Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

‘चर्को शुल्कवृद्धि’ विरुद्ध वैद्य विद्यार्थी संगठन आन्दोलित

काठमाडौं, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नयाँ शैक्षिक सत्रको सुरुआतसँगै निजी विद्यालयहरुले गरिरहेको ‘चर्को शुल्कवृद्धि’ विरुद्ध आन्दोलन घोषणा गरेको छ । संगठनका अध्यक्ष सुरेश गौतमद्वारा सोमबार प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘शिक्षा क्षेत्र आज नीजिकरण र ब्यापारीकरणले आक्रान्त बनेको छ । शिक्षाका ब्यापारीहरु संग मिलेर आम अविभावक र विद्यार्थीहरु माथि चर्को आर्थिक भार थोपर्दै काठमाण्डौ, नवलपरासी लगायत देशैभरका विभिन्न जिल्ला शिक्षा कार्यालयहरुले आगामी शैक्षिक सत्रका लागि संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशतसम्म शुल्क वृद्धिको अनुमति दिएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । विगतमा सर्बोच्च अदालतको तीन वर्ष सम्म शुल्क वृद्धि नगर्न दिएको आदेशको निजी शैक्षिक संस्थाहरुले गरेको अवज्ञा र त्यसका विरुद्धमा भएको संघर्षको परिणामस्वरुप २०७१ जेष्ठ ७ गते अखिल (क्रान्तिकारी) र शिक्षा विभाग बीच अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क समायोजन गर्ने सहमती कतै पनि कार्यान्वयन नगरिएको तथ्य स्मरण गराउन चाहान्छौं । त्यसको उचित अनुगमन तथा निरिक्षण समेत नगरी निजी शैक्षिक संस्थाहरुको दबाव र प्रभावमा शुल्क वृद्धि गर्न गरिएको निर्णय आम विद्यार्थी र अविभावक माथिको आर्थिक शोषण भएको ठहर संगठनले गरेको छ । सर्बोच्च अदालतको आदेशलाई आधार मानेर विगत २०६८ सालमा कायम भएको शुल्कको आधारमा नयाँ निर्णय गरिनु पर्ने हो । तर निजी शैक्षिक संस्थाहरुले गरेको सर्वोच्च अदालतको आदेशको अवज्ञालाई समेत मान्यता दिंदै विगतका तीनै वर्षहरुमा लगातार गरिएको शुल्क वृद्धिबाट कायम हुन आएको शुल्कलाई नै आधार मानेर जिल्ला शिक्षा कार्यालयहरुले संस्थागत रुपममा नै २३ देखि ४३ प्रतिशत सम्म शुल्क वृद्धिको अनुमति दिनु खेद पुर्ण छ । हाम्रो संगठन राज्य र निजी शैक्षिक संस्थाहरुको मिलेमतोमा अविभावकहरुको आर्थिक शोषण गर्ने यस्ता गैरजिम्मेवार निर्णयहरु तत्काल खारेज गर्न र निजि विद्यालयहरुको पुर्वाधार, पाठ्यक्रम र शुल्क देशैभरी समान कायम हुने गरि मापदण्ड निर्धारण नगरी शुल्क सम्बन्धि कुनै पनि निर्णय नगर्न माग गर्दछ । साथै वृद्धि गरिएको शुल्कमा विद्यार्थीहरु भर्ना नगर्न तथा नगराउन सबै निजी शैक्षिक संस्थाहरुलाई अनुरोध गर्दै आम अविभावक र विद्यार्थीका विरुद्ध थोपरिएको चर्को आर्थिक भारका विरुद्धको आन्दोलनमा सहकार्य, सहयोग तथा ऐक्यबद्धताका लागि आम अविभावक, विद्यार्थी पत्रकारलगायत आम जनसमुदायलाई विनम्र अनुरोध गर्दछौं । संघर्षका कार्यक्रहरु – २०७१ चैत ३० गते (आज : शुल्क वृद्धिको निर्णयका विरुद्धमा सांकेतिक रुपमा देशै भरका छानियका निजी शैक्षिक संस्थाका लेखा तथा प्रशासन शाखामा तालाबन्दी । –२०७२ बैशाख २ गते : निजी शैक्षिक संस्थाहरुका लेखा तथा प्रशासन शाखामा तालावन्दीका कार्यक्रमको विस्तारसहित १२ बजे देशै भरिका जिल्ला शिक्षा कार्यालयहरुमा २ घण्टा धर्ना । –२०७२ बैशाख ३ गते : शिक्षा विभागमा धर्ना दिने ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies