनिसकेको छ, चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर करिब सात प्रतिशत हुने देखिएको छ । गत वर्ष खड्ग ओली सरकारमा रहँदा मूल्यवृद्धि दश प्रतिशतको हाराहारीमा थियो, यस पटक मात्रै दुई प्रतिशतको हाराहारीमा रहेको छ । माओवादीले चाहयो भने गर्न सक्छ, माओवादी मात्रै विकासको सुत्राधार हो, माओवादी मात्रै आर्थिक वृद्धिको सम्वाह हो । माओवादी मात्रै विकासको प्रमुख पहलकर्ता हो भन्ने प्रष्ट भएको छ । स्थानीय तहको निर्वाचन त्यसैको एउटा कडी हो । माओवादीले आगामी आर्थिक वर्षदेखि कुल बजेटको ८० प्रतिशत स्थानीय तहमा लैजाने बताएको छ । यसले जनताको जीवनस्तरमा कायापलट गर्नेछ । यसले जनतालाई अधिकार सम्पन्न मात्रै बनाउने छैन, एकताको नयाँ सूत्रमा समेत बाँधने छ । प्रचण्डको एजेण्डा, जनयुद्धको सपना पूरा हुने चरणमा पुगेको छ । ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र विरुद्ध षड्यन्त्र गर्ने खड्ग ओलीहरु हावा खाएका छन् । राजनीतिक विश्लेषकहरु भन्छन्, माओवादी एजेण्डा क्रमशः विजयी भएको छ । विगतमा क्रान्तिको नाममा माओवादीको भोट काँग्रेस एमालेलाई हाल्न लगाउने, पैसाको बलमा क्रान्तिकारी पार्टी सिध्याउन लागिपरेका, माओवादी उम्मेदवार हराएका मोहन वैद्यहरु पनि निर्वाचनमा सहभागी भएका छन् । उनीहरु निर्वाचनमा आउनु पनि प्रचण्डको अर्को सफलता हो । यस्तै निर्वाचन हुन दिन्नौ, आगामी कात्तिकमा सार्नुपर्छ भन्ने एमाले समेत लत्रिएर निर्वाचनमा आएको छ । यसले पनि प्रचण्डको आँटका सामु सबै अराजक तत्वहरु पराजित भएका छन् भन्ने प्रष्ट भएको छ । विगतमा प्रचण्डलाई विरोध गर्नेहरु पनि उम्मेदवारी मनोनयन पछि समर्थन गर्ने स्थानमा आइपुगेका छन् । उनीहरु पनि प्रचण्डका सामु केही लाग्दो रहेनछ भन्ने स्थानमा आइपुगेका छन् । यसले के देखाउँछ भने माओवादी र प्रचण्डको एजेण्डा नै मुलुकको हितका लागि आवश्यक छ, माओवादी मात्रै मुलुकको नेतृत्व गर्न सक्छ भन्ने स्थापित भएको छ । राजनीतिक विश्लेषकहरु भन्छन्, प्रचण्डको सामु केही गरेर पनि जित्न सकिदैन भन्ने स्थापित भएको छ, त्यो नै माओवादी केन्द्र विजयको प्रमुख आधार हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies