Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बार्षिक २० लाख पर्यटक भित्र्याउने यस्तो छ नयाँ शक्तिको पर्यटन प्रवर्द्धन नीति

\"\"काठामाडौं, २६ वैशाख । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आगामी ५ वर्षभित्र देशमा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने घोषणासहित पर्यटन प्रवर्द्धन नीति ल्याएको छ । पार्टीले देशको पर्यटन क्षेत्रलाई आर्थिक क्रान्तिको आधारस्तम्भ मान्दै यसको विकास र प्रवद्र्धनका लागि छुट्टै पर्यटन प्रवर्द्धन नीति तयार गरेको छ । नयाँ शक्तिले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा पर्यटनलाई समृद्धिको मानक मान्दै यसको विकास र प्रवद्र्धनात्मक नीति तयार बनाएको हो । नीतिमा देशका धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धन गर्ने उल्लेख गरिएको छ । देशका लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मनकामना–गोरखकाली, रारा, खप्तड, स्वर्गद्वारी, पाथिभरा आदि जस्ता धार्मिक–साँस्कृतिक र रमणीय पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरेर विकास गरिने पार्टीको योजना छ । त्यस्तै जलविहार, हिमाली, ऐतिहासिक–धार्मिक–साँस्कृतिक क्षेत्रको विकासमा समेत जोड दिइने नीतिमा उल्लेख छ । यस्ता पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्न सकिने २० स्थानहरुको पहिचान गरी सरकारी–निजी साझेदारी मोडेलमा ती स्थानहरुलाई विशेष पर्यटकीय क्षेत्रहरुको रुपमा विकास गर्ने नीति पार्टीले तय गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ‘होम स्टे’ कार्यक्रमलाई व्यापक बनाउने पार्टीको योजना छ । ‘पर्यटन क्षेत्रमा ‘होम स्टे’ सञ्चालन गर्न चाहने महिलाहरुको समूहका लागि ५० लाखसम्म आवश्यक कर्जा ५ प्रतिशत व्याजदरमा उपलब्ध गराइनेछ’, घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी पदयात्रा पर्यटनको विकासमा विशेष ध्यान दिइने र पर्यटन विकासका लागि होटल सञ्चालन, तालिम प्राप्त पर्यटक गाइडको उत्पादन, पर्यटकको सुरक्षाका लागि पर्यटन प्रहरी, जोखिमपूर्ण पर्यटन क्षेत्रमा जाने पर्यटकहरुका लागि द्रूत उद्धार युनिटको प्रवन्ध मिलाउने नीति पार्टीले तय गरेको छ । हिमाल र पहाडका सबै नगरपालिका/गाउँपालिकामा सानो हवाइमार्ग र हेलिप्याड निर्माण गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने नयाँ शक्तिले जनाएको छ । चीन र भारत जस्ता ठूला देश र अर्थतन्त्रहरुको बीच रहेको सामरिक अवस्थिति र विविधतापूर्ण हावापानीको लाभ लिँदै नेपाललाई अन्तर्राष्ट्रिय व्यवसायिक, राजनीतिक, शैक्षिक र स्वास्थ्य पर्यटनकेन्द्रको रुपमा विकास गर्ने नयाँ शक्तिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending