Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कस्ताे रह्यो २०७१ सालकाे पर्यटन क्षेत्र

काठमाडौँ, मुलुकको समग्र पर्यटन क्षेत्रका लागि २०७१ साल सकसपूर्ण रह्यो । वर्षको सुरुवातमै पर्यटन क्षेत्रले प्राकृतिक विपत्तिको सामनादेखि वर्षको अन्तिम सङ्घारमा कहाली लाग्दो र भ्रष्ट्राचार खेप्नुपर्यो ।

‘शुभ बिहानीले दिनको सङ्केत देखाउछ’ भनेझै वर्षको सुरुमै अर्थात वैशाख पाँच गते १६ जनाको ज्यान लिनेगरी विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा ठूलो हिमपहिरो गयो । यो पर्यटन क्षेत्रका निम्ती सबैभन्दा ठूलो र त्रासदीपूर्ण घटना हुनपुग्यो । त्यस्तै वर्षको बिदाइमा आइपुग्दा मुलुकको पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डमा भ्रष्ट्राचार र अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका दुई बहालवाला सचिव र एक बहालवाला महानिर्देशकसहित २३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै गत अक्टोबर, नोभेम्बरको बीचमा प्रमुख पर्यटकीय गन्तब्य अन्नपूर्ण पदयात्रा मनाङ र मुस्ताङमा ३५ भन्दा बढी पदयात्री पर्यटकको ज्यान लिनेगरी हिमाली क्षेत्रमा आएको ‘हुँदहुँद’ आँधीले पर्यटन क्षेत्रलाई पुनः निराश तुल्यायो । साउन १७ गते राती सिन्धुपाल्चोकस्थित राम्चेमा गएको पहिराका कारण १५० भन्दा बढीको ज्यान जानुको साथै सयौँ घरपरिवार विस्थापित भए । यस्ता विभिन्न दैवीप्रकोपले पर्यटन क्षेत्रलाई मर्माहत बनायो । पर्यटन बोर्डमा अनियमितता र भ्रष्ट्राचारको विषयलाई लिएर पर्यटन व्यवसायीहरुले करिब ५१ दिन लामो आन्दोलन गर्नुप¥यो । जसले बोर्डभित्रको अनियमितता पर्दाफास भयो । अख्तियारले बोर्डमा भ्रष्टाचार गरेको ठहर गर्दै अभियुक्तलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्ड्भित्रको काण्ड अहिले पर्यटन बजारमा सर्वाधिक चर्चाको विषय बनेको छ ।

बहालवाला कर्मचारी विरुद्ध मुद्दा दायर भएसँगै उनीहरु स्वतः निलम्बनमा परेपछि बोर्ड यतिखेर अन्यौलग्रस्त छ । यस्तै पर्यटन क्षेत्रका लागि अर्को दुःखद दुर्घटना फागुन २० गते टर्किज एयरलाइन्सको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा धस्सिदा एकसाता विमानस्थल अवरुद्ध भई हजारौँ यात्रु अलपत्र पर्नुकासाथै करोडौँको आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो । तीन वर्षदेखि पर्यटन बोर्ड सीईओविहीन हुनुले पनि बोर्डलाई थप असहज परिस्थिति सिर्जना भएको छ । यसबीचमा नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम ‘पर्यटन बोर्ड दैनिक कार्यसञ्चालन उपसमिति’ बनाएर काम सुरु गरिएको छ । अघिल्ला वर्षको निरन्तरतास्वरुप यसवर्ष पनि पर्यटनमन्त्री तथा सचिव परिवर्तनले मन्त्रालय र मातहतका नीति, योजना कार्यक्रमले सार्थकता पाउन सकेन । राजनीतिक प्रभाव र दबाबवाट पर्यटनक्षेत्र अछुतो रहन सकेन । दोस्रो संविधानसभाको निर्वाचनबाट पनि अहिलेसम्म संविधान निर्माणले सार्थकता नपाउँदा पर्यटनक्षेत्र अन्यौलग्रस्त बन्योे । संविधानका सहमति र असहमतिका विषयलाई लिएर राजनीतिक दलले आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न माग राखी बन्द, हडताल, चक्काजाम जस्ता गतिविधिले पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर ग¥यो । जसले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भई पर्यटन प्रवद्र्धनमा असर पुग्यो । पर्यटकीय निकायलाई पर्यटनमैत्री बनाई तद सम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ लामो समयपछि गत असोज ३ गते पर्यटन विभाग स्थापना गरियो जसले एक किसिमको आशा जगायो । विभागले सात महिनादेखि पर्यटन ऐन संशोधन गर्ने भनेर लागेको भए पनि अहिलेसम्म कुनै परिणाममुखी काम भएको छैन । विभागको स्थापनाले निजी क्षेत्रसँगको सम्बन्धलाई भने सकारात्मक बनाएको छ ।

पर्यटकीय पूर्वाधार विकासको हिसावले यो वर्ष निकै सकारात्मक रहयो । पाँचतारेदेखि पर्यटकस्तरीय होटलमा अर्बौको स्वदेशी तथा विदेशी लगानी भित्रिएको छ । मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक तथा अन्तर्र्रा्ष्ट्रिय उडानका लागि जहाज सङ«ख्या थप्यो तर निगमको आन्तरिक व्यवस्थापनको कमजोरीले प्रभावकारी उडान गर्नसकेको छैन । एकमहिनाअघि निगमका महाप्रबन्धक मदन खरेलले राजीनामा दिएपछि निगम थप अन्यौलमा छ । एकमात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार स्तरोन्नतिको काम भइरहेको छ । बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट विनियोजन गरिए पनि अझै काम सुरु भएको छैन, तथापि पर्यटन मन्त्रालयले एक महिनाभित्रै काम सुरु गर्ने जनाएको छ । यसै वर्ष युरोपेली युनियन (ईयु)ले नेपाललाई हवाई सुरक्षाको दृष्टिकोणबाट कालोसूचीमा सूचीकृत गर्यो । यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई कमजोर बनायो । सायद विभिन्न विपत्तीका घटना र बेथिति र अन्यौलताले गर्दा नै होला यो वर्ष पर्यटकको सङ्ख्यामा कमी आयो । पर्यटन क्षेत्रमा छाएको तरलता र अन्यौलताकाबीच पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्था सामूहिकरुपमा सरकारसँग समन्वय एवम् सहकार्य गर्ने कार्यको थालनी गर्नुलाई पनि यस वर्षको उपलब्धिको रुपमा लिन सकिन्छ । सरकारले दीर्घकालीन पर्यटन विकासका लागि दशवर्षे पर्यटन गुरुयोजना तय गरेर अघि बढ्नु, पर्यटन उद्योगमा वैदेशिक तथा एनआरएनको लगानी बढ्नु पनि सकारात्मक पक्ष हो ।

साहसिक र पदयात्रा पर्यटनसँग धार्मिक पर्यटनका नयाँ गन्तब्यको पहिचानगरी प्रवद्र्धन गरी पूर्वाधार विकासगर्ने तर्फ सरकार र निजी क्षेत्रको सामूहिक पहल हुन जरुरी देखिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: