Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

यातायात व्यवसायीद्वारा नै यातायात बन्द

चितवन, चितवनका यातायात व्यवसायीले नै आज जिल्लाबाट चल्ने यातायात बन्द गरेका छन् ।

यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै आज चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले जानकारी दिए । यातायात व्यवसायीको बन्दका कारण आज बिहानैदेखि चितवनबाट देशका विभिन्न क्षेत्रमा चल्ने सवारी ठप्प भएका छन् । व्यवसायीले आज आआफ्ना सवारी सबै घरमा थन्क्याएको पाण्डेले बताए । चितवनबाट करिब दैनिक ५०० बढी यातायातका साधन चल्ने गरेका छन् । बन्दका कारण चितवनबाट काठमाडौँलगायत विभिन्न जिल्लामा जाने यात्रु प्रभावित भएका छन् । दुई दिनअघि चितवन रामपुरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बा२ख ५०३० नम्बरको माइक्रोका सहचालक प्रकाश सुनार, बा२ख ९३०८ केशव न्यौपाने तथा अर्का एकनाथ ढुङ्गानालाई नारायणगढ पुल्चोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले नारायणगढमा दलाली गरी यात्रुलाई प्रहरीकै सामु दुःख दिएकाले पक्राउ गरी कारबाही चलाएको थापाले बताए । आफ्ना कर्मचारी रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने यातायात व्यवसायीले बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: