Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यसकारण पराजित भयो बाग्लुङ उपनिर्वाचनमा एमाओवादी

बाग्लुङ्ग जिल्लाको उप निर्वाचनले प्रमुख प्रतिपक्षी एनेकपा(माओबादी)लाई ठूलो धक्का लागेको छ । संसदीय चुनावमा जमानत जफत हुनु एक राजनीतिक पार्टीका लागि लज्जास्पद विषय हो । एमाओबादीले भोग्दै गरेको एकपछि अर्को असफलताको श्रृंखलामा अर्को असफलता हात लागेको छ । यसका कारणहरु निम्न अनुसार सुत्रबद्ध गर्न सकिन्छ । संगठनविहीन अवस्था पार्टीको विराटनगर सम्मेलनताका हतार हतार निर्माण गरिएका आधारभूत तहका पार्टी कमिटीहरु पार्टीभित्रको तीब्र गूटबन्दी र निरासाको कारण नियमित सन्चालनमा आउन सकेका छैनन् । नेतृत्वमा आउन वा कायम रहन नक्कली पार्टी सदस्यता बनाउने अरु जिल्लामा झैं बागलुङ्गमा पनि भएन भन्न सकिन्न । भोजपरा राज्य समिति र भक्तपुरमा मतदाता नामावलीबाट नाम र ठेगाना लिने अनि फोटो स्टुडियोबाट पुराना फोटोहरु निकालेर टाँस्ने क्रान्तिकारी तरिका अवलम्वन गरेर हज्जारौं नक्कली पार्टी सदस्य बनाएको घटना यहाँ स्मरण गर्नु पर्ने हुन्छ ।  यस्तो अवस्थामा पार्टी सदस्य संख्या भन्दा पार्टीले पाएको मत संख्या कम भएमा आश्चार्य मान्नु पर्दैन । संसदीय चुनावलाई हेर्ने दृष्टिकोण संसदीय चुनावलाई पार्टीको जीवन मरणको सवाल बनाउन एमाओबादी पार्टीले सकेको छैन । जनयुद्धको विज्ञान बुझेका नेता कार्यकर्ताले चुनावको विज्ञान बुझ्न सकेका वा चाहेका छैनन् । त्यसकारण चुनावमै जन्मेका र चुनावमै हुर्केका कांग्रेस र एमालेसंग प्रतिस्पर्धा गर्न चानचुने तयारीले संभव हुदैन । संसदीय चुनावबाट जनयुद्धमा र जनयुद्धबाट फेरि संसदीय चुनावमा हानिएका महान फड्काहरु नै अलमलका प्रमुख कारण बन्न पुगेका छन् । संघीयताको सवाल नेपालको संदर्भमा कस्तो संंघीयता उपयुक्त हुन्छ भन्ने निक्र्योल अझै हुन सकेको छैन । एमाओबादीले उठाएको ‘जातीय पहिचान’ को प्राज्ञिक परिभाषा अर्कै भए पनि जनताले त्यसलाई ‘ जात जातलाई राज्य बाड्ने’ अर्थमा बुझेका छन् वा बुझाइएको छ । कि त ठूलो जन अभियान चलाएर त्यसलाई प्रष्ट्याउनु पर्छ कि त आफ्नो अडानबाट बहादुरीका साथ पछि हट्न विलम्ब गर्नु हुदैन । विगतमा पार्टीभित्र आधारभूत तहसम्म ब्यापक छलफल चलाएर सुझाव संकलन गर्न सकेको भए  संघीयताको बारेमा नेतृत्वलाई निर्णय लिन सजिलो हुने थियो । संगसंगै यो एउटा राम्रो जनबादी अभ्यास पनि हुन्थ्यो पार्टीभित्र । वैचारिक अलमल चुनावी राजनीति र माओबादी आन्दोलन सगसगै अगाडि बढ्न सक्दैनन् । विप्लव र वैद्य यो बुझाईमा प्रचण्ड भन्दा प्रष्ट देखिन्छन् । त्यसकारण एमाओबादीले ढिलो चाँडो साहस बटुलेर माओबाद वा संसदीय चुनावमध्ये एक त्याग्नै पर्छ । एमाओबादीले अविलम्ब फैसला गर्नु पर्ने विषय हो यो । अप्राकृतिक मोर्चाबन्दी दोश्रो संविधानसभा पछि एमाओबादीले मधेशबादी र जनजाति पार्टीसंग जे मुद्धाका लागि मोर्चाबन्दी गर्यो त्यसलाई एमाओबादी निकट जनताले समेत मन पराएको देखिएन । तीस दलीय मोर्चाले चलाएको आन्दोलनको समेत जनस्तरमा नकारात्मक प्रभाव देखियो । निस्चित सिद्धान्तको जग विना गरिएको मोर्चाबन्दी घातक हुन सक्छ भन्ने योभन्दा ज्वलन्त प्रमाण के हुन सक्छ ? निश्प्रभावी प्रतिपक्षी भूमिका बर्तमान सरकार बनेयता जनताका दैनन्दिनका समस्या सदन र सडकमा प्रतिपक्षले दह्रोसंग उठाउनु पर्दथ्यो । महँगी,भ्रष्टाचार, महिला हिंसा,ढिलासुस्ती जस्ता विषय निस्प्रभावी प्रतिपक्षी भूमिकाका  कारण ओझेलमा परेका छन् । आफूसंग प्रतक्ष नजोडिएको आन्दोलनतर्फ जनताले टाउको समेत फर्काउदैनन् भन्ने बोध एमाओबादीमा कहिले होला ? झापा , मोरङ्ग,सुनसरी ,कैलाली र कन्चनपुर  कुन संघीय प्रदेशमा पार्ने भन्ने विषय राष्टिय सरोकारको विषय बन्न सक्दैन । र,अन्त्यमा पार्टीभित्र र बाहिर समस्याहरुको पहाड बनाएर सोही पहाडमाथि उपरखुट्टी लगाएर बस्ने एमाओबादी नेतृत्वको कार्यशैलीमा परिवर्तन नआए ठुलो दुर्घटना सन्निकट छ । चेतना भया ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies