Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

वल्र्डकपको लागि कतार एयरवेस पार्टनर र एयरलाइन घोषित

\"\"कतार, २६ वैशाख । कतार एयरवेजलाई सन् २०२२ सम्मका लागि फिफाको आधिकारिक पार्टनर तथा अफिसियल एयरलाइन घोषित गरिएको छ । कतार एयरवेजद्वारा निकट भविस्यमा आयोजना हुने फिफा कन्फिडरेशन कप २०१७, फिफा वल्र्ड कप रसिया २०१८, फिफा क्लब वल्र्ड कप, फिफा वमेन्स वल्र्ड कप र २०२२ फिफा वल्र्डकप कतार प्रायोजन गरेको जानकारी दिइएको छ । हरेक खेलमा २ बिलियन भन्दा बढी दर्शक अनुमान गरिएका निकट भविष्यमै आयोजना हुने दूई फिफा वल्र्ड कपहरुमा आधिकारिक पार्टनरका रुपमा कतार एयरवेजले भरपुर मार्केटिङ तथा ब्राण्डिङ अधिकार प्राप्त गरेको छ । साथै, फिफा यू–२० वल्र्डकप, फिफा फुट्सल वल्र्डकप र फिफा ईन्टरएक्टिभ वल्र्ड कप (विश्वकै सर्वाधिक ठूलो अनलाइन गेमिङ प्रतिस्पर्धामा समेत एयरलाइनको उपस्थिती देखिन सकिनेछ । आजको उक्त घोषणाले कतार एयरवेजको प्रायोजकका रुपमा एफसी बार्सलोना र साउदी अरेबियाको अल–अहिल एफसी, पेरिस तथा न्यू योर्कको फर्मुला ई रेसहरु र हालै कतारको दोहामा आयोजित यूसीआई रोड वल्र्ड च्याम्पियनसिप तथा लामो समयदेखि निरन्तर्ता पाइरहेको कतार टोटल र एक्सजोन टेनिस टूर्नामेण्ट्समा लगायत प्रमुख स्पोर्टिङ क्लब्स तथा खेलकुद जगतसँग कम्पनीले बनाएका प्रायोजन रणनितीमा नयाँ आयाम हो । ‘कतार एयरवेजले मानिसलाई नजिक ल्याउन तथा एकताको शुत्रमा बाँधन मैत्रीपूर्ण प्रतिस्पर्धा र खेलको आवश्यकता राम्ररी बुझेको छ’ कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘तसर्थ स्टेट अफ कतारको आफ्नै देशमा आयोजना हुने दूई फिफा प्रतिस्पर्धा लगायत अन्य खेलमा आफ्नो सम्बद्धता जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।’ ‘खाडी क्षेत्रमै पहिलो पटक कतारमा आयोजना हुन गइरहेको २०२२ फिफा वल्र्ड कप आयोजनाका लागि विश्वमै निकै तिब्र गतिमा बृद्धि उन्मुख तथा उद्योगमै नौला तथा नवप्रवर्तनात्मक सेवा दिन तथा विस्तार गर्न अग्रसर कतार एयरलाइनसँग पार्टनरका सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, फिफा सेक्रेटरी जनरल फाटमा सामोउराले भने ‘हामी सहकार्य गर्दै फिफा प्रतिस्पर्धा र विश्वजगतमा आयोजना हुने फुटबलका लागि अगाडी बढ्न निकै गौरवान्वित र उत्साहित छौँ ।’ सन् १९०४मा स्विस कानुन अन्तर्गत स्थापित द फेडेरेशन ईन्टरनेशनल डे फुटबल एसोसिएशन (फिफा) ज्यूरिचमा आधारित संस्था हो । यसमा हाल सम्म २ सय ११ संस्था सदस्यका रुपमा आवद्ध रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending